लुम्बिनी सरकारको ‘गाउँ-गाउँमा सहर’ योजना
०९ जेष्ठ २०८१
•
४ मिनेट पाठ
लुम्बिनी सरकारको ‘गाउँ-गाउँमा सहर’ योजना
लुम्बिनी प्रदेश सरकारले ग्रामीण सहर निर्माणको योजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। बढ्दो बसाइँसराइ रोक्नका लागि गाउँ गाउँमा सहर निर्माण गर्ने योजना सरकारले लिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ।




गाउँ गाउँमा सहरहरू निर्माण भए त्यहाँको जनशक्ति गाउँमै रहने विश्वास सरकारको छ। ‘गाउँ गाउँमा सहर निर्माणको योजनालाई प्राथमिकतामा राखेर सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको छ,’ मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव निराजन घिमिरेले भने, ‘गाउँ गाउँमा सहर निर्माण गर्नुको मुख्य लक्ष्य भनेको बसाइँसराइ रोक्नु हो।’

उनका अनुसार दूरदराजमा निर्माण हुने यस्ता सहरहरूमा सुविधासँगै रोजगार, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको व्यवस्थापनसमेत गरिने छ। गाउँमै सहर भएसँगै आधारभूत आवश्यकताका क्षेत्रहरू शिक्षा, रोजगार, स्वास्थ्यको उचित प्रबन्ध हुन सके गाउँबाट बसाइँसराइ हुने क्रम रोकिने सरकारले विश्वास लिएको छ।’

दूरदराजमा सहर निर्माण भए भने त्यहाँ सुविधा हुने भयो, सँगै शिक्षा, स्वास्थ्य रोजगारको समेत व्यवस्थापन हुन सक्यो भने ग्रामीण क्षेत्रबाट हुँदै आएको बढ्दो बसाइँसराइ रोकिनेमा हामी विश्वस्त छौं,’ सचिव घिमिरेले भने, ‘यही लक्ष्यसहित सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याउने छ।’

सरकारले केही दिनभित्रमै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिरहेको छ। अहिले कार्यक्रमलाई अन्तिम रूप दिने काम भइरहेको छ। नीति तथा कार्यक्रमको तयारीमा रहेको प्रदेश सरकारले प्रदेशभरका हरेक वडासम्मको पहुँच मार्ग निर्माणलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ।

स्थानीय सरकारका रूपमा रहेका वडा कार्यालयसम्म सेवा लिन पुग्ने सेवाग्राहीहरू सहज रूपमा पुग्ने वातावरण निर्माणका लागि हरेक वडालाई सडक सञ्जालसँग जोड्ने नीति सरकारको छ। वडाका हरेक बस्तीलाई सडकमार्फत वडासम्म जोड्नका लागि पहुँच मार्ग निर्माण गरिने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव घिमिरले जानकारी दिए।

‘केही विकट जिल्लाका वडासम्म पुग्नका लागि सहज बाटो छैन। यस्ता जिल्लाका वडासम्मको सहज यात्राका लागि पहुँच मार्ग निर्माण गर्ने लक्ष्य सरकारको छ,’ सचिव घिमिरेले भने, ‘हरेक गाउँका नागरिकहरू वडा कार्यालयसम्म सहज यात्रा गरेर पुग्ने व्यवस्थापन सरकारले गर्ने छ।’

जिल्लाको नेपाल भारत सीमा क्षेत्रको सहज यात्रालाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। नाकाको एक बस्तीदेखि अर्को बस्तीसम्म पुग्नका लागि सडक सञ्जाल निर्माणको योजनालाई प्राथमिकतामा राखिएको घिमिरेले जानकारी दिए।

‘नेपाल–भारत सीमा क्षेत्रका बासिन्दाहरूलाई सडकको समस्या छ। एउटा बस्तीबाट अर्को बस्तीसम्म पुग्नका लागि सडक छैन,’ उनले भने, ‘नाका क्षेत्रमा कायम यो असहजता अन्त्य गरेर नाका क्षेत्रमा सडक निर्माण गर्ने लक्ष्य सरकारको छ।’

कृषि क्षेत्रका रूपमा रहेको यो प्रदेशको कृषि उपज उत्पादन तथा यसको प्रवर्धनका लागि टेवा पुग्ने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिने जनाइएको छ। ‘समग्रमा शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माणलाई थप व्यवस्थित गर्ने खालका कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश गर्ने लक्ष्य सरकारको छ,’ सचिव घिमिरेले भने।

अहिले सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने योजनाको सूची तयार पारिरहेको प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने मिति भने अहिले तय भइसकेको छैन। यो हप्तासम्म नीति तथा कार्यक्रम तयार पारिने र अर्को हप्तासम्म सरकारले सार्वजनिक गर्ने गरी तयारी थालिएको सचिव घिमिरेले जानकारी दिए।

उनका अनुसार प्रदेशका मन्त्रालय तथा मन्त्रालय मातहतका निकायहरूबाट योजनाहरू आइसकेको र प्रदेशका सचिवहरू सम्मिलित समितिले यी योजनाहरूबारे छलफल गरिरहेको उनले जानकारी दिए।

सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिन प्रदेशका सबै सचिवहरू सम्मिलित एक समिति निर्माण गरेको छ। ‘सरकारको नीति तथा कार्यक्रम तयार पार्न एक समिति छ। यो समितिमा सबै मन्त्रालय तथा मातहतका निकायहरूबाट कार्यक्रमको सूची प्राप्त भइसकेका छन्,’ सचिव घिमिरले भने, ‘यी कार्यक्रमउपर अहिले छलफल भइरहेको छ, कार्यक्रम थप गर्नेदेखि केही करेक्सन गर्नुपर्ने कार्यक्रमलाई करेक्सन गर्ने काम पनि भइरहेको छ।’

यो समितिले नीति तथा कार्यक्रमको ड्राफ्ट तयार पारेपछि मुख्यमन्त्री तथा मन्त्रीहरूबिच यो कार्यक्रममाथि छलफल हुने छ। यो छलफलबाट पुनः परिमार्जनसहित कार्यक्रम पास भयो भने मन्त्री परिषद् बैठकबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मिति टुंगो लगाइने छ। ‘नीति तथा कार्यक्रमको ड्राफ्ट बनेपछि मुख्यमन्त्री र मन्त्रीज्यूहरूबिच यसबारे छलफल हुने छ,’ सचिव घिमिरेले भने, ‘त्यसपछि मन्त्री परिषद्बाट मिति टुंगो लगाएर प्रस्तुत गरिने छ।’

प्रदेश तहका निकायबाट मात्रै प्राप्त योजनाहरूलाई प्राथमिकतामा नराखेर स्थानीय तहबाट माग भएका योजनालाई समेत प्राथमिकताका साथ समावेश गरेर नीति तथा कार्यक्रम ल्याउने तयारीमा सरकार छ। स्थानीय तहले समेत प्रदेश सरकारसमक्ष थुप्रै योजना माग गरिरहेका छन्। मन्त्रालयगत रूपमा स्थानीय तहबाट माग भएका योजनालाई समेत नीति तथा कार्यक्रममा समावेश गर्ने गरी काम भइरहेको सचिव घिमिरेले जानकारी दिए।

स्थानीय तहसँगको अन्तर सम्बन्धलाई मजबुत बनाउनका लागि स्थानीय तहले माग गरेका योजनालाई समेत प्राथमिकतामा पारिएको सचिव घिमिरेले जानकारी दिए। ‘स्थानीय तहबाट पनि थुप्रै कार्यक्रमको माग आएका छन्। स्थानीय तहबाट आएका मागलाई समेत सम्बोधन हुने गरी कार्यक्रम तयार पारिने छ,’ सचिव घिमिरले भने, ‘स्थानीय तहसँगको अन्तरसम्बन्धलाई थप मजबुत बनाउनका लागि पनि प्रदेश सरकारले स्थानीय तहले माग गरेका योजनालाई प्राथमिकतामा राख्ने छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस