माछा पोखरीमा लगानी ‘बालुवामा पानी’
०४ असार २०८१
•
२ मिनेट पाठ
माछा पोखरीमा लगानी ‘बालुवामा पानी’
गुलरिया नगरपालिका स्थित वडा नम्बर ४ मा रहेको माछा पोखरी ।
लामो समय देखिको खडेरीले माछा पोखरीमा गरिएको लगानी डुब्ने जोखिम बढेर गएको छ।




अन्तिम विकल्पको रुपमा भूमिगत जलस्रोतको प्रयोग गरेर जसोतसो माछा बचाई रहेका व्यवसायीको पोखरीमा गरेको लगानी ‘बालुवामा पानी’ सरह हुने देखिएको छ।

पानी तात्ने मोटर प्रयोग गरेर माछा पोखरीमा  खन्याए पनि अत्याधिक तापक्रमले पोखरी सुक्दै जाँदा माछा छटपटिएर मर्न थालेका छन्।विज्ञले माछा बचाउन पुरानो पानी फालेर चिसो पानी खन्याउन सुझाए पनि लामो खडेरीले असम्भव जस्तै भएको छ।

जिल्लामा किसानले अधिकांश ठाउँमा माछा पालनका लागि  लगानी गरे पनि बढैयाताल गाउँपालिकालाई नेपाल सरकारले माछा जोनको रुपमा विस्तार गरेको छ । पम्प र कुवा सुक्दा जारको पानी किनेर गुजारा चलाउन बाध्यता भएका स्थानीयलाई माछा पोखरीमा पानी हाल्न त अति समस्या हुने गरेको स्थानीय पत्रकार ज्ञानेन्द्र पोखरेलले बताउँछन्।

‘टाढा टाढाबाट टेम्पो वा अटो रिक्सा भाडामा लिएर पानी किन्न आउने किसानको संख्या बढेको देखिन्छ,’उनले भने,‘यस्तै रहे पानीको हाहाकार मच्चिने सम्भावना बढेर गएको छ।’मौसम पूर्वानुमान शाखाको बुलेटिनमा अझै तीन दिन पश्चिम  तराईमा तातो हावा चल्ने  र तापक्रम बढ्ने देखाएको छ।

दुई साता अघि देखि यहाँको तापक्रम रेर्कडमा ४२ देखि ४८ डिग्री मापन भइरहेको छ ।वैशाख दोस्रो साता देखि छिटपुट पानी समेत परेको छैन।

बर्दिया भएर बग्ने ठुला नदी बबई र कर्णालीमा पानीको सतह सुक्दै गएको आकलन गरिएको छ । असारे खेतीमा नदीको पानीको निर्भरमा रहेका  नदी किनारका किसान बिलखबन्दमा परेका छन् ।नदीमा पानीको सतह घट्दै गएपछि नदीको पानीले सिँचाई गर्न सकिने अवस्था देखिएको छैन।

एक माछा पालक किसान भन्छन्,‘ पानी तात्ने मोटर चलाएर पानी हाल्दा ,हाते पम्प निर्भर ग्रामीण भेगका बासिन्दा झन् पीडित छन्,उनीहरूको धारा सुख्छ ।’भूमिगत जलस्रोतको प्रयोग गरेर खानेपानी प्रयोग गर्ने हुनाले मोटर चलाएर पोखरीमा पानी हाल्दा आम सर्वसाधारण मर्कामा परेको गुनासो छ।

बबई सिँचाई आयोजना प्रमुख सुशील देवकोटाका अनुसार  नदीमा पानी नहुँदा नहर प्रणालीमा संचालन ल्याउन नसक्दा किसान मर्कामा परेका छन्।‘एक साता अघि नदीको पानी थुनेर भए पनि नहरमा पानी हाल्यौ,’उनले भने,‘बबई नदीमा पानी नहुँदा समस्या भइरहेको छ,किसानको माग यो बेला झन् बढी छ।’
अर्को समाचार
वातावरण सुन्तुलित राख्न ऊर्जा प्रभावकारी घर
३१ भदौ २०८१
•
३ मिनेट पाठ
वातावरण सुन्तुलित राख्न ऊर्जा प्रभावकारी घर
बर्दियाका राजेन्द्र थारुको टाउकोमा  ‘सेफ्टी हेल्मेट’ र हातमा इन्सुलेटरसँगै केही इँटा छ। उनी ऊर्जा प्रभावकारी घर बनाउनमा व्यस्त हुन्छन्। हाल उनी नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकाँदोका कृष्ण अधिकारीको घर बनाउने काममा खटिरहेका छन्।




विगत १३ वर्ष देखि डकर्मीको काम गर्दै आएका राजेन्द्रलाई ऊर्जा प्रभावकारी घरबारे यसअघि केही थाहा थिएन। ‘धेरै वर्षदेखि घर बनाउने काम गर्दै आईरहेको छु, तर यो ऊर्जा प्रभावकारी घरको विषयमा मलाई थाहा थिएन’, उनले भने, ‘नेपालगञ्जमा ऊर्जा प्रभावकारी घर बनाउन तालिम खुलेको थाहा पाएपछि म सिक्न आएको हुँ।’ 

उमेरले ३० वर्षका राजेन्द्रलाई सुरुमा ‘ऊर्जा प्रभाकारी घर’ सुन्दा अनौठो लागे पनि तालिममा सहभागी भएपछि यस्तो घर बनाउन सजिलै सक्छु भन्ने लागेको छ।

‘सुरुमा त कस्तो हुन्छ जस्तो लागेको थियो तर सिक्दै जाँदा यस्तो घर बनाउन खासै गाह्रो नहुने रहेछ’, उनले भने, ‘मलाई त हामीले बनाइरहेको घरभन्दा ऊर्जा प्रभावकारी घर बनाउन सजिलो लाग्यो। अब सबैले यस्तै घर बनाउन आवश्यक छ।’

राजेन्द्रसँगै बर्दिया गुलरिया नगरपालिका–८ आशापुरका भगोलिया लोधले पनि तालिम लिइरहेका छन्। २२ वर्षको उमेरदेखि घर बनाउँदै आएका भगोलियासँग २५ वर्ष घर बनाउने काम गरेको अनुभव छ। तर, उनको २५ वर्षे अनुभवमा ‘ऊर्जा प्रभावकारी घर’ बनाउने अनुभव नयाँ हो।

‘ऊर्जा दक्ष घरको विषयमा अहिले नेपाल सरकारले ल्याएको नीति ढिला भएको छ’, उनी भन्छन्, ‘हुन त पछि आउने हाम्रो सन्तानहरुको लागि यो लाभदायक होला तर यो नीति पहिला ल्याइदिएको भए हामी यसको लाभ लिन पाउथ्यौँ।’

बढ्दो अव्यवस्थित शहरीकरणसँगै वातावरणीय उर्जाको खपत न्यूनीकरण गर्ने उद्देश्यले यस्ता घर निर्माण सुरु गरिएको हो। नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकाँदोमा उक्त ऊर्जा प्रभावकारी घर निमार्ण सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए। 

वातावरणमा आएको परिवर्तनका कारण बढ्दो तापक्रम नियन्त्रण गरी उर्जाको खपतमा न्यूनीकरण हुने हुँदा आगामी दिनमा नगरपालिका भित्र ऊर्जा प्रभाकारी घर निमार्ण गर्न नगरवासीहरुलाई नगर प्रमुख विष्टले आग्रह गरे।

‘नेपालगञ्जमा कृष्ण अधिकारी ज्यूले ऊर्जा प्रभावकारी घर निमार्ण गर्दै हुनुहुन्छ। यहाँको मौसमका लागि यस्ता घर निमार्ण अत्यन्तै आवश्यक छ’, नगर प्रमुख विष्टले भने, ‘उहाँले मात्र हैन अब अरुले पनि नयाँ घर बनाउँदा यस्तै घर निमार्ण गर्न आग्रह गर्दछु। यसका लागि नगरपालिकाले केही प्रतिशत छुटको व्यवस्था गर्नेछ।’

उनले नेपालगञ्ज ‘हिटवेभ’ र शितलहरको प्रकोपले प्रताडित शहर भएकाले यस्तो प्रविधिको प्रयोग गरी घर निर्माण गर्दा नक्सापास वा अन्य सुविधा उपलब्ध गराउने गरी भवन आचारसंहिता निर्माण गर्ने तयारीमा रहेको जानकारी दिए।

अव्यवस्थित शहरीकरणका कारण वातावरणमा परेको प्रभावलाई कम गर्दै प्रकृतिक रुपमा वातावरण सन्तुलन गर्न ऊर्जा प्रभावकारी घर निर्माण थालिएको घर धनी कृष्ण अधिकारी बताउँछन्।

गर्मीमा अत्यधिक तातो र हिउँदमा अत्यधिक जाडो हुने भएकोले दुवै अवस्थामा वातारण सन्तुलन राख्ने ‘डिजाइन’ तयार पारेर घर निर्माण सुरु गरिएको ‘विल्डिङ्ग इनर्जी ईफिसियन्सी ईन नेपाल’का ‘विल्डिङ्ग मेटेरियल एक्सपर्ट इन्जिनियर’ सानुबाबु डंगोलले जानकारी दिए।  

उक्त संस्थाका परियोजना इन्जिनियर अभिशेष कर्णका अनुसार युरोपियन युनियनको अर्थिक सहयोगमा नेपालको बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका ६० पालिकामा उर्जा प्रभावकारी घर निर्माण परियोजना लागु हुनेछ।

घर निर्माण गर्दा बाहिरको तातो भित्र नजाने र भित्रको तापमान यथास्थितिमै रहेन गरी घर निर्माण गरिने भएकाले पहिलो चरणमा बाँके र बर्दियामा घर बनाउने डकर्मीलाई तालिम दिईएको उनले बताए।

यसका लागि तयार पारिएको डिजाईन तथा प्रविधि प्रयोग गरेर घर निर्माण गर्दा तातो चिसो बनाउन लाग्ने उर्जाको खपत हुने र घर पनि प्राकृतिक रुपमै वातावरणमैत्री हुने दाबी गरिएको छ।-रासस
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस