६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

राजस्वमा चक्रबहादुर बुढा विभागको महानिर्देशक

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको सरुवा भएको छ। यसअघि कोटिभिटी मुद्दाका कारण विवादित बनेका ढुंगानालाई सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेको छ।

ढुंगानाको ठाउँमा राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सरकारले चक्रबहादुर बुढालाई पठाएको छ। यसअघि पर्यटन विभागबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएका बुढालाई सरकारले राजस्व अनुसन्धान विभागमा सरुवा गरेको हो।

कानुनको गलत व्याख्या गर्दै कोटिभिटी मुद्दा दायर गरेको भन्दै ढुंगानाको आलोचना भएको थियो। विभागले गत चैत तेस्रो साता कोटिभिटीविरुद्ध साढे १० अर्ब रूपैयाँको माग दाबी गर्दै मुद्दा दायर गरेको थियो। कानुनको अपव्याख्या गर्दै मुद्दा दायर गरेको भन्दै निजीक्षेत्रका उद्योगी/व्यवसायी पनि ढुंगानाप्रति रुष्ट थिए।

प्रकाशित: २४ वैशाख २०८१ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App