७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआइसी एसिया बैंकद्वारा राष्ट्रिय महिला टोलीलाई सम्मान गरिएको छ। बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न ‘वाफ वुमन्स च्याम्पियनसिप २०२४’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो।

वैशाख २४ गते ललितपुरस्थित होटल हिमालयमा आयोजित कार्यक्रममा बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको गरिमा उच्च राख्न सफल भएको फुटबल टोलीलाई सम्मान गरेको जनाएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित सो सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरूलाई जनही २५ हजार रूपैयाँ नगद र कदरपत्रसहित सम्मान गरेको हो।

कार्यक्रममा बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्रान्ड प्रमोटरका रूपमा समेत घोषणा गरेको छ।  

प्रकाशित: २६ वैशाख २०८१ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App