जलजला गाउँपालिकाले ल्यायो ५० करोडको बजेट
०७ असार २०८१
•
२ मिनेट पाठ
जलजला गाउँपालिकाले ल्यायो ५० करोडको बजेट
पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।




बुधवार पर्वतको बेनीमा आयोजित गाउँपालिका गाउँसभाको १७ औं गाउँ अधिवेशनमा ५० करोड ४ लाख १३ हजारको बजेट ल्याइएको हो।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यद्वारा नीति तथा कार्यक्रम, विधेयक र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित समेत भएको छ।

संघीय सरकार र प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमानित रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरिएको हो। संघीय सरकारको समानिकरण अनुदान ९ करोड ३८ लाख रुपैयाँ, संघीय सरकार राजश्व बाँडफाँड ८ करोड ३२ लाख रुपैयाँ, संघीय सरकार सशर्त अनुदान २४ करोड ४ लाख तीन हजार रुपैयाँ र समपुरक अनुदानतर्फ एक करोड ४५ लाख रुपैयाँ अनुमानित आय रहेको छ।

गण्डकी प्रदेश सरकार समानिकरण अनुदानतर्फ एक करोड १८ लाख २६ हजार रुपैयाँ, राजश्व बाँडफाँडतर्फ ६४ लाख ४६ हजार रुपैयाँ, समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ,विशेष अनुदानतर्फ ४० लाख रुपैयाँ रहेको छ। जलजलाले ४ करोड २ लाख ३८ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ।

चालु आर्थिक वर्षको चालुतर्फ ७२.४ र पुँजीगततर्फ ५८ं.३८ प्रतिशत तथा समग्रमा ६८.४२ प्रतिशत बजेट खर्च गरेको हो। आगामी वर्ष प्रशासनिक शिर्षकमा ९ करोड पचास लाख रुपैयाँ बिनियोजन भएको छ।

पुँजिगत शिर्षकमा सबैभन्दा धेरै गण्डकी गोपाल गौशालालाई २ करोड ९० लाख रुपैयाँ, लस्ती बास्बोट गौशाला सडकलाई १ करोड, शितभण्डार निर्माण तथा व्यवस्थापनका लागि १ करोड रुपैयाँ , कर्मचारी आवास, स्टोर र भैपरी विविध शिर्षकमा १ करोड ५० लाख रुपैयाँ, बेनी– भुर्तुला सडकलाई ३० लाख रुपैयाँ, सल्यान अम्लाए नाथिमारे सडकलाई २२ लाख रुपैयाँ बिनियोजन भएको छ।

युवा तथा खेलकुदमा १ करोड ४२ लाख  तीस हजार रुपैयाँ, वडा विकास कार्यक्रमलाई ५२ लाख, स्वास्थ्यलाई ४६ लाख ३० हजार, पशु सेवामा ४० लाख, कृषि तथा सहकारीमा ६२ लाख, २५ हजार, चिस्यानगृह निर्माण तथा सञ्चालन गर्न  ६० लाख बिनियोजन भएको छ। ९ वटा वडा कार्यालयहरुले सिफारिस गरेका योजनाहरुका लागि ४ करोड ७० लाख बिनियोजन भएको छ।

गाउँपालिका अध्यक्ष आचार्यले विपद् व्यवस्थापन,शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा भौतिक पुर्वाधार निर्माण, सडक, सिँचाई, भवन, लघु उद्यम, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिए।

गाउँसभामा जलजला गाउँपालिका आर्थिक विद्येयक २०८१, जलजला गाउँपालिका विनियोजन विद्येयक २०८१, सुशासन समिति गठन तथा सञ्चालन विद्येयक २०८१ र समिति गठन तथा सञ्चालन विद्येयक २०८१ सर्वसम्मत रुपमा पारित भएको छ। गाउँसभाको अवसरमा जलजला गाउँपालिकाको लोगो पनि सार्वजनिक गरिएको छ। 
अर्को समाचार
निर्धारित मितिभन्दा सात महिनाअगावै मोटरेबल पुल सञ्चालन
२३ मंसिर २०८१
•
२ मिनेट पाठ
निर्धारित मितिभन्दा सात महिनाअगावै मोटरेबल पुल सञ्चालन
मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ। गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरेका हुन्। डिमुवा–राम्जा चित्रे सडकखण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिनाअगावै गत भदौमा सम्पन्न भएको थियो।  




पुल उद्घाटन गर्दै मन्त्री केसीले थुप्रै विकास निर्माणका कार्यक्रम अलपत्र परिरहेका बेला निर्धारित समयअगावै सम्पन्न गरेकामा निर्माण व्यावसायीको प्रशंसा गरेका छन्। मुलुकको विकास र समृद्धिका लागि सञ्चालित योजना समयमा नै सम्पन्न हुनुपर्ने उनको भनाइ छ। आफू मन्त्री भएपछि पहिलो समाचार सोही पुल निर्माण सम्पन्न भएको सुनेको बताउँदै दिगो र गुणस्तरीय विकास आफ्नो मुख्य प्राथमिकता रहेकोमा उनले जोड दिए।  

चालु आर्थिक वर्षमा पनि धेरै मोटरेबल पुल र सडक निर्माणका चरणमा रहेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने उनले विश्वास दिलाएका छन्। पुल निर्माणसँगै लामो समयदेखि नागरिकले पाउँदै आएको सास्ती हटेको छ।  

१८ महिनामा निर्माण सम्पन्न गर्नेगरी २०८० असोज २२ गते सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। मोदी गाउँपालिका–६ र ८ को सिमानामा रहेको लिदिखोलामा सिङ्गल स्पानको १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो। दुई करोड ५३ लाख रुपैयाँ लागतमा निर्मित  पुल कस्तुरी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो, जसको भारबहन क्षमता ७० टन रहेको छ।  

अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीबाट सहज वातावरण निर्माण भएकाले निर्धारित समयभन्दा छ महिनाअगावै पुल सम्पन्न गर्न सफल भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिए।  

यो पुल निर्माणपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं. ८ चित्रे तथा कुश्मा नगरपालिका वडा नं. ११ पकुवा र वडा नं. १४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन्। पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए।  

विगत वर्षहरूमा वर्षायाममा खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहज रूपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ। स्थानीय सडक पुल कार्यक्रम एलआरविपी र प्रादेशिक सडक पुल सहयोग एकाइ पिआरवी एसयुको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो। पुल उद्घाटनका क्रममा जग्गादाता तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो। रासस
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस