२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

निगमको नाइनएन-एकेएक्स जहाज उडानयोग्य

नेपाल वायुसेवा निगमको नाइनएन-एकेएक्स जहाज मर्मतपश्चात् नेपाल ल्याइएको छ।

जहाज इजरायलबाट दुबै हुँदै वैशाख १५ गते शनिबार काठमाडौं अवतरण गरेको प्रवक्ता रमेश पौडेलले बताए।

जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आएकाले इजरायलस्थित ‘मेन्टिनेन्स एन्ड रिपियर अर्गनाइजेसन’ मा मर्मत भइरहेको थियो।

निगमका अनुसार मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच गरिरहँदा अन्य प्राविधिक समस्याहरूका साथै इन्जिनभित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएको थियो। मेन्टिनेन्स एन्ड रिपियर अर्गनाइजेसन तथा निगमका सम्बन्धित इन्जिनियरहरू एवं प्राविधिकहरूको प्रतिवेदन अनुसार बजारमा सम्बद्ध पार्टपुर्जाहरूको अभाव भएको थियो।

साथै युद्ध प्रभावित क्षेत्र भएका कारण आपूर्तिमासमेत कठिनाइ भई मर्मत सम्भार कार्यमा केही ढिलाइ हुन पुगेको निगमले जानकारी दिएको छ।

इन्जिन मर्मतका लागि पछिल्लो तीन महिनायता सो जहाज इजरायलमा थियो। त्यसअघि नेपालमै लामो समय ग्राउन्डेड थियो।

प्रकाशित: १७ वैशाख २०८१ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App