१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालमा जेसीबीका निर्माण उपकरण

निर्माण उपकरण उत्पादनमा अग्रणी ब्रान्ड जेसीबीले वितरक एमएडब्लु अर्थमुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति अझै बलियो बनाउने भएको छ।

नेपाली बजारलाई सहयोग गर्ने उद्देश्यले जेसीबी इन्डियाले ट्र्याक गरिएका केही एक्साभेटरहरूको लागि पाँच वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको हो। एमएडब्लु अर्थमुभर्सले विगत दुई दशकदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरू वितरण गर्दै आएको छ।

एमएडब्लुको तीनवटा अपरेटर प्रशिक्षण संस्थाहरू छन् जहाँ जेसीबी मेसिन चलाउन तालिम दिइन्छ। एमएडब्लुले चितवनमा चौथो अपरेटर ट्रेनिङ सेन्टर उद्घाटन गर्ने जानकारी पनि दिएको छ।

जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दिपक सेट्टीले नेपाल कम्पनीका लागि दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजार भएको उल्लेख गर्दै ग्राहकका लागि सधैं अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू ल्याएको बताए।

प्रकाशित: ६ वैशाख २०८१ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App