शेयर बजारको उत्साह कायम रहला ?
२३ साउन २०८१
•
६ मिनेट पाठ
शेयर बजारको उत्साह कायम रहला ?
शेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैङ्क–वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले ओगटेको थिए । बैङ्क–इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामूलक क्षेत्रको शेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्जको (नेप्से) तथ्याङ्क छ । खासगरी शेयर बजारमा जलविद्युत् कम्पनीहरुको उपस्थिति बढिरहँदा बैङ्कहरुको हिस्सा घटेको देखिन्छ ।




पछिल्ला वर्षहरुमा जलविद्युत्सहित अरू उत्पादनमूलक कम्पनीहरुले पनि सर्वसाधारणलाई शेयर जारी गरेर पैसा सङ्कलन गरिरहेका छन् । त्यसकारण पनि पुँजी बजारमा बैङ्क–बीमा क्षेत्रको प्रभुत्व घटिरहेको छ । बैङ्क–बीमा क्षेत्रमा केही वर्षयतादेखि चलेको मर्जर तथा प्राप्तिको अभियानले पनि सङ्ख्या घटाउन काम गरेको छ । खासगरी शेयरको दोस्रो बजारमा कुनै एउटा समूहको मात्रै प्रभुत्व रहँदा जोखिम हुने बुझाइ छ । त्यसमा वास्तविक क्षेत्र भनेर बुझिने जलविद्युत् जस्तो उत्पादनमूलक क्षेत्रको प्रवेश बढिरहनु शुभसङ्केत नै हो । किनकि नेपालको अर्थतन्त्रमा सबैभन्दा सम्भावनाको क्षेत्र भनेको पर्यटन र ऊर्जा क्षेत्र नै हो । हामीले यस क्षेत्रको विकास विस्तारबाट अपार लाभ लिन सक्ने सम्भावना छन् ।

पछिल्ला समय नेप्सेमा पर्यटन, सिमेन्ट, कृषिलगायत क्षेत्रको पनि प्रवेश बढिरहेको छ । यद्यपि हाल नेप्सेमा १२ वटा समूहगत परिसूचक मापन गर्ने गरिएको छ । वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी, बीमा कम्पनी, म्युचुअल फन्ड, होटल, उत्पादन तथा प्रशोधन, व्यापार, जलविद्युत् र अन्य समूहका परिसूचकहरुलाई नेप्सेले गणना गर्छ ।

यसरी शेयर बजारमा क्रमशः क्षेत्रगत विविधता बढिरहेको देखिन्छ । यसले शेयर बजारमा लगानीको आकर्षण र उपस्थिति समेत बढाएको छ । विगतमा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, रुस–युक्रेनबीच चलेको युद्धको विश्वव्यापी प्रभाव र विश्वव्यापी रुपमा आर्थिक क्षेत्रमा देखिएको मन्दी तथा असन्तुलनले नेपालको शेयर बजारमा पनि ठूलो असर परेको हो । आर्थिक असन्तुलन, सरकारको पुँजीगत खर्चको दयनीय अवस्था, तरलता सङ्कटको कारण बढेको ब्याजदर र शेयर बजारप्रति नेपाल राष्ट्र बैकको कसिलो नीतिका कारण विगतमा बजार घटेको हो । एक हजार आठ सय अङ्कबाट पनि तल झरिसकेको नेप्से परिसूचकाङ्क अहिले भने हालै आएको आव २०८१/८२ को मौद्रिक नीतिले बजार दुई हजार आठ सय अङ्कको छेउछाउ आइसकेको छ । अब क्रमशः शेयर बजार उकालो लाग्ने धेरै आधार तय भएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको नीति कार्यक्रममा पनि शेयर बजारको संरचनागत सुधार गर्ने, कसिलो नीतिहरुमा पुनःविचार गर्दै गैरआवासीय नेपालीलाई पनि शेयर बजारमा प्रवेश गराउने र पुँजी बजारको भरपर्दो विकास गर्ने नीति लिएको छ। त्यसले लगानीकर्तामा एक खालको उत्साह थपेको देखिन्छ । वर्तमान सरकार गठनसँगै आएको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताहरुका लागि २० करोडको क्याप हटाएको छ । शेयर धितो कर्जाका लागि प्रोत्साहन गरेको अवस्था छ । यसले गर्दा बजार बढिरहेको देखिन्छ ।

केही हप्तायता बजार निरन्तर बढिरहँदा शेयर बजार पुँजीकरण पनि बढेको छ । २०८१ साउन २१ गते सोमबारको कारोबारको आँकडाअनुसार शेयर बजार पुँजीकरण  ४४ खर्ब ३८ अर्ब नाघेको छ । जुन कुल ग्राहस्थ्य उत्पादनको आकारभन्दा  १४ खर्ब मात्र कम हो । कुनै बेला अर्थात् तीन हजार तीन सय अङ्कमा मार्केट पुगेको बखत  ४० खर्बको पुँजीकरण भएको शेयर बजार अहिले नेप्सेमा थपिएका कम्पनीहरुका कारण  ४४ खर्ब पुगेको छ । खासगरी शेयर बजार जिडिपीकै हाराहारी हुनुपर्ने विश्वव्यापी मान्यता रहे पनि नेपालमा सबै उद्योग, व्यवसाय नेप्सेमा सूचीकृत नभएको कारण त्यो नभएको देखिन्छ तर पनि पछिल्ला समय नेप्सेमा सूचीकृत हुने कम्पनीहरु बढिरहेका देखिन्छन् ।  

नेपालको शेयर बजारको दायरा फराकिलो र पुँजीको मापन पनि बढिरहेको छ । यसले नै वास्तवमा शेयर बजारको सुदूर भविष्य उज्ज्वल रहेको देखाउँछ । खासगरी पछिल्लो दशक नेपालमा पनि शेयर बजारप्रति आमसर्वसाधारणको बुझाइ परिवर्तन भएको छ । यस क्षेत्रलाई सबैले सकारात्मक दृष्टिले हेर्न थालेका छन् । वास्तवमा कुनै पनि देशको अर्थतन्त्रको अवस्थाको चित्र शेयर बजारले नै दर्साउछ । त्यसकारण पनि शेयर बजारलाई देशको अर्थतन्त्रको ऐना भनिएको हो । ठूल–ठूला उद्योग तथा व्यवसाय स्थापना तथा सञ्चालन गर्न पुँजीको सङ्कलन गर्ने महत्वपूर्ण माध्यम हो पुँजीबजार । त्यसकारण अर्थतन्त्रलाई विस्तारित गर्न र अघि बढाउन पुँजीबजारको महत्वपूर्ण भूमिका हुने गर्छ । सो तथ्य आमराजनीतिक नेतृत्व, कर्मचारीतन्त्रले बुझ्न जरुरी छ ।

अहिले नेपालमा शेयर किनबेचका लागि डिम्याट खाता खोल्नेहरुको सङ्ख्या २०८० चैतसम्ममा ६२ लाख नाघिसकेका छन् । त्यसमा महिलाको सङ्ख्या नै २६ लाख नजिक पुगेको तथ्याङ्क छ । यद्यपि आर्थिक मन्दी, तरलता सङ्कटलगायत कारण शेयर बजार सुस्ताउँदा अहिले शेयर बजारका सक्रिय लगानीकर्ता २०/२२ लाख रहेका छन् । जेहोस् पछिल्लो वर्षहरुमा नेपालमा शेयर बजारप्रति बढेको आकर्षण उत्साहप्रद हो । यसले सम्भावना भएका उद्योग, व्यवसायले आइपिओ मोडलमा आवश्यक लगानी जुटाउन सक्ने आधार दिएको छ ।

पछिल्लो समय सरकारले बढेको ब्याजदरलाई घटाउन निरन्तर प्रयास गरेको देखिन्छ । त्यसमा बैङ्कको चर्को ब्याजदरविरुद्ध व्यसायीहरुले गरेको आन्दोलनले ठूलो दबाब परेको हो । बैङ्कहरुको ब्याजदर घट्दा त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पर्छ । तरलता सहजताको अवस्था हुँदा र बैङ्कको ब्याजदर घट्दा विगतदेखि नै शेयर बजार बढ्ने गरेको दखिन्छ । त्यसकारण आगामी दिनहरुमा बजार झनै बढ्दै जाने आधार तय भएको छ । खासगरी बजेटलगत्तै आएको मौद्रिक नीतिले पनि शेयर बजारलाई उत्साह दिएको छ । शेयर बजारलाई कता डो¥याउने भन्ने कुरामा मौद्रिक नीतिको धेरै भूमिका हुनेगर्छ । यद्यपि मौद्रिक नीति सरकारको बजेट तथा नीति कार्यक्रमलाई सघाउन ल्याउने गरिन्छ ।

विगतका वर्षहरुमा मौद्रिक नीतिमा शेयर बजार र घरजग्गाप्रति कसिलो बनाइएकामा यसपटक धेरै नै खुल्ला गर्ने गरी प्रोत्साहनकारी रुपमा मौद्रिक नीति आयो । मौद्रिक नीति बैङ्क तथा वित्तीय संस्थाहरुका लागि पनि केही खुकुलो गरी आयो । फलस्वरुप शेयर बजारमा हरियाली छाएको देखिन्छ । गत वर्षहरुमा राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोडसम्मको क्याप लगाएको हो । ४/१२ को नीतिले पनि शेयर बजारको गतिशीलतालाई कमजोर बनाएको हो । अहिले ती व्यवस्था हटाइएको छ । फलस्वरुप शेयर कारोबारको ‘भोलुम’ र नेस्से परिसूचक निरन्तर बढिरहेका छन् । विगतमा तीन हजार तीन सय अङ्कको नेप्से परिसूचकाङ्क पुगिरहँदा बजारमा एकै दिन रु २१ अर्ब ६४ करोड ७६ लाखसम्मको कारोबार भएको हो । अहिले त्यो रेकर्डसमेत ‘बे्रक’ भएर नेप्सेमा झन्डै रु २२ अर्ब (२१ अर्ब ९१ करोडसम्म) करोबार भएको छ । यसरी बजारमा एउटा खालको आत्मविश्वास देखिएको छ । यसले समग्रमा आशा जगाएको छ ।

वित्तीय बजारमा तरलता सहजताको अवस्था सिर्जना भएको छ । मुलुकको आर्थिक अवस्था तथ्याङ्कीय हिसावले सबल बन्दै गएको अवस्था छ । नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले नै अर्थतन्त्र तथ्याङ्कीय रुपमा सबल बन्दै गएकाले बजारमा त्यसको सकारात्मक प्रभाव क्रमशः पर्दै जाने बताएका छन । ब्याजदर घटिरहेको छ । त्यसकारण शेयर बजार उकालो लागिरहने देखिन्छ । शेयर बजार एउटा लगानीको उत्तम माध्यम हो भन्ने आमसर्वसाधारणले बुझिसकेका छन् । कतिपय नेताहरुले विगतमा शेयर बजार जुवाको खाल हो, अनुत्पादक क्षेत्र हो भने पनि अहिले उनीहरुले समेत आफ्ना बुझाइ सच्च्याएका छन् । त्योभन्दा बढी सर्वसाधारणले नै शेयर बजारमा उत्साहप्रद सहभागिता देखाएर पुँजीबजारप्रति सकारात्मक दृष्टिकोण रहेको दर्शाइरहेका छन् ।

सरकारले पनि शेयर बजारप्रति अत्यन्त प्रोत्साहनकारी नीति देखाउन जरुरी छ । शेयर बजारले आमसर्वसाधारणलाई अर्थशास्त्रको बचतको सिद्धान्त सिकाउँछ । अलिअलि भएको पैसाले आइपिओ भर्ने, शेयर किन्ने गर्दा मान्छेले पैसाको महत्व र त्यसको पुँजीकरणको भेउ थाहा पाउँछन् । अहिले शेयर बजारमा धेरै मान्छेहरु आकर्षित भएका, लागेकाले धेरैलाई यस क्षेत्रले रोजगारी र अवसर पनि दिएको छ । खासगरी नेपाली समाजमा विगतमा गृहिणीको उपमा दिएका महिलाहरुको सङ्ख्या नै शेयर बजारमा ४२ प्रतिशत पुग्नुले आर्थिक क्षेत्रमा महिलाहरु कति सशक्त रुपमा आइरहेका छन् भन्ने पनि दर्शाउँछ । अर्को शेयर बजारबाट सरकारले १५ अर्बसम्म कर विगतमा पाएको हो । त्यसकारण सरकारले पुँजीबजारको विकास, उन्नयनमा जोड दिनुपर्छ । पुँजी बजारको विकासमा ध्यान दिन नसके सरकारको आर्थिक समृद्धिको नारा गफमा सीमित हुन्छ । रासस

रिसव गौतम (लेखक आर्थिक लेखक तथा विश्लेषक हुनुहुन्छ)
अर्को समाचार
रोकिएको आइपिओ निष्कासन चाँडै सुरु हुन्छ: अध्यक्ष श्रेष्ठ
१२ मंसिर २०८१
•
१ मिनेट पाठ
रोकिएको आइपिओ निष्कासन चाँडै सुरु हुन्छ: अध्यक्ष श्रेष्ठ
<br>
नेपाल धितो पत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन्।




बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो कुरा बताएका हुन। उनले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरू अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए।उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे।

उनले धितो पत्र बोर्डको अध्यक्ष विहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठुलो जिम्मेवारी र चुनौतीहरू रहेको उल्लेख गरे। उनले पुँजी बजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसावले प्राथमिकतामा राखेर पूँजी बजार विकासको काम गर्ने बताए।उनले बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरू अगाडि बढाउने बताए।

अध्यक्ष श्रेष्ठले पुँजी बजारको भुमिका र दायरा बढाउँदै लैजानुपर्ने बताए। उनले आफ्नो कार्यकालमा शेयर लगानीकर्ताहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए। उनले पुँजी बजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै त्यसको सदुपयोग गर्न कोसिस गर्ने बताए।

उनले लामो समयदेखि रोकिएको आइपिओ समयमा नै आउने गरी काम गर्ने बताए।उनले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे।उनले पुँजी बजारको विकासमा सबै सरोकारवाला निकायहरूसँगको सहकार्यमा लाग्ने र पुँजी बजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने उल्लेख गरे।अध्यक्ष श्रेष्ठले एभरेष्ट बैङ्कलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय गरे। 
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस