७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

बेगनासतालमा माछाका भुरा छाडियो

नेपाल कृषि अनुसन्धान परिषद्को ३३ औं स्थापना दिवसको अवसरमा बेगनासतालमा माछाको भुरा छाडिएको छ। परिषद्ले स्थापना दिवसको अवसर पारेर पोखरा–३१ बेगनासतालमा ५ हजार वटा भुरा छाडेको हो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मत्स्य अनुसन्धान केन्द्र बेगनासतालका प्रमुख डा.मोहम्मद ईकबाल हुसेन लगायतले सहर लगायतका माछाका भुरा छाडेका थिए।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वातावरण जोगाइराख्न सिमसार जोगाउनु आवश्यक रहेको बताए।

अहिले पोखराका सबै तालहरुका सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेको भन्दै सिमसार जोगाउन सबै लाग्नुपर्ने उनको भनाई थियो। सिमसार प्रकृतिको वरदान भएकाले यसको संरक्षण जरुरी रहेको बताउँदै उनले भने,‘सिमसार मास्ने असभ्य हुन्। सहरमा असभ्यताको दौड चलिरहेको छ।’

लिवर्डका कार्यकारिणी सदस्य लेखनाथ ढकालले सरकारको सहयोग भएमा गण्डकी प्रदेशलाई माछामा आत्मनिर्भर बनाउन सकिने बताए।

रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज अधिकारीले गुणस्तरीय माछा उत्पादन गर्न सके भारत र तराईबाट आउने माछालाई विस्थापित गर्न सकिने बताए। भारत र तराईबाट फर्मालिन र युरिनयुक्त माछा आउने गरेको भन्दै यसले मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेकाले माछा उत्पादन वृद्धि गर्नका लागि जोड दिनुपर्ने बताए।

कार्यक्रममा स्य अनुसन्धान केन्द्र बेगनासतालका प्रमुख डा.मोहम्मद ईकबाल हुसेनद्वारा लिखित ‘स्थानीय सिपिमा मोतिपालन गर्ने प्रविधि’ नामक पुस्तक विमोचन गरिएको थियो।

सो अवसरमा बोल्दै प्रमुख डा. हुसेनले मत्स्य अनुसन्धान केन्द्र बेगनासतालले रैथाने माछाको संरक्षण, जलीय वातावरण सम्वद्र्धन, जलाशय संरक्षण गर्दै स्थानीयको जीवनस्तर सुधार्ने काम गरिरहेको उल्लेख गरे।

उनले माछा पालनलाई प्रोत्साहन गर्न मत्स्य पालन सम्बन्धी तालिम, पानीको गुणस्तर जाँच्ने, माछामा रोग लागेमा माछाको रोग परीक्षण गर्ने र उपचार गर्नेसहित माछा पालनमा योगदान गरिरहेको बताए।

प्रकाशित: २५ वैशाख २०८१ १५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App