वन्यजन्तुबाट पीडित चार सय ५७ किसानलाई क्षतिपूर्ति
१४ साउन २०८१
•
२ मिनेट पाठ
वन्यजन्तुबाट पीडित चार सय ५७ किसानलाई क्षतिपूर्ति
बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ।




गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार सय ५७ किसानलाई रु ३० लाख १८ हजार चार सय १० क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए।

उनका अनुसार एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितुवा आक्रमणबाट सामान्य घाइते भएका दुई सर्वसाधारणलाई रु एक लाख २३ हजार आठ सय १० क्षतिपूर्तिबापत उपलब्ध गराइएको छ।

यसैगरी, पशुधन क्षतिका एक सय ८१ घटनामा रु १८ लाख २५ हजार तीन सय र अन्नबाली क्षतिका दुई सय ७२ घटनामा रु १० लाख ६९ हजार तीन सय क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताए।

बाँके राष्ट्रिय निकुञ्जले अघिल्लो आर्थिक वर्षमा तीन सय ६४ वन्यजन्तुबाट पीडित सर्वसाधारणलाई क्षतिपूर्ति प्रदान गरेको थियो। चितुवाको आक्रमणबाट तीन सख्त घाइते र एक सामान्य घाइतेलाई रु चार लाख ८९ हजार, पशुधन क्षतिका ६८ घटनामा रु छ लाख ९६ हजार चार सय ५० र अन्नबाली क्षतिका दुई सय ९२ घटनामा रु १२ लाख ४१ हजार दुई सय ५० क्षतिपूर्ति वितरण गरिएको थियो।

वन्यजन्तु अपराधसम्बन्धी सात मुद्दा दर्ता  

बाँके राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०८०र८१ मा वन्यजन्तुको चोरी–सिकारी तथा अपराधसम्बन्धी विभिन्न सात थान मुद्दा दर्ता गरेको छ। सात मुद्दामध्ये छ थान बाँके राष्ट्रिय निकुञ्ज र एक बाँके जिल्ला अदालतमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार दर्ता गरिएको निकुञ्जका रेञ्जर बिनिता केसीले जानकारी दइन्।

उनका अनुसार गत आर्थिक वर्षमा संरक्षित जनावर चौखाको चोरी–सिकारीमा संलग्न एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता गरिएको छ भने सवारी साधनको ठक्करबाट मृत्यु भएका पाँच र चित्तल सिकारीको एक गरी छ मुद्दा निकुञ्जमै दर्ता भएका छन्।

“राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित जनावरको चोरी–सिकारीको मुद्दा अदालतमा दर्ता गर्छौं, अन्य जनावरको मुद्दा निकुञ्जमै दर्ता गरेर अनुसन्धान र फैसला हुने गर्दछ”, निकुञ्जका रेञ्जर केसीले भनिन्, “गत आर्थिक वर्षका सातवटा मुद्दा अनुसन्धानका क्रममा रहेका छन्, अझै फैसला भइसकेको छैन।”

गत आर्थिक वर्ष सवारी साधनसँग ठोक्किएर एक रतुवा र चार चित्तलको मृत्यु भएको तथा एक चित्तल चोरी–सिकारीको मुद्दा निकुञ्जमा दर्ता भएको छ। यसैगरी, संरक्षित जनावर चौखा चोरी–सिकारीको एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता भएको छ। रासस
अर्को समाचार
वन्यजन्तुबाट कृषिबाली नष्ट गर्नेक्रम बढ्दै, किसानलाई क्षतिपूर्ति प्राप्त गर्न झन्झट
०३ भदौ २०८१
•
३ मिनेट पाठ
वन्यजन्तुबाट कृषिबाली नष्ट गर्नेक्रम बढ्दै, किसानलाई क्षतिपूर्ति प्राप्त गर्न झन्झट
वन्यजन्तुका कारण काभ्रेपलाञ्चोकका चार सय ५७ किसानको बालीमा क्षति पुगेको छ। एक वर्षको अवधिमा जिल्लाका १३ स्थानीय तहमध्ये सात तहका किसान वन्यजन्तुबाट पीडित बनेको तथ्याङ्कले देखाएको छ।




यहाँका किसानले पछिल्ला केही वर्षदेखि बँदेल, चितुवा, बाँदरलगायत वन्यजन्तुबाट क्षति व्यहोर्दे आएका छन्। वन्यजन्तुबाट गत आर्थिक वर्ष २०८०/८१  मा मात्र उक्त सङ्ख्याका किसानको मकैबाली नष्ट भएको छ। डिभिजन वन कार्यालय धुलिखेलका अनुसार चितुवाका कारण २२ किसानको पशुधन ९बाख्रा, बोका०मा क्षति पुगेको थियो। बेथानचोक गाउँपालिकामा सबैभन्दा बढी दुई सय ७०, पनौती नगरमा एक सय १७, भुम्लुमा १४, पाँचखाल नगरमा १२, नमोबुद्ध नगरमा ३१, चौँरीदेउरालीमा छ र धुलिखेल नगरमा सात किसानको मकैबालीमा क्षति पुगेकोे कार्यालयले जनाएको छ।

