कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी
०४ असार २०८१
•
१ मिनेट पाठ
कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी
कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा  दुई अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ। प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ।




आर्थिक वर्ष २०७९/८० सम्मको आन्तरिक राजस्व सङ्कलन दुई अर्ब २४ करोड १३ लाख ६३ हजार भएको छ। यो कूल राजस्व लक्ष्यको ९४.८ प्रतिशत रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताए। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशको आन्तरिक राजस्व सङ्कलन जेठ मसान्तसम्म ६१ करोड ९७ लाख अर्थात् लक्ष्यको तुलनामा ७४.१० प्रतिशत रहेको छ। आन्तरिक आम्दानीतर्फ कमजोर रहेको कर्णाली प्रदेश सरकारको विगत ६ वर्षको कूल बजेट भने  एक खर्ब ६६ अर्ब ५६ करोड रहेको छ।

बजेटको संरचना हेर्दा चालुतर्फ ३७.४६ प्रतिशत र पुँजीगततर्फ ६२.५४ प्रतिशत विनियोजन भएको आर्थिक मामिलामन्त्री केसीले बताए। विनियोजनको चालुतर्फ ६२.७१ प्रतिशत र पुँजीगततर्फ ५५.०१ प्रतिशत खर्च भई समग्रमा ५७.९० प्रतिशत खर्च भएको छ। चालु आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा सरकारको बजेट कार्यान्वनयको अवस्थासमेत कमजोर देखिएको छ।  

संसद्मा आगामी वर्षको बजेट पेस गर्दै मन्त्री केसीले आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्मको खर्च चालुतर्फ ४९.३८ प्रतिशत र पुँजीगततर्फ २९.८७ प्रतिशत खर्च भई समग्रमा ३७.९३ प्रतिशत खर्च भएको बताए। आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्मको अवधिमा सङ्घीय सरकारबाट प्राप्त बजेटमा ससर्त, समपुरक र विशेष अनुदानमा कूल  २७ अर्ब ५२ करोड प्राप्त भएकामा सो आर्थिक वर्षभित्र खर्च नसकी  सात अर्ब ७८ करोड सङ्घीय सञ्चित कोषमा फिर्ता भएको छ।
अर्को समाचार
कर्णाली प्रदेश: तीन महिना बाँकी रहँदा पुँजीगत खर्च २१ प्रतिशत
०४ वैशाख २०८२
•
३ मिनेट पाठ
कर्णाली प्रदेश: तीन महिना बाँकी रहँदा पुँजीगत खर्च २१ प्रतिशत
चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा कर्णाली प्रदेश सरकारको पुँजीगत खर्च झन्डै २१ प्रतिशत गरेको छ। यो अवधिमा प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको कुल बजेटको २७.६६ प्रतिशत मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। चालुतर्फ झन्डै ३९ प्रतिशत बजेट खर्च गर्दा प्रदेश सरकारले पुँजीगततर्फ भने २०.९४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।




प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट ल्याएको छ। यो बजेटमध्ये १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार रूपैयाँ पुँजीगत तर्फको हो। पुँजीगततर्फ फागुन मसान्तसम्म सरकारले तीन अर्ब ९३ करोड २४ लाख ७६ हजार नौ सय ७२ रूपैयाँ खर्च गरेको छ।

सबैभन्दा धेरै विकास बजेट भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले नौ महिनामा जम्मा २३ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार १० अर्ब १७ करोड ८२ लाख २४ हजार रूपैयाँ विकास बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले चैत मसान्तसम्म दुई अर्ब, ३४ करोड पाँच लाख १७ हजार दुई सय ३९ रूपैयाँ मात्रै खर्च गरेको छ। यही अवधिमा मन्त्रालयले चालुतर्फ भने ५१ प्रतिशत बजेट खर्च गरेको छ।

यस्तै जलस्रोत तथा ऊर्जा मन्त्रालयले यो अवधिमा पुँजीगततर्फ २१.९१ प्रतिशत बजेट खर्च गरेको छ। मन्त्रालयले यो अवधिमा ५७ करोड १६ लाख ६५ हजार पाँच सय ५६ रूपैयाँ मात्रै बजेट खर्च गर्न सकेको छ। ऊर्जासँग पुँजीगततर्फको दुई अर्ब ६० करोड ९० लाख तीन हजार रूपैयाँ बजेट छ। ऊर्जाले यो अवधिमा चालु खर्च भने ४९ प्रतिशत पुर्‍याएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पुँजीगततर्फ १३.२० प्रतिशत मात्रै बजेट खर्च गरेको छ। उद्योगले १४ करोड ७१ लाख ८८ हजार एक सय ३६ रूपैयाँ खर्च गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग पुँजीगततर्फ एक अर्ब ११ करोड ४९ लाख ६१ हजार बजेट छ। मन्त्रालयले चालुतर्फ भने ५३ प्रतिशत खर्च गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षको नौ महिनामा २२.९३ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मन्त्रालयले चैत मसान्तसम्म ११ करोड ३५ लाख ३३ हजार २७ रूपैयाँ खर्च गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ ४९ करोड ५१ लाख ५० हजार बजेट छ। यही अवधिमा मन्त्रालयले चालु खर्च भने ३१ प्रतिशत पुर्‍याएको छ।

सामाजिक विकास मन्त्रालयले चैत मसान्तसम्ममा पुँजीगततर्फ ७० करोड ६८ लाख ६१ हजार सात सय ६८ रूपैयाँ खर्च गरेको छ। यो जम्मा विकास बजेटको २५.९२ प्रतिशत हो। सामाजिकसँग दुई अर्ब ७२ करोड ७८ लाख ५३ हजार पुँजीगततर्फको बजेट छ। चालु खर्च भने मन्त्रालयले ४७ प्रतिशत पुर्‍याएको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले चैत महिनासम्म तीन करोड ४२ लाख तीन हजार पाँच सय ७१ रूपैयाँ खर्च गरेको छ। यो विकास बजेटको ३८.६३ प्रतिशत खर्च हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँग ६ करोड ५३ लाख आठ हजार पुँजीगततर्फको बजेट छ।

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नौ महिनामा ३१ लाख ८३ हजार ७०५ रूपैयाँ खर्च गरेको छ। यो जम्मा विकास बजेटको ७.२१ प्रतिशत हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग पुँजीगततर्फ चार करोड ४१ लाख ४० हजार बजेट छ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले नौ महिनाको अवधिमा ७९.१९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ। एक करोड ३१ लाख ४९ हजार विकास बजेटमध्ये आर्थिक मामिला मन्त्रालयले एक लाख चार लाख १२ हजार ६ सय २६ रूपैयाँ खर्च गरेको छ।

यस्तै प्रदेशसभाले नौ महिनामा ३५ लाख ७९ हजार ८०७ रूपैयाँ खर्च गरेको छ। यो विकास बजेटको ४१.३९ प्रतिशत हो। प्रदेशसभालाई पुँजीगततर्फ चालु आर्थिक वर्षका लागि ८६ लाख ५० हजार रूपैयाँ छुट्याइएको छ।

मुख्य न्यायाधिवक्ताको कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा चार लाख ९१ हजार दुई सय १२ रूपैयाँ खर्च गरेको छ। यो पुँजीगत खर्चको ९८.२४ प्रतिशत हो। मुख्य न्यायाधिवक्ताको कार्यालयसँग चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ पाँच लाख रूपैयाँ बजेट छ। प्रदेश लोक सेवा आयोगको नौ महिनासम्म पुँजीगततर्फ दुई हजार ६ सय २३ रूपैयाँ खर्च छ। लोक सेवा आयोगसँग पुँजीगततर्फ २० लाख रूपैयाँ छ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस