दोषी नदेखिएपछि पाइलट पन्तको उडान निलम्बन फुकुवा
२९ जेष्ठ २०८१
•
१ मिनेट पाठ
दोषी नदेखिएपछि पाइलट पन्तको उडान निलम्बन फुकुवा
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ।




पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाएको थियो। तर छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए।

उनले भने,'पाइलट पन्तविरुद्ध निषेधित क्षेत्रमा निषेधित कार्य गरेको भन्ने उजुरी परेको थियो, छानबिन गर्दा गम्भीर र सुरक्षा असर नपर्ने देखिएकाले उहाँको उडान निलम्बन फुकुवा गरिएको हो।'

नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज ‘ए३२०-२००’ का पाइलट पन्तलाई क्यानले यही जेठ २१ गते ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो।
अर्को समाचार
क्यानले रोक्यो सगरमाथा निकुञ्जले गरेको हेलिकप्टर उडान-अवतरण प्रतिबन्ध निर्णय
२८ मंसिर २०८१
•
३ मिनेट पाठ
क्यानले रोक्यो सगरमाथा निकुञ्जले गरेको हेलिकप्टर उडान-अवतरण प्रतिबन्ध निर्णय
नेपाल नागरिक उड्डयन प्राधिकरणले सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान/अवतरण प्रतिबन्ध गर्ने  निर्णयलाई खारेज गरेको छ। हेलिकप्टर कम्पनी सञ्चालकलाई उडान गर्न दिने/नदिने निर्णय गर्ने अधिकार क्यानमा मात्र निहित रहेको भन्दै प्राधिकरणले निकुञ्ज कार्यालयको निर्देशन कार्यान्वयन नहुने बताएको हाे।




समग्र पर्यटन र प्राकृतिक जीवनशैली नै प्रभावित भएको भन्दै निकुञ्जले यही बुधबार ११ वटा हेलिकप्टर कम्पनीलाई निकुञ्ज क्षेत्रमा आगामी जनवरी १ देखी व्यवसायिक उडान प्रतिबन्ध हुने भन्दै पत्र काटेको थियो। सोही निर्णय पछि हेलिकप्टर कम्पनी सञ्चालकहरू बिहीबार प्राधिकरण पुगेका थिए।

यसै क्रममा प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निकुञ्जले व्यवसायीक हेलिकप्टर उडान÷अवतरण रोक लगाउने निर्णयको कुनै आधार नभएको उल्लेख गरेको छ। त्यस्तै प्राधिकरणबाट कुनै निर्णय नहुन्जेल उक्त क्षेत्रमा विद्यमान अवस्थामा जस्तै निर्बाध र नियमित व्यवसायिक उडान सञ्चालन गर्न÷गराउन सम्पूर्ण हेलिकप्टर कम्पनी लगायत सरोकारवाल निकायलाई प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले सङ्घीय सरकारको एकल अधिकार अन्तर्गत सूचिकृत नेपाली वायु क्षेत्रमा हुने हवाई उड्डयनको नियमन तथा व्यवस्थापन गर्ने कानुनी जिम्मेवारी गैर सैनिक हवाई उडान ऐन, २०१५ तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ र सो कानुन अन्तर्गतका नियमावलीमा भएको व्यवस्था बमोजिम प्राधिकरणमा निहित भएको बताएको छ।

यस्तै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६ लगायतका कानूनमा कुनै पनि आरक्षण माथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार उक्त निकायमा नरहेको उल्लेख गर्दै निकुञ्ज कार्यालयलाई रोक लगाउने अधिकार नभएको बताएको छ।

निकुञ्ज कार्यालयको निर्णयपछि  हेलिकप्टर कम्पनी संचालक बिहीबार प्राधिकरण गएका थिए। यस क्रममा निकुञ्ज लगायतले उडानमा रोक लगाउने अधिकार प्राधिकरणसँग मात्र भएको र अरू निकायले यस सम्बन्धी निर्णय गर्न नपाउने बताउँदै हेलिकप्टर कम्पनीलाई उडान निरन्तरता गर्न भनेको थियो। हेलिकप्टर उडान अवतरण क्यानको क्षेत्राधिकारभित्र पर्ने भएकोले निकुञ्ज कार्यालयको निर्णय मान्नुपर्ने कारण नभएको प्राधिकरण बताउँछ।

सगरमाथा निकुञ्ज क्षेत्रमा अत्याधिक हेलिकप्टर गतिविधि हुनथालेपछी समग्र पर्यटन र प्राकृतिक जीवनशैली प्रभावित हुन थालेपछि निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाले सो क्षेत्रमा व्यवसायीक हेलिकप्टर उडान/अवतरण प्रतिबन्ध गर्ने निर्णय गरेको थियो। आगामी जनावरी १ (पुस १७) देखि सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टरको उडान/अवतरण प्रतिबन्ध गर्ने निर्णय भएको थियो।

सोही निर्णय अनुसार निकुञ्ज कार्यालयले एयर डाइनेष्टि, प्रभु हेलिकप्टर, कैलाश हेलिकप्टर, माउन्टेन हेलिकप्टर, अल्टिट्युड एयर, फिसटेल, श्री एयरलाइन्स, सिम्रिक एयर, हेलि एभरेष्ट र मनाङ एयर गरी ११ हेलिकप्टर कम्पनीलाई सो निर्णय कार्यान्वयन सम्बन्धमा पत्र लेखी जानकारी गराएको थियो।  सगरमाथा क्षेत्रमा प्रदूषण बढेको र वन्यजन्तुसम्बन्धी आपराधिक गतिविधि रोक्न र स्थानीयको रोजीरोटी जोगाउन पनि हेलिकप्टरको व्यवसायीक उडान रोक्नुपरेको निकुञ्ज कार्यालयको बताएको  थियो।

खुम्बु जसलाई सगरमाथा क्षेत्र पनि भनिन्छ। यसलाई धेरै हिमालहरूको घर पनि भनिन्छ। यस क्षेत्रमा विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा अवस्थित छ। यस्तै ल्होत्से, मकालु, चोयू, न्यूप्त्से, खुम्बुत्से रेन्जोला लगायत हिमाल तथा पिकहरू अवस्थित छन्।

खुम्बु ३,३०० मिटर देखि ८,८४८.८६ मिटर उचाइ क्षेत्रमा अवस्थित छ। खुम्बु क्षेत्रमै विश्वको सर्वोच्च शिखर सगरमाथा छ। २०११ को जनगणना अनुसार खुम्बुमा ९१२ घरधुरी, १३ गाउँमा ३४७ दर्ता होटेल र चिया घर छन्। यसै क्षेत्रमा लुक्ला र मोन्जु बीचको सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र दुवै पर्छ। खुम्बु क्षेत्रमा नाम्चे बजार सहरका साथै थामे, खुम्जुङ, पाङ्बोचे, फेरीचे र कुण्डे गाउँहरू पर्छन्। यस्तै तेङ्गबोचेमा रहेको प्रसिद्ध बौद्ध विहार पनि खुम्बुमा अवस्थित छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस