२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ।

बिहीवार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

उक्त सम्झौता अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे।

चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सो सम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा श्ुरु गर्न सहयोग गर्ने प्रतिव्द्धता जनाए अनुरुप नै स्वास्थ्य मन्त्रालय र चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीबीच सम्झौता भएको छ।

सम्झौताअनुसार चीनले बीपी कोईराला मेमोरियल क्यान्स अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्ने भएको छ। त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर भएको हो।

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री वर्षमान पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा थप सहयोग वृद्धि हुने अपेक्षा गरेको बताए। उनले नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमाआपसी सहयोग र मित्रतालाइ थप सुदृढ बनाउने बताए।

उनले चीनका राष्ट्रपति सी जिन पिङले ५ वर्षअघि गरेको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाईमा पु¥याएको भन्दै उच्चस्तरीय भ्रममणमा भएका द्विपक्षीय सम्झौताहरु कार्यान्यवन हुन बाँकी भएको भन्दै कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताए।

उनले विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी वृद्धि भइरहेको भन्दै आगामी दिनमा थप सहायता र लगानी बढाउन आग्रह गरे। उनले नेपालले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागेको भन्दै नेपालमा चिनियाँ लगानी आउने विश्वास व्यक्त गरे।

उनले रिङरोड दास्रो खण्डको सडक आयोजनाका विषयमा कानून निर्माण लगायतका काम बाँकी भएकाले सम्झौता सम्भव नभएको भन्दै चाँडै सम्झौता गरिने बताए।

सम्झौतामा हस्ताक्षरपछि चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले नेपालसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौताका लागि र लगानी सम्मेलनमा सहभागिता जनाउनको लागि नेपाल आएको बताए।

उनले पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधार हुँदै गएको र गत वर्ष १० लाख पर्यटक भित्र्याउन सफल भएकोमा खुशी व्यक्त गरे।

उनले २०१९ को चीनका राष्ट्रपति राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र गत वर्षको प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका दुई पक्षीय सम्झौतालाई कार्यान्वयनमा लैजाने बताए।

उनले चीन सरकारले गर्ने साहयता र अनुदान लगायतका सहयोग आदानप्रदानलाई निरन्तरता दिँदै जानेमा विश्वास समेत व्यक्त गरे।

प्रकाशित: १४ वैशाख २०८१ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App