५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्य स्थिर, चाँदीको ओरालो

आज स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

महासंघका अनुसार अघिल्लो साताको अन्तिम दिन सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भैइरहेको थियो। भने छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको जनाइएको छ।

यस्तै,आज तेजाबी सुनको मूल्यमा पनि स्थिरता कायम हुँदै प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रकाशित: २३ वैशाख २०८१ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App