ललितपुर महानगर पालिकाले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ।
सवारीसाधन सञ्चालन गर्न मिल्ने उक्त पक्की पुलको महानगर प्रमुख चिरी बाबु महर्जनले शनिबार उद्घाटन गरे।निर्धारित समय अघि नै पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीलाई उनले धन्यवाद दिए। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि १८ महिनामा नै पुल निर्माण सम्पन्न भएको हो।
पुल पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै यो पुलले सुना कोठी, बुङमतीका बासिन्दालाई प्रत्यक्ष लाभ हुने बताए । नगर प्रमुख महर्जनले २०३८ सालमा लेले टिकाभैरबमा आएको बाढीले अहिले पुल बनेको ठाउँ जलमग्न भएको स्मरण गर्दै भने, ‘त्यस्तै किसिमको विपद् आइहाले पनि धान्न सक्ने गरी पुल बनाएका छौँ। ’
महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट सुना कोठी र बुडमति बासीलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै अप्रत्यक्ष लाभ महानगरबासी सबैलाई हुने प्रस्ट पारिन। यो पुलले आर्थिक सामाजिक रुपमा स्थानीयलाई समृद्ध बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा वडा नं २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नं २६ का अध्यक्ष सुरेश महर्जन र वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणाम स्वरूप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताए । वडा अध्यक्षहरूले कम्पनीको लगनशीलता र इमानदारीप्रति आभार व्यक्त गरे। महानगरका इन्जिनियर प्रदीप पौडेलले पुललाई बलियो बनाउन प्राविधिक रुपमा गरेका काम बारे जानकारी दिए। पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा यो पुल निर्माण सम्पन्न भएको हो।
अन्य दुई पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा
ललितपुर महानगरले आफ्नै लगानीमा निर्माण सुरु गरेको अन्य दुई वटा पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । रानीबँ,कुसुन्ती वडा नं १३ र भैसीँपाटी वडा नंं २५ जोड्नेछ । त्यसैगरी वडा नं १४ स्थित नखिपोटमा बनेको पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको हो।
ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले यी पुल प्रयोगमा आउन थालेपछि नगरबासीलाई धेरै सजिलो हुने बताए । उनले भने,‘ यी पुल दुरी छोट्याउने, सम्बन्ध बढाउने पुल हुन्।’ नगर प्रमुख महर्जनले पुल प्रयोगमा आउन थालेपछि ट्राफिक जामको समस्या समेत कम हुने बताए। उनले भने, ‘पुल भएपछि मुख्य बाटोको विकल्प समेत तयार हुन्छ। ’ महानगरका इन्जिनियर प्रदीप पौडेलले अबको ६ महिनाभित्र अन्य दुई वटा पुल पनि बनिसक्ने बताए। उनले भने, ‘दुई वर्षभित्र तीन वटा पुल निर्माण सम्पन्न हुनेछन् , यो महानगरको लागि ठुलो उपलब्धि हो।
सुना कोठी र बङुमती जोड्ने पुलको लम्बाई १५ मिटर र चौडाइ ११ मिटर रहेको छ। यो पुलका लागि करिब ५ करोड बजेट छुट्याइएको छ। महानगरले पक्की पुल बनाउने आफू पहिलो स्थानीय तह भएको दाबी गरेको छ ।
कुसुन्ती रानीबँ र भैसीँपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाइ १४ मिटर रहेको छ। यो पुल निर्माणका लागि दुई करोड ५४ लाख बजेट विनियोजन गरिएको छ।नखिपाट र भैसीँपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाइ १४ मिटर रहेको छ भने करिब ४ करोड बजेट छुट्याइएको छ।
ललितपुर महानगरले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा गरिदिएको छ।
महानगरपालिकाले बुधबार स्वास्थ्य बिमा बोर्डसँग स्वास्थ्य बिमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत रु एक करोड भुक्तानीसमेत गरिएको जनाएको छ।
समझदारीपत्रमा महानगरप्रमुख चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार महानगरले नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को स्वास्थ्य बिमाबापतको शतप्रतिशत प्रिमियम महानगरले तिर्ने छ।
महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षअघिदेखि सुरु गरेको थियो।
महानगरप्रमुख चिरीबाबु महर्जनले महानगरवासीको स्वास्थ्य उपचारका लागि हरसम्भव प्रयास गरिएको बताए। 'हामीले पाटन अस्पतालसँग सहकार्य गरेर बिरामीको शय्यासम्म अक्सिजन व्यवस्थापनका लागि सहज बनाएका छौँ, लास व्यवस्थापन गर्न ‘मर्चरी हाउस’को व्यवस्थापनका लागि सुविधा प्रदान गरेका छौँ। यो देशकै नमूना भएको छ, स्वास्थ्य क्षेत्रमा विषयविज्ञ चिकित्सकको अभाव र लापरबाही हुनुहुँदैन, यसमा हामी यसमा सचेत छौँ,' उनले भने।
महानगरप्रमुख महर्जनले स्वास्थ्य बिमाको उपचारका लागि स्वास्थ्य केन्द्रको व्यवस्थापन गरिएको र २१० जनाको क्षमता भएको ठाउँमा ३०० भन्दा बढीले दैनिक सेवा लिन आउने गरेको बताए। 'स्वास्थ्य बिमा बोर्डसँग गरेको यो सम्झौताले थप दायित्व सृजना गरेको छ। मुलुकको पायोनियर अस्पतालसँग समन्वय गरेर केही हदसम्म काम गरेका छौँ, भविष्यमा पनि राम्रो काममा सहकार्य गर्नेछौँ,' उनले भने।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले महानगरबाट राम्रो कामको थालनी भएको बताए। 'अरू ७५२ स्थानीय तहले पनि यसबाट सिक्नुपर्ने हुन्छ, ललितपुरले छुट्टै छवि कायम गरेको छ। विगत केही वर्षदेखिको कार्यसम्पादनले आफ्नो भूमिकालाई बलियो रुपमा स्थापित गरेको छ,' उनले भने, 'स्वास्थ्य बिमामा नसक्ने भुइँ तहमा रहेका लाखौँ नागरिक जोडिएका छन्, यसलाई राज्यले चाहेर पनि खोस्न सक्दैन। स्वास्थ्य बिमा ७५३ पालिका र सात प्रदेशका बेसहाराहरूको साहारा बन्दै गएको छ। नागरिकको बिमा गराउने नमूना काममा ललितपुर महानगर लागेकामा खुसी छौँ।'
पाटन अस्पतालका निर्देशक रवि शाक्यले ललितपुर महानगरको सहयोगमा देशकै आधुनिक शव व्यवस्थापन गृह व्यवस्थापन गरिएको र यसमा स्वास्थ्य बिमामा पनि महानगरले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...