धानको बीउ किसानलाई ‘पैँचो’
१५ जेष्ठ २०८१
•
२ मिनेट पाठ
धानको बीउ किसानलाई ‘पैँचो’
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको नव सृजना बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई ‘पैंचो’का रूपमा परम्परागत जातका धानको बीउ उपलब्ध गराउन थालेको छ। परम्परागत जातका धान जोगाउनका लागि सहकारीले किसानलाई पैँचोका रूपमा बीउ उपलब्ध गराउन थालेको हो। किसानलाई एकदेखि दुई किलोसम्म धानको बीउ उपलब्ध गराउने व्यवस्था गरेको छ।




‘किसानलाई उपलब्ध गराइएको बीउ पछि फिर्ता हुने गरी पैँचोका रूपमा दिएका हौँ’, सहकारीका अध्यक्ष भीमराज अवस्थीले भने, ‘फिर्ता भएको बीउ अर्को वर्ष अरु किसानलाई दिन्छौँ, किसानले उत्पादन गरेको पम्परागत जातको बीउबाहेकको धान प्रतिकिलो ४० देखि ५० का दरले गुणस्तरका आधारमा खरिद गर्ने व्यवस्था गरेका छौँ।’

उनका अनुसार सहकारीमा आबद्ध ५० जना किसानले परम्परागत जातका धानको बीउ पैँचोका रूपमा लगेका छन्। बीउ लगेकाहरूले एक कठ्ठादेखि पाँच कठ्ठा खेतमा धान रोप्ने उनले उल्लेख गरे। हालसम्म सहकारीबाट पम्परागत जातका लालचन्द, अन्जना, वामान चिनी, सेतो अन्ती, रातो अन्ती, ध्यूपुरी, सौँठारी, राइमुनुवा, बगटी, बन्दनालगायत २३ प्रजातिको दुई क्विन्टल जति धान बीउ वितरण गरिएको छ।

यससँगै सहकारीले भुरा, गुडरा, गुर्रा, तिल्कीलगायतका बीउ पनि वितरण गरेको छ। परम्परागत जातको धानबीउको माग किसानले गर्दै आएकाले पुर्याउनै धौधौ रहेको अध्यक्ष अवस्थीले जानकारी दिए।

परम्परागत जातका धानमा सुक्खा सहने, धेरै पानीमा पनि हुर्कन सक्ने, रोग कीराको प्रकोप नहुने उनको भनाइ छ। ‘परम्परागत जातका धान अहिले गाउँघरतिर पाउनै मुस्किल छ’, उनले भने, ‘कतै पाइयो भने पनि किसानले खेतमा रोप्न मान्दैनन्, बढी उत्पादन हुने र आधुनिक जातको बीउ नै खोज्छन्।’

उन्नत जातभन्दा कम फल्ने हुँदा किसानले परम्परागत जातका धान खेतमा लगाउन छाड्दै गएको उनले बताए। बढी उत्पादन दिने, आम्दानी हुने धानखेतीप्रति किसानको मोह बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन्। 

‘धानका विकासे जातको तुलनामा रोग कीराको समस्या कम हुन्छ, कम मलजलमै फल्छ’, सहकारीका अध्यक्ष अवस्थीले भने, ‘उन्नत जातका धान लगाउँदा नफल्ने समस्या पनि छ, विकासे र उन्नतको तुलनामा स्थानीय जातका धान कम फले पनि किसानले निराश हुनु पर्दैन।’

परम्परागत जातका धानसँगै किसानको मागअनुसार सहकारीले उन्नत जातका धान बीउ पनि ढुवानी भाडा जोडेर नाफा नराखी किसानलाई बिक्री वितरण गर्दै आएको छ। पहाडी क्षेत्रमा उत्पादन हुने कोदो प्रबर्द्धन गरी सहकारीले गत वर्षदेखि नै बेच्दै आएको छ।

विभिन्न कृषि मेला, प्रदर्शनी, दिवसलगायतका अवसरमा परम्परागत प्रजातिका अन्नका परिकार बनाई सहकारीले प्रदर्शन गर्ने कार्यसँगै सहभागीलाई स्वाद लिनका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था पनि गर्दै आएको छ।

वडाध्यक्ष लालबहादुर ऐरले सहकारीले स्थानीय प्रजातिका धानलगायतका अन्न जोगाउने अभियानमा महत्त्पूर्ण भूमिका खेल्दै आएको बताए। 

परम्परागत प्रजातिका धानलगायतका अन्नबालीप्रति किसानलाई सचेत पार्ने कामसँगै सहकारीले जोगाउनमा योगदान दिँदै आएको उनले बताए।-रासस
अर्को समाचार
केरा खेतीबाट वार्षिक १० लाख आम्दानी
०८ मंसिर २०८१
•
२ मिनेट पाठ
केरा खेतीबाट वार्षिक १० लाख आम्दानी
कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन्। डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।




राना जिल्लामा उत्कृष्ट कृषकका रुपमा सम्मानित भइसकेका छन्। सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गरेका रानाले अहिले १७ बिघामा खेती विस्तार गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उनले बताए। अहिले केराखेतीबाट वार्षिक  १० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको उनले सुनाए।

“केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु”, रानाले भने, “वार्षिक रु २८ देखि २९ लाखसम्मको कारोबार हुने गरेको छ, सबै खर्च कटाएर वार्षिक रु १० लाखसम्म आम्दानी हुन्छ।” केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका साथै कृषि औजार जोड्ने गरेको उनले बताए।

कृषिमा प्रविधिको प्रयोग गरेपछि कम लागतमा धेरै आम्दानी हुन थालेपछि उनले पछिल्लो समय आम्दानीको केही अंश कृषिऔजार खरिदमा लगाउने गरेको बताए। “कृषिमा अहिले थुप्रै प्रविधि आएको छ यसबाट कम लागतमा धेरै आम्दानी गर्न सकिन्छ”, रानाले भने, “अहिले खेती गर्दा प्रविधिको प्रयोग गर्ने गरेको छु, अहिले ड्रोन प्रविधिबाट खेती गर्ने प्रयास गरिरहेको छु।”

कृषक रानाले केराखेती गर्न पर्याप्त जग्गा नहुँदा समस्या भएको गुनासो गरे। “मैले जग्गा भाडामा लिएर खेती गरिरहेको छु । यहाँ भाडामा पनि जग्गा पाइँदैन, पाइए पनि दुईरतीन वर्षका लागि मात्रै पाइन्छ”, रानाले भने, “लामो समयका लागि जग्गा भाडामा नपाउँदा थोरै क्षेत्रफलमा खेती गर्नु परेको छ।” उनले लामो समयसम्मका लागि जग्गा भाडामा पाइए केराखेती विस्तार गर्दै लैजाने योजना रहेको बताए। खेतीमा प्रविधिको प्रयोगले उत्पादन र आम्दानी राम्रो हुन थालेको उनको भनाइ छ।  

“बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधि छर्कन ड्रोन प्रविधिबाट खेती गर्ने तयारीमा छौँ”, रानाले भने, “ड्रोन प्रविधिको प्रयोगले उत्पादन र आम्दानी बढ्ने आशा गरेका छौ।” उहाँले पछिल्लो समय विषादी छर्किंदा किसानहरुको स्वास्थ्यमा समस्या हुने गरेको बताउँदै ड्रोन प्रविधिले कृषकको स्वास्थ्यमा हुने समस्या कम हुने विश्वास व्यक्त गरे।

रानाले दुई जनालाई मासिक तलबमा काम गर्ने मान्छे राखेका छन् भने खेतीको सिजनको बेला ३०र४० जनालाई रोजगारी दिने गरेका छन्। उत्पादन गर्नसके बजारको समस्या नरहेको उनको अनुभव छ।

“अहिलेसम्म बजारको समस्या भोग्नुपरेको छैन”, रानाले भने, “स्वदेशमै मेहनतका साथ काम गरे विदेश जानुपदैन ।” उनले यहाँ उत्पादित केरा अत्तरिया, दिपायल, डडेल्धुरा र दाङको तुलसीपुरसम्मका बजारमा जाने गरेको बताए। उनले राज्यले किसानलाई सहयोग गर्ने नीति ल्याएमा किसानलाई हौसला प्राप्त हुनुका साथै उत्पादन वृद्धिमा सहयोग पुग्ने सुझाव दिए।रासस
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस