देशभरका महिला उद्यमीहरू एकजुट भएर अगाडि बढ्नुपर्ने महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले बताएकी छिन्।
सीआईपीईको सहयोगमा सर्लाहीको लालबन्दीमा ४ दिने महिला उद्यमी तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले महासङ्घमार्फत देशभरका ५५ हजार महिला उद्यमीलाई तालिम दिइसकिएको बताएकी छन्। देशभर कमसे कम पाँच हजार महिला उद्यमी रहेको ज्ञवालीको भनाइ छ।
जिल्लाको विशिष्टता अनुसारको उत्पादन भइरहेको तथा एकले अर्को जिल्लालाई आवश्यक परेको सहयोग गर्नु परेमा सहयोगको वातावरण बन्ने गरेको ज्ञवालीको भनाइ छ। हरेक जिल्लामा महिलाले उत्पादन गरेको विभिन्न सामग्री तथा खाद्य पदार्थको प्रदर्शनी गर्नुपर्ने र यसले सामानको गुणस्तरको साथै व्यवसाय विस्तारमा पनि सजिलो पु¥याउने ज्ञवालीको भनाइ छ।
सीआईपीईको आदानप्रदान र स्थानीय विशिष्टताको पहिचान गराउन प्रदर्शनीले मद्दत गर्ने र दिदीबहिनीहरूले मिलेर काम गरेमा सबैलाई हौसला पनि प्राप्त हुने ज्ञवालीको दाबी छ। ज्ञवालीले महिला उद्यमीका समस्याका बारेमा स्थानीय सरकार, प्रदेश सरकार तथा संघ सरकारसित समन्वय र सहकार्य गर्नुपर्ने बताइन्। ज्ञवालीले महिला उद्यमीलाई आवश्यकताअनुसार उद्योग मन्त्री तथा महिला विकास मन्त्रालयसित सहकार्य गरेर समस्या समाधान गर्न सहजीकरण गर्न महासङ्घ तयार रहेको बताइन्।
पहिलेदेखि महिलाले गरेका उद्यम वा कामलाई नै व्यावसायिक रूप दिन सिक्नुपर्ने र हरेक कामलाई आर्थिक उपार्जनको दृष्टिकोणले लिँदा उद्यमशीलताको विकास हुने ज्ञवालीको भनाइ छ। उद्यमशील महिलालाई आवश्यकताअनुसारको सबै किसिमको सहयोग गर्न महासङ्घ तयार रहेको अध्यक्ष ज्ञवालीको भनाइ छ।
युवाहरू देशबाट विदेशमा पलायन भइरहेको अवस्थामा महिलाहरूले देशमा उद्यमशीलताको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएको अध्यक्ष ज्ञवालीको तर्क रहेको छ। अध्यक्ष ज्ञवालीले डिजिटल साक्षरतामा महिला अगाडि बढ्नुपर्ने कुरामा पनि जोड दिएकी छन्।
कार्यक्रममा प्रदेश सरकारकी पूर्वमन्त्री बेच लुंगेली, महासंघकी प्रथम उपाध्यक्ष तथा सीआईपीईको सम्पर्क व्यक्ति दर्शना श्रेष्ठ, महासंघकी तृतीय उपाध्यक्ष तथा कार्यक्रमकी सम्पर्क व्यक्ति बासन्ती प्रधान, लालबन्दी नगर प्रमुख वासुदेव अधिकारी तथा उपप्रमुख कल्पना माया पाख्रिनले मन्तव्य राख्दै महिला उद्यमीहरूलाई आफ्नो तर्फबाट हुन सक्ने सबै किसिमको सहयोग गर्न तयार रहेको बताए।
सर्लाही जिल्लाको विभिन्न भागबाट सहभागी महिलाहरूलाई भूपेन्द्र लम्साल र संगम दाहालले दुई दिनसम्म महिला उद्यमीहरूका लागि नेतृत्व विकास, लैङ्गिक हिंसा, डिजिटल साक्षरता तथा बजारीकरण विषयमा तालिम दिएका छन्। तालिमपछि महिला उद्यमीहरूले आफ्नो कामलाई व्यवसायीकरण गर्न सजिलो भएको प्रतिक्रिया दिएका छन्।
तालिमपछि सर्लाहीमा महासङ्घको जिल्ला शाखाको गठन गरिएको छ। ११ सदस्यीय सर्लाही जिल्ला महिला उद्यमी संघको अध्यक्षमा जानुका चौलागाईँ, उपाध्यक्षमा बालाकुमारी थापा मगर, सचिवमा सान्नानी बुढाथोकी, सहसचिवमा अम्बिका पौडेल र कोषाध्यक्ष रुपा उप्रेती चयन भएका छन् । यसै गरी सदस्यहरूमा ममता कर्ण, राधिका खड्का, गंगादेवी श्रेष्ठ, मिनकुमारी दाहाल, अर्चना विश्वकर्मा र सीता विश्वकर्मा रहेका छन्।
महिला उद्यमी संघको देशभरमा ६९ शाखा गठन भइसकेको बताइएको छ ।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...