सगरमाथामा आरोहीको लर्को
०१ जेष्ठ २०८१
•
४ मिनेट पाठ
सगरमाथामा आरोहीको लर्को
तस्बिर: मिङमा डेबिड शेर्पा
सबैभन्दा कम उमेरमा आठ हजार मिटरमाथिका १४ हिमाल चढेर विश्व कीर्तिमान राखेका मिङ्मा डेभिड शेर्पा अहिले सगरमाथा आधार शिविरमा छन्। आठौं पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी शेर्पा नवौं पटक सगरमाथा आरोहण गर्न हाल सगरमाथा आधार शिविरमा पुगेका हुन्।




कीर्तिमानी आरोही तथा एलिट एक्सपिडिसनका निर्देशक डेभिड शेर्पाले आगामी १९/२० तारिखमा आफ्ना कम्पनीबाट सगरमाथा आरोहण गर्ने आरोहीहरूको नेतृत्व गर्दै सगरमाथातर्फ जाने बताए। ‘मौसमको अनुकूलता हेरेर १९ वा २० तारिखमा सगरमाथा आरोहणका लागि निस्किने हो।’ शेर्पाले भने, ‘मौसमले साथ दिए कम्पनीका सबै एकै पटक जान पनि सक्छौं, अवस्था हेरी समूह समूहमा जानुपर्ने पनि हुनसक्छ।’

उनको कम्पनी एलिट एक्सपिडिसनबाट यस ऋतुका लागि विभिन्न मुलुकका गरी करिब ६० आरोहीहरू रहेको शेर्पाले बताए। उनका अनुसार हाल लुक्लादेखि बेसक्यापसम्म विदेशी पाहुना र आरोहीहरूले बाक्लै भेटिन्छन्।

यस्तै सेभेन समिट ट्रेक्सबाट पनि यही ऋतुमा सगरमाथा हिमाल आरोहणका लगि करिब दुई सय जना गइरहेको कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाले बताए। ‘हाम्रो कम्पनीबाट करिब २०० जना जति छन्। उनले भने, ‘कतिले सफल आरोहण गरिसके, कति क्याम्प २, ३ र साउथ पोलमा छन् । कतिपय आधार शिविरमै आरोहणका लागि तयार भएर बसेका छन्।’

वैशाख २८ गते सगरमाथा आधार शिविरदेखि शिखरसम्म जाने हिमाली बाटो निर्माण कार्य सम्पन्न भएको हो। बाटो निर्माण सम्पन्न भएसँगै सगरमाथा आरोहणका लागि विभागको अनुमति लिएका स्वदेशी तथा विदेशी आरोही र तिनका कामदार एवम् सहयोगी, पथप्रदर्शक, सबैजनालाई आरोहणका लागि बाटो खुलेको थियो।

पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिका सदस्य सचिव खिमलाल गौतमका अनुसार मौसमको अनुकूलता हेरेर आरोही, पथप्रदर्शक र सहयोगीहरू आरोहणका लागि निस्किरहेको बताए। ‘मौसम प्रतिकूलता हेरी आरोहीहरू हिमाल आरोहणमा गइरहेका छन्।’

गौतमले भने, ‘अहिले ठ्याक्कै कति संख्याले हिमाल आरोहण गरे भन्ने यकिन तथ्यांक तयार भइसकेको छैन।’

वसन्त ऋतुको आरोहण अवधिभरका लागि पर्वतारोहण अनुगमन तथा सहजीकरणका लागि सगरमाथा बेस क्याम्प (इबिसी)मा पर्यटन विभागको फिल्ड क्याम्प स्थापना गरिएको छ। पर्वतारोहण अनुगमन र सहजीकरण समिति सदस्य गठन गरी विभागले यस सिजनदेखि इबिसीमा आफ्नै विभागको फिल्ड कार्यालय स्थापना गरेको छ।

वसन्त ऋतुको आरोहण अवधिभरका लागि पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिका सदस्य सचिव प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा सगरमाथा बेसक्याम्पमा फिल्ड कार्यालय स्थापना गरिएको हो।

गौतमका अनुसार यस वर्ष वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न विभिन्न मुलुकका चार सय १४ जना आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन्। ‘सगरमाथा आरोहण गर्न अहिलेसम्म ४१४ जना आरोहीले अनुमति लिएका छन्। उनले भने, ‘उनीहरूबाहेक पथप्रदर्शक र सहयोगीहरू पनि रहेका छन्।’

गौतमका अनुसार हिजो र आजको मौसम प्रतिकूलताले गर्दा आरोहणका लागि आरोहीहरू गएका छैनन्। 

कामिरिताको नयाँ कीर्तिमान

कमिरिता शेर्पाले २९ औं पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन्। सबैभन्दा धेरै पटक सगरमाथा सफल आरोहण गरेर बनाएको आफ्नै विश्व कीर्तिमान तोड्दै उनले नयाँ कीर्तिमान बनाएका हुन्। उनले आइतबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेको जानकारी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले दिएका छन्। ‘कामिरिताले बिहान ७ः२५ मा सगरमाथाको चुचुरोमा पाइला राखे’ अध्यक्ष शेर्पाले नागरिकसँगको कुराकानीमा भने, ‘अहिले उनी तल झरिसके, भोलितिर आधार शिबिर आइपुग्छन्।’

शेर्पा यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न अप्रिल १७ तारिखमा काठमाडौंबाट हिँडेका थिए। यस्तै उनले गत वर्ष एउटै ऋतुमा दुई पटक सगरमाथाको सफल आरोहण गरेका थिए। शेर्पाले यसअघि गत जेठ ९ गते २८ औं पटक र जेठ ३ गते २७औं पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।

उनी आवद्ध रहेको कम्पनी सेभेन समिटका अनुसार शेर्पाले सन् २०२२ को वसन्त ऋतुको आरोहणमा रोप फिक्सिङका क्रममा २६औं पटक सगरमाथाको सफल आरोहण गरेका थिए।

कामिरिताले २०५१ सालमा पहिलो पटक सगरमाथाको आरोहण गरेको थिए। गत वर्ष एकै ऋतुमा दुई पटक सगरमाथा आरोहण गरेका उनले यस पटक पुनः आरोहण गर्न चाहेमा सगरमाथा आधार शिविरमै भएको पर्यटन विभागको फिल्ड अफिसबाट प्रक्रिया अघि बढाउन सक्नेछन्।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको थामेमा जन्मिएका ५४ वर्षीय कामिरिताले आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से र केटु आरोहण गरिसकेका छन्। यसैगरी उनले ४० पटक विश्वका अग्ला हिमालको आरोहण पनि गरिसकेका छन्।

केन्टन कुल बने सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने गैरनेपाली नागरिक

बेलायती पर्वतारोही केन्टन कूलले १८ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर गैर नेपालीले सगरमाथा आरोहण गर्ने कीर्तिमान कायम गरेका छन्।

कूले सगरमाथा सहीत केटु हिमाल धेरै पटक आरोहण गरिसकेका छन्। यस्तै फोक्सोको क्यान्सर जितेका जोर्डन क्षेत्रीले पनि सगरमाथाको सफल आरोहण गरेका छन्। उनले आइतबार बिहान १० बजेर ३० मिनेट जाँदा सगरमाथामा आरोहण गरेका हुन्।  

सानै उमेरमा कठिन रोगबाट गुज्रेका उनले  आफू जस्तै जटिल रोग बाट गुज्रिरहेकालाई आफ्नो सगरमाथा आरोहण प्रेरणा बनोस् भनि आरोहण गरेको उनले बताएका छन्।  
अर्को समाचार
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
४७ मिनेट अघि
•
१ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 

केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।

वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।

“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”

कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।

सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।

असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार 

हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”

चाडपर्व र मेलामा अत्यधिक माग

बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।

उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।



दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस