अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकको तयारी पूरा भएको छ। यो बैठक भोलि देखि ४ देखि असार ७ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।
बैठक आयोजना गर्न नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन गर्न लागेको उक्त बैठकमा विश्व वैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्ग लगायत उच्च पदस्थ पदाधिकारी सहित ६१ देशका करीब २ सयभन्दा बढी प्रतिनिधहरुको सहभागिता रहनेछ। उक्त बैठकको उद्घाटन भोलि असार ४ गते मंगलबारका दिन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ।
आगामी ३ वर्षका लागि आईडीए देशहरुलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सो को लागि आवश्यक वित्तीय स्रोतको प्रतिवद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरु बीच ४ दिनसम्म प्रविधिक सत्रमा गहन छलफल हुनेछ।
सोही अवसरमा बैठकमा सहभागीहरुबाट विश्व वैंक समेतका सहयोगमा नेपालमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, उर्जा, जलवायु लगायतका क्षेत्रसंग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरुको समेत स्थलगत भ्रमण हुनेछ। नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्थाका बारेमा विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ।
दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैकको उक्त प्रकृतिको उच्च स्तरीय बैठकको तयारी सम्पन्न भएको छ। काठमाडौं स्थित होटल सोल्टीमा सञ्चालन हुने उक्त वैठकमा सहभागिताको लागि हालसम्म विभिन्न देश तथा विश्व बैकबाट करिब १५० जनाभन्दा बढीप्रतिनिधिहरु काठमाडौं आइपुगिसकेका छन भने आज रातीसम्म सबै प्रतिनिधिहरु आउने कार्यक्रम रहेको छ।
उक्त बैठकको आयोजनाबाट नेपालको बिकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई हुने, नेपालका विकास प्राथमिकतालाई आईडीए को नीति प्रथमिकता संग तादम्य गराउन अवसर मिल्ने, अन्तराष्ट्रिय स्तरमा पहिचान बढने, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढ्ने, पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमासमेत टेवा पुग्ने विश्वास लिइएको छ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा 'ब्रेक' लगाएर गलत रहेको टिप्पणी गरेका छन्। बुधबार (आज) काठमाडौंमा एक कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले यस्तो बताएका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा एमालेले 'ब्रेक' लगाइदियो, के भन्न चाहनुहुन्छ ? भनेर पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा दाहालले भने, 'त्यो ब्रेक लगाउनु गलत हो भन्न चाहन्छु म। किनकि, हामीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको उपाध्यक्ष बनाइसक्यौँ।'
त्यसो त भण्डारीले गत असार १४ गते पार्टीको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन्। एमाले उपाध्यक्ष पद त्यागेर दुई कार्यकाल राष्ट्रपति बनिसकेकी भण्डारीको राजनीतिक पुनरागमनमा एमाले बाधक बनेको छ। एमालेले उनको सङ्गठित सदस्यता नवीकरण नभइसकेको जनाएको छ।
पार्टी अध्यक्ष ताकिरहेकी भण्डारीका लागि एमालेको यो कदम चित्त बुझेको छैन। यसका बारेमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुरा त गरेकी छन् तर, अध्यक्ष तेहेरिने ध्याउन्नमा रहेका ओलीले भण्डारीलाई विधानमार्फत नै रोक्ने योजना बुनिरहेका छन्। यस्तो अवस्थामा ओली-विद्या निषेधकै राजीतिमा ओर्लिएका छन्। कुनै पनि हालतमा 'ब्याक गियर' नहान्ने सोचमा रहेकी भण्डारीले ओलीलाई गुटको राजनीति नगर्न चेतावनी नै दिएकी छन्।
ठीक यही बेला दाहालले एमालेले गलत गरिरहेको टिप्पणी गरेका हुन्। उता प्रमुख सत्ता साझेदार तथा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि पूर्वराष्ट्रपति सक्रिय पार्टी राजनीतिमा फर्किन नहुने पक्षमै छ। त्यससहितका अन्य दलहरूको कित्ता पनि यही छ। तर, संसद्मा प्रमुख प्रतिपक्षीको भूमिका रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले भने त्यसलाई गलत अर्थ्याएका छन्।
जसै माओवादीले पार्टी त्यागेर उपराष्ट्रपति बनेका नन्दबहादुर पुनलाई उपाध्यक्ष मनोनीत गरिसकेको छ। यसैले पनि माओवादी भण्डारी पनि सक्रिय राजनीतिमा फर्किऊन् भन्ने चाहन्छ। राष्ट्रपति वा उपराष्ट्रपति पुन: राजनीतिमा फर्किन नहुने कुनै कानूनी अड्चन नरहेको अर्थ्याउँदै माओवादीले यो विषय स्वयम् उनीहरूकै हातमा छोड्नुपर्ने बताउने गरेको छ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...