२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

यस्तो देखियो एक अर्ब ३६ करोडमा बनेको ‘भक्तपुर अदालत’

एक अर्ब ३६ करोड भन्दा बढी लागतमा भक्तपुर जिल्ला अदालतको भव्य भवन तयार भएको छ। सात वर्षपछि निर्माण सम्पन्न भएको भवन शनिबार एक समारोहबीच प्रधानन्यायाधिस विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गरे।

तयार भवनबाट गत कात्तिक १२ गतेदेखि नै सेवा सुरु भएको थियो। तर औपचारिक उद्घाटन मात्रै अहिले भएको हो।

भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार ऋतबहादुर पुलामी मगरका अनुसार भवन निर्माणका लागि जग्गा खरिद गर्ने लगायतका कार्यको प्रारम्भ २०७३ बाट नै सुरु भएको थियो। २०७६ सालदेखि निर्माण सुरु गरी २०८० असोज १८ गते ठेकेदार कम्पनीले अदालत प्रशासनलाई भवन हस्तान्तरण गरेको थियो।

भवनको इन्टेरियर डिजाइनिङ र इन्सटलमेण्टका लागि सालै २ करोड १२ लाखमा ठेक्का दिइएको थियो। अदालत परिसर कुल ११ रोपनी क्षेत्रफलको छ। यो दुई किटामा छ। यसमध्ये एक कितामा मुख्य भवन ६ रोपनीमा रहेको छ। भवन पाँच तल्लाको छ।

प्रकाशित: ८ वैशाख २०८१ २१:१८ शनिबार