अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै
१८ साउन २०८१
•
३ मिनेट पाठ
अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै
जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन्। अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन्।




गत वर्ष प्रतिमन (४० किलो) रु ८० हजारमा बिक्री भएको अलैँची यस वर्षको सुरुमा रु ८५ हजार प्रतिमन खरिदबिक्री भइरहेको छ। यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन् । समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनाका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताए।

'अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्छ। त्यो समयमा पानी नपरेकाले बोट मासिएका छन्। पानी नपरेपछि पुराना उत्पादन दिने कतिपय स्थानका बोटसमेत मरेका छन्', उनले भने। यसअघि प्रशस्त उत्पादन दिएका बोट यस वर्ष सुक्खाका कारण मरेका उनले बताए। मूल्य बढी भएकै कारण अलैँचीलाई खोल्सीको कालो सुन भन्ने गरिन्छ। अलैँची टिप्ने ‘सिजन’ सुरु हुनै लाग्दा मूल्य राम्रो हुँदा किसान खुसी भए पनि उत्पादन घट्ने चिन्ता लागेको किसानको भनाइ छ।

समयमा पानी नपरेको, जुर्जुरे, स्याङ्लेलगायत रोगको सङ्क्रमणले बोट मासिँदै गएका अलैँची व्यवसायी महासङ्घले जनाएको छ। सुक्खायाम भएकाले अलैँचीका बोट सुक्दै गएर अहिले मासिन थालेका किसान बताउँछन्। मूल्य बढेपछि अहिले जिल्लाका विभिन्न स्थानमा नयाँ बिरुवा लगाउने काम भइरहेको महासङ्घले जनाएको छ। अलैँची विकास केन्द्र फिक्कलले बिरुवा उत्पादन गरी प्रतिबिरुवा रु पाँचका दरले बिक्री भइरहेको जनाएको छ। किसानले उत्पादन गरेका बिरुवा प्रतिगोटा रु १० मा बिक्री हुँदै आएको छ।

किसान पोख्रेलका अनुसार अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ। जिल्लामा रामसाई, गोल्साई, चिबे, सलकपुर, भार्लाङलगायत स्थानमा अलैँचीखेती हुन्छ। सलकपुर जातको अलैँची चाँडो र बढी उत्पादन हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको उनले बताए।  'अन्य जातका बिरुवा बढी समयसम्म टिक्ने हुन्छन्। सलकपुरको टिकाउ भने कम हुन्छ', उनले भने।

वर्षामा सलकपुरको बिरुवा लगाइन्छ। अलैँचीको दलबाट र झाङ फुटाएर बिरुवा उत्पादन गरिन्छ। झाङ फुटाएर लगाइएको बिरुवाले दुई वर्षदेखि उत्पादन दिन्छ भने दलबाट लगाएको बिरुवाले चार वर्षदेखि उत्पादन दिन थाल्छ। नेपालको पूर्वी पहाडी क्षेत्र अलैँची उत्पादन गर्न उपयुक्त मानिन्छ। इलामसहित सङ्खुवासभा, पाँचथर, धनकुटा र भोजपुर अलैँची उत्पादनका लागि उर्भर भूमि मानिन्छ। अलैँची ४३ जिल्लाका १८ हजार पाँच सय हेक्टरमा खेती गरिएकामा यसको क्षेत्र विस्तार गरेर ५३ जिल्लामा पु¥याइएको अलैँची व्यवसायी महासङ्घले जनाएको छ।

नेपालका लागि अलैँचीको मुख्य बजार भारत हो । यसको खपत भारत, पाकिस्तान, बङ्गलादेशका साथै युरोपियन देशहरुमा हुने गरेको महासङ्घको भनाइ छ। हाल रु ८५ हजार प्रतिमनमा अलैँची खरिदबिक्री भइरहेको इलाम बजारका अलैँची व्यापारी प्रकाश अग्रवालले बताए। यस वर्ष अलैँचीको मूल्य बढेर रु एक लाख नाघ्ने अनुमान गरिएको उनको भनाइ छ।

पूर्वी क्षेत्रमा उत्पादन भएको अलैँची झापाको कांकरभित्ता हुँदै बाहिर निकासा हुने गरेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ५० लाख १८ हजार तीन सय ३५ किलो अलैँची निर्यात हुँदा रु सात अर्ब ९४ करोड नौ लाख ६४ हजार बराबरको करोबार भएको थियो। आव २०७९/८० मा रु आठ अर्ब २७ करोड ६८ लाख बराबरको ९९ लाख ९१ हजार एक सय ४९ किलो अलैँची निर्यात गरेको थियो।रासस
अर्को समाचार
अलैँची प्रतिमन लाख रुपैयाँ नजिक !
२२ कार्तिक २०८१
•
४ मिनेट पाठ
अलैँची प्रतिमन लाख रुपैयाँ नजिक !
<br>
‘खोल्सीको सुन’ उपनामले परिचित नगदे बाली अलैँचीको मुख्य सिजनमा भाउ राम्रो आएपछि किसान उत्साहित छन्।उत्पादन राम्रो, सिजनमै भाउ पनि उच्च हुँदा किसान अलैँचीबाट राम्रो आम्दानी लिने तयारीमा छन्। 




अहिले इलामका बजारमा अलैँचीको भाउ प्रतिमन (४० किलो) ९२ हजारदेखि ९८ हजार रुपैयाँसम्म छ । इलाम उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले पुच्छर काटेको ठुलो दानालाई गुणस्तरीय मान्ने गरिएको बताए। ‘अचेल अलैँचीको गुणस्तर हेरेर मूल्य दिन थालिएको छ,’ उनले भने, ‘राम्रो अलैँचीको राम्रो भाउ छ।’ 

उनले २०७९ सालमा प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको अलैँचीको अहिले भाउ ०८० सालमा ६० हजार थियो। ‘हुन त १० वर्षअघि नै अलैँचीको मूल्य प्रतिमन लाख रुपैयाँ नाघेकामा केही वर्ष निकै घटेको थियो,’ उनले भने, ‘अहिले फेरि भाउ आएपछि किसान उत्साही छन्।’ अलैँची व्यवसायी संघ समेतमा आबद्ध व्यापारी पौडेलले अलैँची खेतीको क्षेत्र बढेको तर उत्पादकत्व घट पनि किसानले पाउने मूल्य राम्रो रहेको जनाए।

अहिले अलैँची निकासी गर्न पनि कुनै समस्या नभएको उनको भनाइ छ। ‘अहिले भारत र तेस्रो मुलुकसम्म यहाँको अलैँची गइरहेको छ,’ उनले भने, ‘विगतमा देखिने गरेका अनेक झन्झट पनि अहिले चाहिँ छैनन् ।’

बिब्ल्याँटे बजार जिल्लाको अलैँची व्यापार हुने मुख्य बजार हो । मंगलबारे, फिक्कल, मानेभञ्ज्याङ लगायत बजारबाट पनि अलैँची निकासी हुन्छ। इलाममा मात्रै बर्सेनि तीन अर्बभन्दा बढीको अलैँची कारोबार हुने व्यापारीको अनुमान छ । तर, यकिन तथ्याङ्क भेटिँदैन।

दशकअघि फलको भाउ उच्च हुँदा किसानले अरू सबैजसो बाली मासेर अलैँची लगाएका थिए। पुरानो अलैँची मासिए पनि नयाँ जातका अलैँची लगाएर किसानले बारी ढकाए। तर, भाउ घट्यो भने अलैँचीसमेत मासिँदैगय । तर, फेरि भाउ उच्च भएपछि किसान अलैँची खेतीमा जाँगर चलाउँदछन्।

माइमझुवाका किसान गिरिराज खनालले अहिले ४५ रोपनीमा अलैँची खेती गरेका छन्। उनले आफ्नो बगानमा गत वर्षभन्दा दोब्बर अलैँची अहिले फलेको बताए।अलैँचीको भाउले आफूजस्ता युवालाई गाउँमै केही गर्न सकिन्छ भन्ने आशा जगाएको उनी बताउँछन् । ‘अलैँचीको भाउ अहिले निकै राम्रो छ,’ उनले भने, ‘यस्तै भाउ कायम रह्यो भने धेरै युवाले गाउँघरै बसेर उद्यम गर्छन्, हामी उत्साही छौँ।’ 

करिब १० वर्ष वैदेशिक रोजगारीमा बसेर फर्केपछि २०७४ सालको स्थानीय तह निर्वाचनमा खनाल सन्दकपुर गाउँपालिका २ को वडाध्यक्षसमेत भएका थिए। उनी केही साता अघिसम्म एक राजनीतिक दलको पालिका अध्यक्षसमेत भए। तर, खेती–किसानीमा अरू युवालाई पनि प्रोत्साहन गर्न आफू लागिपरेको खनाल बताउँछन्। 

‘अहिलेको अलैँची पहिलाको जस्तो एक चोटि रोपेपछि दशकौँ आम्दानी दिइरहने खालको छैन,’ उनले भने, ‘केही वर्षमा बोट परिवर्तन गर्दै नयाँ बिरुवा लगाइरहनुपर्छ।’ खनालले अलैँची बिरुवा इलाम मात्र नभई पूर्वी पहाडका विभिन्न जिल्लामा समेत विक्री गरेका छन्। उनले अलैँची सुकाउने आधुनिक भट्टीसमेत सञ्चालन गरे। नियमित रूपमा दुई जना र सिजनमा केही साता करिब पाँच सय जनालाई आफूले रोजगारीसमेत दिइरहेको खनालले सुनाए । 

एक पटक रोपेपछि दशकौँसम्म फलिरहने स्थानीय जातको अलैँचीले केही वर्षअघि देशकै अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको थियो। तर, रोग–कीरा सङ्क्रमणले ९० प्रतिशतभन्दा बढी अलैँची सखाप भएपछि किसानको बगान करिब आधा दशक उजाड नै रहे। किसानले पुनः भारतबाट भित्रिएको नयाँ जातको अलैँची लगाए।

जिल्लाको जिर्मले गाउँमा पहिलो पटक रोपिएको नयाँ अलैँचीले इलाम मात्र होइन, अन्य जिल्लासमेत पिट्यो। किसानले मकै बारी, तरकारी बारी सबै मासेर अलैँची लगाए। जिर्मलेमा यसको बिरुवा बढी पाइने भएकाले यसको नाम नै ‘जिर्मले’ राखियो। तर, जिर्मलेमा अलि बढी समय टिकिरहेको यही अलैँची अन्य स्थानमा चाहिँ भरपर्दो हुन सकेको छै। 

सुरुमा अलैँची फस्टाएपछि किसानले अलैँची सहकारी नै गठन गरेका थिए। सहकारी गठन गरेपछि उनीहरूले विभिन्न निकायबाट प्राविधिक सहयोगसमेत लिएका थिए। माइमझुवा गाउँमा २०६८असोजमा नेपालमै पहिलो पटक अलैँची सहकारी गठन भएको थियो। सहकारीले किसानका लागि नयाँ जातका अलैँची बिरुवा वितरण पनि ग¥यो।अलैँची खेतीको प्राविधिक पक्ष हेरिरहेको फिक्कलस्थित अलैँची विकास केन्द्रका अनुसार हावापानी र उचाइ नमिलेकाले नयाँ जातको अलैँची मासिएको जनाएको छ। 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची निकासी हुन्छ। चालु वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो। आव २०८०/०८१ यो अवधिमा एक हजार पाँच सय २५.९६ मेट्रिक टन अलैँची यहाँबाट निर्यात भएको भन्सारको तथ्याङ्क छ। 

अलैँची देशका ४२ जिल्लामा उत्पादन हुने गरेको छ। नेपाल सबैभन्दा बढी अलैँची उत्पादन गर्ने देश हो। कुल उत्पादनको ९४ प्रतिशत पूर्वी पहाडका सात जिल्ला (इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, धनकुटा, तेह्रथुम र भोजपुर)मा हुन्छ।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस