पोखराको रोजगार मेलाः २ सय ४५ जनालाई तत्काल रोजगारी
१२ वैशाख २०८१
•
३ मिनेट पाठ
पोखराको रोजगार मेलाः २ सय ४५ जनालाई तत्काल रोजगारी
बेरोजगार २ सय ४५ जनालाई रोजगार दिलाउँदै पोखरामा आयोजित वृत्ति परामर्श तथा रोजगार मेला सकिएको छ। श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित तीन दिने मेला आयोजना गरिएको थियो। 




मेलामा रोजगारीका लागि फारम भरेकामध्ये पोखरा महानगरपालिकाका व्यवसाय प्रवद्र्धन केन्द्रमा १३ जना, गण्डकी बहुप्राविधिक शिक्षालयमा १०५ जना, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ८० जना र आर्थिक विकास महाशाखाका लागि ४७ जनालाई रोजगारी दिइएको जनाइएको छ।  रोजगारी दिइएकामध्ये बालविकास सहजकर्ता प्रविना शाही, प्लम्वर विनय अधिकारी, जेटीजेटीए दीपेन्द्र आचार्य, ईलेक्ट्रिसियन कृष्ण थापा मगर र तथ्याङ्क संकलक रंगिला बास्तोलालाई बुधबार आयोजित मेला समापन समारोहमा नै नियुक्तिपत्र प्रदान गरिएको छ।

त्यस्तै, गण्डकी बहुप्राविधिक शिक्षालयमा रोजगारी पाएका १०५ जनामध्ये सिभिल ईञ्जिनियर समीक्षा चापागाई र अटोमोवाइलतर्फका दर्शन बराल, प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगारी पाएका ८० जनामध्ये पार्वती नेपाली र आर्थिक विकास महाशाखामा रोजगारी पाएका ४७ जनामध्ये, कृषि गणक सुन्दर बराल र रेणु रेग्मी तिमिल्सिनालाईपनि बुधबारै नियुक्तिपत्र प्रदान गरिएको थियो।  

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रोजगारी पाएकाहरुलाई पत्र प्रदान गरेका हुन्। कार्यक्रममा अनुपस्थित अन्य रोजगार पाएकाहरुलाई भने सम्बन्धित कार्यालयबाटै नियुक्ती पत्र प्रदान गर्ने व्यवस्था मिलाइएको मेलाका प्रचारप्रसार उपसमिति संयोजक तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव अम्बिकाप्रसाद आचार्यले जानकारी दिए। 

मेलामा विभिन्न ४० क्षेत्रमा १ हजार ८ सय १० जनालाई रोजगारी दिन सकिने भन्दै उद्यमीले फारम उपलब्ध गराएका थिए। तर उत्साहजनक रुपमा रोजगार खोज्न आउनेहरु भने नआएको सचिव आचार्यले बताए। उनका अनुसार मेलामा निशुल्क सीप विकास तालिमका लागि १४६ जना, रोजगारी खोजकर्ता जम्मा २२३ जना, सीप परीक्षणका लागि ४५ ले मात्र फारम भरेका छन्। उनले भने,‘रोजगार दाता भन्दा रोजगारी खोज्नेको संख्या कम देखियो।’
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाल आमाले अहिले देशमै बसेर यहि देशलाई समृद्ध बनाऊ भनेर पुकार गरिरहेको बताए। ‘देश युवाविहीन् बन्दैछ,उनले भने,‘नेपाल आमा पुकार गरिरहेकी छिन्, ए ! छोराछोरी हो तिमीहरु देशमै बस, मलाई खनिखोस्री गर, यहि देशलाई सम्पन्न र समृद्ध बनाऊ, तिमी पलायन नहोऊ भिनरहेकी छन्।’ उनले अनेक प्रकारका रोजगारीको सिर्जना गरेर देशलाई समृद्ध बनाउन सकिने दाबी गरे। 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवसरको सम्भावनाको खोजी गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गरिएको र त्यस उद्देश्यमा मेला सफल भएको बताए। उनले अवसरको खोजी र बेरोजगारलाई रोजगारी दिलाउने मेलालाई निरन्तरता दिने प्रतिबद्धता जनाए। 

तीनदिनसम्म चलेको मेलाको पहिलो दिन ‘उद्यमशिलता रोजगारी र शिक्षा’, दोश्रो दिन स्टार्टअप तथा उद्यमशिलता प्रवद्र्धनमा सार्वजनिक नीजि क्षेत्रबीच सहकार्य’ र ‘आन्तरिक श्रम बजार, अवसर र चुनौति’ तथा अन्तिम दिन बुधबार ‘व्यवसाय विकास र लगानीको वातावरण’ विषयमा प्यानल छलफल भएको थियो  त्यसबाहेक मेलामा ‘एम.ए. चियावाली’ नामक नाटक मञ्चन, सफल उद्यमीको कथा अन्तर्गत उद्यमी चन्द्र ढकालको कथा सुनाउनुका साथै आँट, हिम्मत र जाँगर भए नेपालमै भविष्य छ भन्नेबारेमा उत्प्रेरणात्मक प्रवचन दिइएको थियो। त्यस्तै मेलामा विभिन्न १८ वटा स्टलबाट वृत्ति परामर्श प्रदान गरिएको पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए।
अर्को समाचार
पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने
०१ वैशाख २०८१
•
२ मिनेट पाठ
पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने
के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ।  




गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आगामी बैशाखको १० गतेदेखि पोखरामा वृत्ति परामर्श तथा रोजगार मेलाको दोश्रो संस्करण हुन लागेको हो। तीन दिनसम्म जारी रहने मेला आयोजकले बताए। 

मेलामा बेरोजगारका लागि रोजगारीको अवसर सिर्जना गरिने आयोजकको भनाई छ। बेरोजगार र रोजगार दाताहरुलाई एकै थलोमा राखेर रोजगारी सिर्जना गर्न लागिएको मेलाका सूचना, प्रचार प्रसार उपसमितिका संयोजक अम्बिकाप्रसाद आचार्यले बताए। उनले भने, ‘बेरोजगारलाई रोजगार खोज्ने अनि रोजगार दातालाई कामदार खोज्ने साझा थलोका रुपमा विकास गर्दैछौं।’ 

मेलामा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिमका विषयमा विद्यार्थी एवम् सरोकारवालाका लागि जानकारी सहितको परामर्शसमेत प्रदान गरिने उनले बताए। मेलामा उच्च शिक्षा अध्ययन र रोजगारी सृजना, उद्यमशिलता र रोजगारी विषयमा विज्ञहरुबाट स्टार्टअप तथा उद्यमशिलता प्रवद्र्धनमा सार्वजनिक नीजि साझेदारी, उद्यमशिलता, रोजागारी र शिक्षा, आन्तरिक श्रम बजार अवसर र चुनौती, ब्यवसाय बिकास र लगानी वातावरण लगायतका विषयहरुमा टल्क शो कार्यक्रम आयोजना गरिने संयोजक आचार्यले जानकारी दिए। 

मेलामा शिक्षा, तालिम, सीप परीक्षण, औद्योगिक प्रशिक्षार्थी तालिम जस्ता विषयमा विद्यार्थी र अभिभावकका लागि वृत्ति परामर्श सेवा उपलब्ध गराइनेछ। मेलामा कृषि, पर्यटन, स्वास्थ्य, उद्योग, ईक्यान, कला संस्कृति, इन्जिनियरिङ, शैक्षिक प्रतिष्ठान, निर्माण व्यावसाय, आइटी, मुद्रण, अटो मोवाइल लगायतका स्टल रहनेछन।  

मेलाबाट वृत्ति परामर्श सम्बन्धी सेवा प्रदान, सीप परीक्षण र प्रमाणीकरणबारे जानकारी गराउने, सिपमुलक तालिमका अवसरको जानकारी गराउने आयोजक संस्था पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस