लगातार दुई दिनको बन्दपछि खुलेको बजार परिसूचक नेप्सेमा बुधबार सामान्य वृद्धि भएको छ। कारोबार हुने साताको पहिलो दिन आइतबार ३४.४७ अंकले घटेको नेप्सेमा बुधबार भने सामान्य सुधार देखिएको हो। बुधबार नेप्से २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेको छ।
कारोबार रकममा भने बुधबार उल्लेख्य गिरावट आएको छ। आइतबार २८ अर्ब २७ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार १८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। यो गत आइतबारको तुलनामा झण्डै १० अर्बले कमी हो।
बुधबार ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच भएको छ। बुधबार ९९ कम्पनीको सेयर मूल्य बढ्यो भने १४० कम्पनीले घाटा बेहोरेका छन्। ५ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।
सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ६६ करोड २ लाख ३९ हजार ५७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अपी पावर कम्पनीको ४५ करोड ७८ लाख १८ हजार रुपैयाँ र एभरेष्ट बैंकको ४५ करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्चले जनाएको छ।