देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी
२७ जेष्ठ २०८१
•
२ मिनेट पाठ
देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नका लागि श्रमाधान मेलाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।




श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा आयोजित श्रमाधान रोजगारी मेलाको उद्घाटन सत्रमा उनले रोजगारी सिर्जनाका आन्तरिक र बाह्य दुई आयाममा देशभित्र रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने कार्यसँग उद्योग मन्त्रालयले बढी सरोकार राख्ने बताए ।

रोजगारी प्रवद्र्धनका रुपमा रहेको औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न लगानीसँग सम्बन्धित कानुनमा आवश्यक परिमार्जन गर्न आवश्वयक रहेको मन्त्री भण्डारीले धारणा व्यक्त गरे।

मुलुकमा सबै सरकारी, सहकारी र राज्यबीच मात्र नभई शासकीय साझेदारीका रुपमा रहेको निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रमासमेत सहकार्य र साझेदारी गर्नुपर्ने अभियानमा श्रम मन्त्रालयको महत्वपूर्ण सुरुआत रहेको उनले उल्लेख गरे।

कार्यक्रममा प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री टीका थापाले दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि पलायन भइरहेका युवाका लागि यस्ता किसिमका श्रमाधान मेलाको अपरिहार्य भूमिका हुने बताए । उनले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि तीनै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले बेरोजगार युवालाई रोजगार बनाउने यस्ता मेला प्रत्येक वर्ष आयोजना गरिनुपर्ने धारणा व्यक्त गरे।सुदूरपश्चिम प्रदेशको गरिबी हटाउन राज्यले लगानी बढाउनुपर्ने उनको भनाइ थियो।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले रोजगारदाताले आवश्यकताअनुसार श्रमिक नपाउने अवस्थालाई यस्ता मेलाले सम्बोधन गर्ने बताए । नेपालमा नै गरिखाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न र यहाँको रोजगारीको अवस्था बुझ्न मेलाले थप सहयोग गर्ने अध्यक्ष पाठकको भनाइ थियो ।

कैलालीको धनगढीमा आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने मेलामा हालसम्म ३७ निजी क्षेत्रका परामर्श कक्ष रहेका छन् । मेलामा रोजगारी सिर्जनाका लागि दुई हजार छ सय ६४ जनाको माग रहेको छ भने हालसम्म करिब पाँच हजार व्यक्तिको निवेदन परेको आयोजकले बताएको छ ।

मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सहआयोजकका रुपमा चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, होटल सङ्घ नेपाल, नेपाल तालिम तथा रोजगार महासङ्घ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् ।  

मेलामा विभिन्न कार्यशाला सञ्चालन हुनेछन्। सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीका विषयक कार्यशाला सञ्चालन हुनेछन्।
अर्को समाचार
ओमानसँग श्रम सम्झौता अन्तिम चरणमा
०६ मंसिर २०८१
•
४ मिनेट पाठ
ओमानसँग श्रम सम्झौता अन्तिम चरणमा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युएई, साउदी अरेबिया र कतारसँगको श्रम सम्झौता नवीकरण र वैदेशिक रोजगारीको अवसर उपलब्ध गराउन ओमानसँगको पहिलोपटक नयाँ श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।




नेपाली श्रमिकको गन्तव्य खाडी मुलुकहरू युएई, साउदी अरेबिया र कतारसँगको श्रम सम्झौता पहिल्यै भए पनि २५ हजारको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको ओमानसँग पहिलोपटक सरकारले श्रम सम्झौता गर्न लागेको हो। यसका लागि अन्तिम तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

ओमानसँग द्विपक्षीय श्रम सम्झौताका लागि नेपालमा उच्चस्तरीय छलफल भई प्रारम्भिक सहमति गरेर ओमान पठाएको मन्त्रालयका प्रवक्ता वसन्त बोहोराले बताए। ‘नेपालमा उच्चस्तरीय छलफल भएर त्यसको ड्राफ्ट ओमान पठाइएको छ’, बोहोराले भने, ‘ओमानको मन्त्रिपरिषद्ले स्वीकृतसँगै कानुनी प्रक्रिया सकेपछि उनीहरूले नेपाल पठाउने छन्। हाम्रो तर्फबाट पनि लिगल प्रोसेस अगाडि बढाउँदै छौं। साथै ओमानले समेत क्याबिनेटमा पठाउने तयारी गरिरहेको खबर पाइरहेका छौं।’

दुईपक्षीय रूपमा सम्बन्धित मन्त्रालयबिच टुंगो लागे पनि कानुनी रूपमा टुंगो लाग्न बाँकी रहेको बोहोरा बताउँछन्। नेपालले सबैभन्दा पहिला कतारसँग सन् २००८ मा द्विपक्षीय श्रम सम्झौता (बीएलए) गरेको थियो। त्यस्तै दक्षिण कोरियासँग सन् २००७ मा र मलेसियासँग सन् २०१८ मा श्रम समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको थियो। तीबाहेक टर्की, लेबनान, स्पेन, ब्रुनाई लगायतका देशसँग समेत श्रम सम्झौताको गृहकार्य भइरहेको उनले बताए।

उनका अनुसार नेपालले कतारसँग श्रम सम्झौता नवीकरण प्रक्रिया अगाडि बढाएसँगै कतारको श्रम मन्त्रालयमा सम्झौताको ड्राफ्ट पुगेको छ। साथै सन् २००७ मा गरिएको कोरियासँगको श्रम सम्झौता नवीकरणको गृहकार्य अघि बढेको उनी बताउँछन्।

सन् २००७ मा श्रम सम्झौता भएसँगै नेपालबाट ईपिएसमार्फत नेपाली श्रमिक कोरिया जाने गरेका छन्। नेपालले २०८० असोज १९ गते रोमानियासँग श्रम समझदारी गरेको थियो। त्यसलगत्तै असोज २० गते श्रममन्त्री शरतसिंह भण्डारीले जर्मनीसँग दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्र (जेडिओएल) मा हस्ताक्षर गरेका थिए।

ओमानसँग रोजगारदाताले श्रमिकको लाग्ने सबै लागत खर्च तिर्ने गरेर सम्झौता हुन लागेको उनी बताउँछन्। ‘ओमानसँग इम्प्लोई पेइङ मोडलमा सम्झौता हुन लागेको हो। सम्झौतामा श्रमिकको न्यूनतम तलबको विषय उल्लेख गरिएको छैन, तर पेमेन्टको मोडालिटीका विभिन्न विषय राखिएका छन्। बैंकिङ च्यानलमार्फत नै पैसा तिर्नुपर्ने विषय राखिएको छ’, बोहोराले भने।

साथै दुवै देशको संयुक्त बैठक (ज्वाइन्ट कमिटी) आवश्यकताअनुसार राख्ने र श्रमिकको हकहितका विषयमा छलफल गर्ने विषय सम्झौतामा राखिएको उनले बताए। त्यस्तै नेपालले ओमानमा मृत्यु भएका नेपालीको शव जतिसक्दो चाँडो नेपाल पठाउने विषयसमेत राखेको छ। दक्षिण कोरिया (इपिएस) र मलेसियासँगका द्विपक्षीय श्रम सम्झौताको नवीकरण र ओमानसँग द्विपक्षीय श्रम सम्झौताको प्रक्रिया अगाडि बढाएको मन्त्री भण्डारीले आफ्नो सयदिने प्रगति विवरणमा राखेका थिए।

नेपालले सन् २०१८ मा श्रम सम्झौता गरेको मलेसियासँग नवीकरणको तयारी गरेको छ। श्रम सम्झौताका अवधि यही कात्तिक १२ देखि सकिएको थियो। त्यसयता नेपालले श्रम सम्झौताका लागि मलेसियासँग बारम्बार ताकेता गर्दै आए पनि मलेसियाले हालसम्म पनि सम्झौताका लागि तत्परता नदेखाएको मन्त्रालयको जानकारी छ।

‘हामीले श्रम सम्झौताको ड्राफ्ट मलेसिया सरकारलाई पठाएका छौं। परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली दूतावासले मलेसियाको विदेश मन्त्रालयमा ड्राफ्ट पेस गरेको थियो। उक्त ड्राफ्ट मलेसियाको श्रम मन्त्रालयमा पुगेको छ’, उनले भने।

नेपालको तर्फबाट मलेसियासँगको श्रम सम्झौतालाई अन्तिम रूप दिई परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारसमक्ष पठाइएको र जवाफ प्राप्त हुन बाँकी रहेको उनी सुनाउँछन्।

मलेसिया नेपालबाट घरेलु कामदार लैजान इच्छुक छ। त्यसका लागि पटकपटक मलेसियाले आग्रह गर्दै आएको थियो, तर नेपालले घरेलु कामदार पठाउन प्रतिबन्ध लगाइएकाले तत्काल पठाउन नसकिने जवाफ दिँदै मन्त्रालयका अधिकारीहरू बताउँछन्।

मलेसियाको श्रम मन्त्रालयबाट हालसम्म औपचारिक जवाफ आइसकेको छैन। मलेसियाको श्रम मन्त्रालयले नेपालबाट पठाइएको कागजातलाई नै सदर गर्छ वा त्यसमा केही थपघट गर्छ, त्यो आएपछि मात्रै मन्त्रालयल अघि बढ्ने बोहोराले बताए।

मलेसियाले सन् २०२५ को फेब्रुअरीदेखि लागु हुने गरी श्रमिकको न्यूनतम तलब १७ सय मलेसियन रिंगेट पुर्‍याएको छ। मासिक १५ सय रहेको न्यूनतम तलब बढाउने घोषणा मलेसिया सरकारले गरेको हो। आप्रवासी कामदारको पारिश्रमिक बढाएको मलेसियामा नेपाली कामदार कहिलेदेखि जान पाउँछन् भन्ने अझै प्रस्ट भइसकेको छैन। अहिले नेपालको प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार जान पाएका छैनन्।

आन्तरिक व्यवस्थापन गर्न भन्दै गत २०८१ जेठ १८ देखि मलेसियाले नेपालसहित सबै मुलुकबाट कामदार लैजान रोकेको थियो। यसले गर्दा हाल मलेसिया जाने श्रमिकको संख्या निकै घटेको छ। अब मलेसियाले कामदार भिœयाउन कहिले खुला गर्छ भनेर नेपाललगायतका मुलुकको चासो बढेको छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस