७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

यामाहा बाइक र स्कुटरमा आकर्षक छुट

यामाहा नेपालले नेपाली नयाँ वर्ष २०८१ का अवसरमा यामाहा बाइक र स्कुटरमा आकर्षक छुट योजना ल्याएको छ। जसअनुसार वैशाख १ गतेदेखि ग्राहकले यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्यारेन्टीसहित एक लाख रूपैयाँसम्मको नगद छुट योजना ल्याएको हो। यो छुटले नेपालभरका ग्राहकका लागि यामाहा बाइक र स्कुटरलाई थप पहुँच योग्य बनाउने कम्पनीको दाबी छ।

कम्पनीले नगद छुटको अतिरिक्त, यामाहा नेपालले सुविधाजनक र आकर्षक वित्तीय विकल्पहरू पनि उपलब्ध गराउँदै आएको छ। ग्राहकले अब केवल ३० प्रतिशतको न्यून डाउन पेमेन्टको साथ उत्कृष्ट वित्तीय अफर प्राप्त गर्न सक्छन्। यो पहल सबैका लागि यामाहा बाइक वा स्कुटरको स्वामित्व सहज र सुपथ बनाउन डिजाइन गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २७ वैशाख २०८१ ०६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App