बर्सेनि जिल्लामा वन्यजन्तुको आक्रमणबाट कृषिबाली नष्ट हुने क्रम बढिरहँदा किसानले क्षतिपूर्ति प्राप्त गर्न थप झन्झट झेल्नुपर्ने बाध्यता रहेको पाइएको छ। विगतका वर्षमा शिवपुरी राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तुबीचको द्वन्द्वका क्रममा मानवीय, अन्नबाली र पशुधनमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउँदै आए पनि गत आवमा प्रदेशस्थित वन निर्देशनालयले राहत उपलब्ध गराउने निर्णय गरे पनि हालसम्म राहत रकम उपलब्ध हुन नसकेको हो। कार्यालयले राहत रकम प्राप्त गर्न बैंक खाता नम्बर र प्यान नम्बर माग गरेका कारण किसानले समयमै नै राहत पाउन नसकेका हुन्।

यस्तै किसानले समयमै उचित क्षतिपूर्ति नपाउँदा थप पीडित बन्नुपरेको छ। प्रदेश वन निर्देशनालयले हाल किसानको प्यान नम्बर र बैंक खाता नम्बर माग गरेका कारण राहत वितरणमा ढिलाइ भएको डिभिजन वन कार्यालयका अधिकृत न्हुन्छेमान श्रेष्ठले बताए।  

उनका अनुसार प्यान नम्बर र बैंक खाता नम्बर नमिल्दा आव २०७९/८० मा अन्नबाली, पशुधनमा क्षति पुगेका एक सय ५० किसानलाई  राहत रकम वितरण गर्न सकिएको छैन। कार्यालयका अनुसार आव २०७९/८० मा ३५ पशुधन क्षतिवापत रु सात लाख ६० हजार पाँच सय, एक मानवीय क्षति ९घाइते०लाई रु ६६ हजार आठ सय तथा तीन सय ४९ किसानको अन्नबाली क्षतिवापत रु ३४ लाख ९० हजार गरी रु ४३ लाख १७ हजार तीन सय राहत रकम उपलब्ध गराइएको थियो।

चालु आवमा भुम्लु गाउँपालिका–९ मा जङ्गली जनावरले मकैबारीमा लगाइएको बालीमा क्षति पुर्याएपछि स्थानीय आफ्नो बालीको क्षतिको विवरणसहित वडा कार्यालय धाउन थालेका छन्। वन्यजन्तुले बालीमा क्षति पुर्याएसँगै मानिसलाई पनि खतरा हुँदै गएको स्थानीयले वडालाई जानकारी गराइसकेका छन्। वडाध्यक्ष दलबहादुर तामाङले मान्छेकै ज्यान खतरामा हुन थालिसकेको बताए। 'विशेषगरी साँझ–बिहान स्यालको आतङ्कले एक्लै हिँड्न गाह्रो हुँदै गएको छ', उनले भने। उनका अनुसार हाल बाँदर, स्याल, दुम्सी र बँदेलबाट समस्या सिर्जित भएको हो।

हाल बारीमा मकै फलिरहेकाले कोशीपूर्वस्थित भुम्लु र चौँरीदेउराली गाउँपालिकास्थित बाँदरको धेरै आतङ्क बढिरहेको छ। स्याल पनि पछिल्लो समय बढिरहेकाले कसरी समस्याको समाधान गर्ने भन्नेमा चिन्तित बनेको तामाङले बताए।

उनले भने, 'निवेदनउपर गाउँपालिकाको विपद् व्यवस्थापन समितिमार्फत अनुगमन गरेर क्षतिपूर्ति दिने प्रक्रिया बढाउँछौँ।' उनका अनुसार साउनमा सात किसान वन्यजन्तुबाट बालीमा क्षति पुगेको जनाउँदै आधा दर्जन निवेदन आएका छन्।

वन कार्यालयका अनुसार बितेको १४ वर्षमा काभ्रेपलाञ्चोकमा जङ्गली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र आधा दर्जन घाइते भएका छन्। कार्यालयमार्फत मानव मृत्यु तथा घाइते तथा वर्षैपिच्छे अन्नबाली क्षति, घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति निर्देशिकाअनुसार दिँदै आइएको छ। सरकारको प्रावधानअनुसार मृतकका प्रतिपरिवारलाई रु १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिइन्छ। 
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५६ सेकेन्ड अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस