पर्यटक अभावमा सुनसान ठमेल
०६ असार २०८१
•
३ मिनेट पाठ
पर्यटक अभावमा सुनसान ठमेल
वसन्त (चैत, वैशाख, जेठ) ऋतु सकिएसँगै मुलुकमा विदेशी पर्यटकको चहलपहल सुस्ताएको छ। मार्च, अप्रिल र मेमा विदेशी पर्यटकले खचाखच भरिने ठमेल क्षेत्रका पसल तथा रेष्टुरेन्ट गृष्म ऋतु सुरु भएलगत्तै घटेको हो। पर्यटकको चहलपहल घटेसँगै मुख्य पर्यटकीय बजारमा हुने कारोबारमा पनि कमी आएको व्यवसायीहरूले बताउन थालेका छन्। 




ठमेलमा भेडाको उनबाट तयार गरिएका सामग्रीहरू बेच्ने व्यापारी शम्भु अधिकारीले पसलमा अबको दुई, अढाई महिनाजति खासै व्यापार नहुने बताए। ‘अब सिजन सकियो, खासै व्यापार हुँदैन्’, अधिकारीले भने, ‘हामी व्यापारीका लागि गृष्म ऋतु राम्रो होइन, पर्यटक नै हुँदैनन्, पर्यटक नभएपछि सामान बिक्दैन।’ विशेषगरी चीन, अष्ट्रेलिया, जर्मनी, अमेरिका लगायत मुलुकका पर्यटकले उनको पसलबाट सामान किन्ने गरेका छन्।

पर्यटन क्षेत्रमा वसन्त र शरद ऋतु पर्यटकीय सिजन मान्छन्। यी दुई सिजनमा विदेशी पर्यटकको आगमन उच्च हुन्छ। विदेशी पर्यटक धेरै आउने भएकाले यी सिजनमा पर्यटन क्षेत्रका व्यवसायीले उच्चतम लाभ लिन्छन् तर वसन्तपछिको गृष्म ऋतुमा पर्यटक नहुँदा ठमेलका व्यवसायीहरूले फुर्सद पाएका छन्।

ठमेलकै अर्का ‘ट्रेकिङ गियर’ बेच्ने व्यवसायी सविता बिडारीका अनुसार अहिले ट्रेकिङका सामान बेच्ने व्यवसायीले आउने ऋतुको लागि तयारी गरिरहेको बताइन्। उनले पर्यटक आउने आगामी ऋतुको लागि पसलमा के सामान राख्ने, कस्तो समान कताबाट ल्याउने भन्ने काममा लागेको बताइन्। ‘यो पर्यटकीय सिजन नै होइन, पसल कसरी चल्छ हौ ?’ उनले भनिन्, ‘गत वर्ष यो ऋतुमा भारतीय पर्यटकको अलि चहलपहल थियो, त्यो पनि यसपालि चीनले भारतीयलाई कैलाश जाने भिसा दिएन। अलिअलि हुने व्यापार पनि ठप्प भयो।’ यस पटक चीनले भारतीय पर्यटकलाई कैलाश पर्वत जाने भिसा नदिँदा पनि नेपालका पर्यटन व्यवसायीहरू थप मर्कामा परेको उनले बताइन्।

ठमेल र दरबारमार्ग क्षेत्र गत वैशाख १ गतेबाट २४ सै घण्टा खुला गरेको छ। डिस्को, क्लब, डान्सबार जस्ता मनोरञ्जनात्मक रात्रीकालीन व्यवसायहरू राती अबेरसम्म चलिरहेको छ। ठमेल क्षेत्रमा सुरक्षाको पूर्ण प्रत्याभूति गरी घरधनी, व्यवसायी, ठमेल पर्यटन विकास परिषद् सबैको सहमतिमा कानुनले निर्दिष्ट गरेको नीति तथा व्यवस्था अनुरूप व्यवस्थित र मर्यादित रूपले ठमेल कहिल्यै बन्द नहुने प्रबन्ध गरिएको छ। बजार २४ सै घण्टा खुल्ने भएपछि ठमेलका पर्यटन व्यवसायीहरूले व्यापारमा गत वर्षभन्दा केही राहत पाउने अपेक्षा गरेको भए पनि त्यसो नभएको बताउँछन्।  

हाल ठमेल क्षेत्रमा करिब  

१० हजारको संख्यामा पर्यटन व्यवसायीहरू रहेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए। ‘परिषद्को तथ्यांक अनुसार आठ हजारको हाराहरीमा व्यवसायीहरू भए पनि पूरा ठमेल क्षेत्रमा करिब १० हजार जति पर्यटन व्यवासायी छन्’, अध्यक्ष शर्माले भने, ‘विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकको चहलपहल छ।’ उनी भन्छन्, ‘कोभिड यता अहिले मुलुकको पर्यटन धान्न विदेशीले मात्र नभएर आन्तरिक पर्यटकले निकै सहयोग गरेको छ। पर्यटन व्यवसायीहरू बाँचेकै उनीहरूले गर्दा नै हो । त्यसैले ठमेलमा व्यावसायिक गतिविधि ठप्प छ भन्न अलि मिल्दैन।’

पर्यटकीय सिजनमा ठमेल क्षेत्रका व्यवसायीले दैनिक ४० करोड रूपैयाँ हाराहारीमा आर्थिक कारोबार गर्ने भए पनि अहिले २२ करोड रूपैयाँ हाराहरीको आर्थिक कारोबार मात्र गरिरहेको अध्यक्ष शर्माको दाबी छ। ‘ठमेलको व्यापार पूरै शून्य छैन तर ‘अफ सिजन’ भएकाले व्यापारमा गिरावट भने छ’, उनले भने, ‘केही समय लाग्ला तर ठमेलमा चहलपहल बढाएर पूरै सिजन चल्ने वातावरण विस्तारै निर्माण गर्दैछौं। त्यसपछि ठमेलको आर्थिक कारोबारमा स्थिरता कायम हुन्छ।’

पर्यटकीय सिजनमा दैनिक एकदेखि दुई लाख रूपैयाँसम्म कारोबार हुने गरेकोमा अहिले दैनिक २०/३० हजार रूपैयाँको मात्र कारोबार भइरहेको सैयद अजुले बताए। ठमेलमा पश्मिनाको व्यवसाय गर्ने अजुले विदेशी पर्यटक नभएसँगै व्यापार सुस्ताएको बताए। ‘ठमेलमा अहिले पर्यटक छैनन्, सबैतिर सुनसान छ।’ अजुले भने, अहिले काम छैन्, खाली जस्तै हो ।’ पूरै ठमेल सुनसान हुँदा व्यापारीहरू ग्राहक कुरेरै दिन बिताइरहेको उनले बताए।
अर्को समाचार
ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा सास्ती
१८ भदौ २०८१
•
४ मिनेट पाठ
ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा सास्ती
रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्नुहुन्न। छाँया सेन्टरको नजिकै बस्ने उहाँ निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो। कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ।




सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो। रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन्। बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको महर्जनले बताए।

ठमेलको रात्रिकालीन व्यवसायको सबैभन्दा ठूलो समस्या ध्वनि प्रदूषण रहेको स्थानीय बताउँछन्। रातमा होहल्ला गर्ने, होटल, क्लबले चर्को स्वरमा गीत सङ्गीत बजाउँदा ठमेल र आसपासका बासिन्दालाई असर परेको स्थानीय मर्हजनले सुनाए।

‘क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौँ, हालसम्म सुनुवाइ भएको छैन’, उनले भने, ‘प्रहरीमा कुरा पु¥याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ।’ स्थानीयको मात्रै नभई होटलमा बस्ने पाहुना तथा पर्यटकलेसमेत ठमेल व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आएका महर्जनले उल्लेख गरे।

होटलमा रातिको समयमा निदाउन नपाउँदा स्वास्थ्यमा समस्या देखिन थालेको पीडित पर्यटकले गुनासो सुनाउने गरेका पर्यटक व्यवसायी भविश्वर शर्माले बताए। ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहेका उनले २४सै घण्टा सञ्चालन गर्न बनाएको आचारसंहिता पालना नभएकाले यहाँका स्थानीय, पर्यटक र व्यवसायीलाई सास्ती हुने गरेको उनले जानकारी दिए।

‘ध्वनि प्रदूषण भयो भनेर पर्यटकहरुको गुनासो आउँछ’, शर्माले भन्नुभयो, ‘जथाभावी मादक पदार्थ सेवन गरेर सिसाका बोतल बाटोमै फाल्छन्। राति अबेरसम्म रमाइलोका नाममा चर्को स्वरमा गीत सङ्गीत बजाउँदा हामीलाई यहाँ रात काट्न सास्ती हुँदै आएको छ।’ सरोकार भएका निकायले कारबाहीको दायरामा ल्याउने कुनै पनि गतिविधि नगरेका उनले बताए।

शर्माका अनुसार ठमेल क्षेत्रमा ३६ हजार पर्यटकलाई बस्न र खानसक्ने क्षमताका होटल सञ्चालनमा छन्। कोभिडयता आन्तरिक र बाह्य पर्यटक बढ्दै गए पनि रात्रिकालीन पर्यटन व्यवसाय व्यवस्थित बनाउन नसकिएको उनले सुनाए।

ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष शर्माले आफ्नो कार्यकालमा जिल्ला सुरक्षा परिषद्, स्थानीय निकायसँग मिलेर प्रत्येक दुई महिनामा अनुगमन गर्दै आए पनि अहिले त्यस्तो निगरानी कम भएको जिकिर गरे।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरी प्रशासनले रात्रिकालीन ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित व्यवसायलाई सुरक्षा दिई स्थानीयलाई शान्ति दिनका लागि गुनासो सङ्कलन गरी समाधानको प्रयास गरिरहेको जानकारी दिए। ‘यस क्षेत्रमा शान्तिसुरुक्षाका हिसाबले सन्तोषजनक रहेको छ’, उनले भने।

अपराधजन्य क्रियाकलाप नभए पनि प्रहरीसमक्ष राति बोटोमा हिँड्नेले हल्ला गरे भनेर फोनमार्फत गुनासो आउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए। ‘सुरक्षाका दृष्टिले ठमेल र दरबारमार्ग वृत्तमा थप जनशक्ति खटाएका छौँ’, उनले भने, ‘ट्याक्सीले बढी रकम मागे भनेर ग्राहकबाट गुनासो आउने गर्छन्। यस्तो बेला हामी तुरुन्तै प्रहरीले ठगी गर्नेलाई खोजी कारबाही गर्दै आएका छौँ।’

परिषद्ले निर्धारण गरेको रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने, अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पु¥याउन तथा सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, सबै व्यवसायीको व्यापार मूल्यसूचीमा एकरुपता हुनुपर्ने, ग्राहकलाई भ्याटबिल दिनुपर्ने, रातिमा खोलिने व्यवसायीले शौचालयको व्यवस्था र सुरक्षा गार्ड अनिवार्य रुपमा राख्नुपर्ने, सबै व्यवसायी करको दायरामा आउनुपर्नेलगायत बुँदा रहेका छन्।

त्यस्तै कलाकारले मौलिकता, संस्कृति झल्किने किसिमका गायन तथा नृत्य प्रदर्शन गर्नुपर्ने उल्लेख छ। डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अश्लीलता प्रदर्शन नहुनेगरी स्वस्थ मनोरञ्जन दिँदै कलाकृति र संस्कृति झल्कने किसिमका देखाउनुपर्ने आचारसंहिता उल्लेख गरिएको छ।

ठमेल पर्यटन विकास परिषद्का महासचिव बद्री तिमल्सिनाले होटल व्यवसायी र सेवाग्राहीले आचारसंहिता आत्मसात् नगरेको बताए। परिषद्ले समयसमयमा अनुगमन गर्नुका साथै सुरक्षालाई कडाइ गर्न प्रहरी परिचालन गरिरहेको उनले जानकारी दिए। ‘आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गराउन अभ्यासरत छौँ। आचारसंहिता उल्लेख गरिएका बुँदाको पर्यन व्यवसायीले पालना गरी सहयोग गर्न अनुरोध गर्दछौँ’, उनले भने। मधु शाही/रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस