महिना दिनमै प्राधिकरणले कमायो चार अर्ब १९ करोड आम्दानी
१२ भदौ २०८१
•
४ मिनेट पाठ
महिना दिनमै प्राधिकरणले कमायो चार अर्ब १९ करोड आम्दानी
आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी रु चार अर्ब १९ करोड बराबरको आम्दानी गर्न थालेको छ।




प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ। त्यसमध्ये आन्तरिक रुपमा कूल एक हजार नौ सय २९ मेगावाट बराबरको खपत भइरहेको छ। यस्तै देशभित्रको कूल माग भने दुई हजार छ सय ३३ मेगावाट बराबर रहेको प्राधिकरणले जनाएको छ। यस प्रकारको माग भने एकाध घण्टाको मात्रै हो।

साँझ र बिहान बिजुलीको बढी माग भएपनि रातको समयमा माग घट्न जाँदा निर्यात गर्नुको विकल्प प्राधिकरणसँग छैन। रातको समयमा बढी भएको बिजुली भारत निर्यात गर्दा त्यसबाट प्राधिकरणले उल्लेख्य मात्रामा आम्दानी गर्न सफल भएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। चालु आर्थिक वर्षको पहिलो महिनामा नै प्राधिकरणले उक्त मूल्य बराबरको बिजुली निर्यात भएको विवरण सार्वजनिक गरेको हो।

मुलुकभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी अतिरिक्त आम्दानी गर्न प्राधिकरण सफल भएको हो। दैनिक हिसाब अनुसार साउनमा रु १३ करोड ११ लाख बराबरको बिजुली निर्यात भएको छ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ। त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट मात्रै दुई अर्ब ६२ करोड १२ लाख तीन हजार भारु आम्दानी भएको छ। साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ५१ पैसा छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८÷९ घण्टा र सुक्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहेर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायाममा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताए।

प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ति जाने आउने भएपनि हाल मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उनले उल्लेख गरे।

कार्यकारी निर्देशक घिसिङले भने, ‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारका कार्य अभियानकै रुपमा कार्यान्वयन भइरहेको छ। आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बङ्गलादेशलाई निर्यात गरिने छ।’

घिसिङले वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्राको सञ्चिति एवम् नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न समेत सकारात्मक योगदान पुगिरहेको जानकारी दिए।

‘हिउँदयाममा केही महिना अझै विद्युत् आयात गर्नु परे पनि आयातको परिमाण क्रमशः घट्दै जाने छ, गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौं’ उनले भने।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)लाई बिक्री गरिरहेको छ। एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ।

केही दिनअघि द्विपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो। यसमध्ये एनभिभिएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ दशमलव ८९ मेगावाट बिक्री गरिने छ। हाल दुई आयोजनाबाट उत्पादित एक सय नौ  दशमलव ६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ।

कूल १० जलविद्युत् आयोजनाबाट उत्पदित एक सय २५ मेगावाट विद्युत् मध्यकालीन सम्झौता बमोजिम पिटिसी, भारतमार्फत बिहार राज्यमा निर्यात हुने छ। बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु हुने छ।

हाल १४ आयोजनाबाट उत्पादित पाँच सय ८० दशमलव ८९ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा बिक्री भइरहेको छ। केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भइनसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक रुपमा छ सय ९० दशमलव ५० मेगावाट विद्युत् निर्यात भइरहेको छ। स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ। त्यसैले हाल दैनिक रुपमा सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ।

गत आवमा भारतबाट रु १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो। यही अवधिमा रु १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो। गत आवमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो।

प्राधिकरणले २०७९ जेठ २० गतेदेखि विद्युत् निर्यात सुरु गरेको थियो। पहिलो चरणमा ३९ मेगावाट निर्यात गरेको थियो। सुरुआती चरणमा त्रिशुली र देवीघाट जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली भारत निर्यात भएको थियो।

दुई देशबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने गरी दीर्घकालीन विद्युत् सम्झौता समेत भइसकेको छ। यस्तै, बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण तत्कालका लागि ४० मेगावाट निर्यात गर्ने अन्तिम तयारी भएपनि स्थगित भएको छ। रासस
अर्को समाचार
बहराइनबाट कुलमानका तीन सन्देश: साथ दिनुस्, अगाडि बढ्न तयार छु
२२ असार २०८२
•
४ मिनेट पाठ
बहराइनबाट कुलमानका तीन सन्देश: साथ दिनुस्, अगाडि बढ्न तयार छु
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले बहराइनको भ्रमणमा छन्। ‘उज्यालो नेपाल' अभियान लिएर गत असार १७ गते बहराइनतर्फ लागेका घिसिङलाई त्यहाँस्थित नेपाली समुदायले संयुक्त अभिनन्दन गरेको छ।




गत २०८१ चैत ११ गते कार्यकाल सकिनु चार महिनाअगावै सरकारले बर्खास्त गरेपछि राजनीतिमा आउने छनक दिइरहेका घिसिङले बहराइन पुगेर ‘जनताको साथ’ खोजेका छन्। उनले साथ पाए आफू अगाडि बढ्ने बताएका छन्।

खासगरी विदेशी भूमिमा कार्यरत नेपाली युवा र त्यहाँस्थित नेपाली समुदायलाई लक्षित गरेर भ्रमणमा निस्केका घिसिङ दुबई, कतारलगायतका देश पनि पुग्दैछन्। ती देशहरूमा पनि उनले एवम्-रीतले नेपाली युवा र त्यहाँस्थित नेपाली समुदायसँगै अन्तर्क्रिया गर्नेछन्। यता नेपालमा विभिन्न पार्टी तथा मोर्चाबाट आउँदो उपनिर्वाचनमा रुपन्देही-३ मा उम्मेदवार बन्ने चर्चा चलिरहँदा घिसिङ भने डायस्पोराकेन्द्रित छन्। उनले आफ्ना कुरा राख्ने र उनीहरूलाई पनि सुन्ने गरिरहेका छन्।

यसैबीच बहराइनमा उनलाई नेपाली समुदायले संयुक्त अभिनन्दन गरेको छ। अभिनन्दनपछि आफ्ना कुरा राख्दै ‘उज्यालो नेपाल’ अभियानमा सरिक हुनका लागि आह्वानसमेत गरेका छन्। आफ्नो कुरा राख्ने क्रममा उनले मुख्यत: तीन विषय भनेका छन्।

पहिलो- सम्मान गर्नुपर्ने व्यक्तिलाई अपमान

घिसिङले नेपालमा सम्मान गर्नुपर्ने व्यक्तिलाई अपमान गर्नुपर्छ भन्ने भाष्य सृजना हुँदै गएको औँल्याएका छन्। आफ्नो धारणा राख्ने क्रममा उनले भनेका छन्, ‘वास्तवमा नेपालमा जसलाई सम्मान गर्नुपर्ने हो, त्यसलाई सम्मान गरिँदैन। जसलाई कारबाही गर्नुपर्ने हो, त्यसको सम्मान हुन्छ भन्ने एउटा भाष्य क्रियट हुँदै गयो भने कसरी नेपाल बन्छ, कसरी नेपाली युवाहरू देशभित्र रहन्छन् ?'

उनले देशभित्र केही हुन्छ, केही आस जगाउँछौँ भनेर केही युवाहरू राजनीतिमा आएको पनि बताएका छन्। 'केही आत्मविश्वास जनाउँछौँ भनेर केही युवाहरू राजनीतिक क्षेत्रमा पनि आएको देखिन्छ। बालेनजी, हर्क साम्पाङ, गोपाल हमाललगायत केही आस जगाएर आउनुभयो। उहाँहरूले पनि केही समस्याहरू बेहोरिरहनुभएको छ, तपाईंहरूलाई जानकारी छ। रविजी पार्टी नै खोलेर आउनुभयो, उहाँहरूका समस्याहरू पनि तपाईं आम दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा भएकै कुरा हो। मैले यसमा धेरै कुरा गर्न चाहन्नँ तर, जति पनि आस, सम्मान र आत्मबललाई अगाडि बढाउनुपर्ने विषयहरूमा राज्यले कतिको महत्त्व दिएको छ भन्ने विषयले हामी दाजुभाइ दिदीबहिनीहरू देशभित्र रहने कि नरहने भन्ने विषय छ,’ उनले भनेका छन्।

संयुक्त अभिनन्दनका क्रममा कुलमान घिसिङ।
त्यसो त घिसिङ सरकारको बर्खास्तीमा परेका हुन्। नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको कार्यकाल सकिनु चार महिना मात्रै बाँकी रहँदा सरकारले उनलाई गत २०८१ चैत्र ११ गते पदबाट बर्खास्त गर्‍यो। उनले यही विषय उधिन्दै यो विषय बोलेका हुन्।

‘विद्युत् प्राधिकरणबाट निस्कनु ४ महिना हुँदा मलाई निकाल्नुपर्ने बाध्यता के पर्‍यो ? आज जनताले सोधिरहनुभएको छ, म पनि सोधिरहेको छु। म निस्किनेबित्तिकै विद्युत् प्राधिकरण त घाटामै थियो, यो त फेब्रिकेटेड नाफाको बनाइएछ, जति पनि डेटा छन्, त्यो त म्यानिपुलेटेड डेटा रहेछन् भनेर जुनखाले मेसेज बाहिर पठाउन खोजियो, त्यो राम्रो थिएन,’ उनले भने।

उनले आफूले प्राधिकरणबाट सम्मानपूर्वक बहिर्गमनको अपेक्षा राखेको पनि बताए। ‘राज्यले एउटा सम्मानपूर्वक बिदाइ गर्छ जस्तो लागेको थियो तर, ४ महिना हुँदा बर्खास्त गर्‍यो। ४ महिनाभन्दा अगाडि ९ महिनासम्म हरेक दिन, हरेक महिना स्पष्टीकरण सोधियो, किन राम्रो काम गर्‍यौ भनेर,’ उनले भने।

दोस्रो- नेपालको लिडरसीपले आशा जगाउनै सकेनन्

घिसिङले नेपालमा लिडरसीपले आशा जगाउनै नसकेको बताएका छन्। तर, यसबेला नेपालमा आशा, आत्मविश्वास लगाउने खाले लिडरसीपको आवश्यकता रहेको उनले औँल्याए। ‘अब नेपालको अभियान उज्यालो अभियान हुनुपर्छ। समृद्धिको अभियान, सामाजिक न्याय, सुशासन र डेलिभरीको अभियान हुनुपर्छ। कुरा मात्रै गरेर हुँदैन, रिजल्टमा दिनुपर्‍यो। अब सबैका लागि विश्वास, आत्मविश्वास आवश्यक छ। तर, नेपालका लिडरसीपले आशा जगाउनै सकेनन्। अब त्यस्तो लिडरसीपको आवश्यकता छ,’ उनले भनेका छन्।

कुलमान घिसिङ अभिनन्दन कार्यक्रमा सहभागीहरू।
अब आर्थिक क्रान्ति, सामाजिक न्याय, सुशासका र समृद्धिका लागि अभियान हुनुपर्ने उनले बताएका छन्। यो अभियानले मात्रै आशा, आत्मविश्वास र भरोसा जगाउन सक्ने भनाइ घिसिङको छ। त्यस्ता खाले लिडरसीपका लागि पनि अभियान अगाडि बढाउनुपर्ने जोड उनको थियो।

तेस्रो- साथ दिनुस्, अगाडि बढ्न तयार छु

घिसिङले आफ्नो अभियानलाई साथ दिनका लागि आह्वानसमेत गरेका छन्। उनले अभियानले आशा जगाउने बताएका छन्। ‘यो अर्थतन्त्र, सामाजिक जीवन र आत्मविश्वास जागृत गर्ने अभियान हो। यो भएन भने युवाहरूको पलायन रोकिँदैन,’ उनले भने।

आफ्नो कुरा राख्दै कुलमान घिसिङ।
उनले साथ पाए आफू अगाडि बढ्ने पनि बताए। त्यसका लागि अभियानमा जोडिनका लागि उनले आह्वान गरे। ‘उज्यालो अभियान लिएर अगाडि बढौँ, यो अभियान भनेको देशलाई उज्यालो बनउने, तपाईंको अनुहार उज्यालो बनाउने, हाम्रा बा-आमा, बालबच्चाहरूको अनुहार उज्यालो बनाउने अभियान हो, तपाईंहरू साथ दिनुस्, म अगडि बढ्न तयार छु,’ उनले प्रतिबद्धता जनाए।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
यो पनि पढौँ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस