डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ
१४ भदौ २०८१
•
२ मिनेट पाठ
डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ
भरतपुर महानगरपालिकाले एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्‍याइएकाे छ। सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्‍याइएकाे हो।




राप्ती र नारायणी नदी, मध्यवर्ती र सामुदायिक वन किनार हुँदै महानगरको अधिकांश भागलाई समेट्ने गरी ८८ दशमलव ६ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको हो। 

महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका, सङ्घीय सरकारको डिभिजन सडक कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र प्रदेश सरकारको प्रदेश पूर्वाधार कार्यालयले विभिन्न खण्ड छुट्याएर चक्रपथ निर्माण गरेको जानकारी दिइन्।

उनका अनुसार झण्डै ९० प्रतिशत काम सम्पन्न भएको छ। बाँकी कामका लागि पनि बोलपत्र आह्वान गरिसकिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती र वनक्षेत्रमा रुख कटानको समस्याले केही साँघुरो भए पनि अधिकांश ठाउँमा सात मिटर कालोपत्र गरिएको छ।

चक्रपथले पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, बाइपास सडक र प्रचण्डमार्गलाई समेत ठाउँठाउँमा जोडेको प्रमुख दाहालले बताइन्। प्रमुख दाहालले भने, ‘सङ्घीयताको नमूना परियोजनाका रूपमा हामीले यसलाई लिन सक्छौँ।’ यो देशकै सबैभन्दा लामो चक्रपथ भएको उनको भनाइ छ।दाहालले एउटै निकायले मात्र काम गर्न सम्भव नभएपछि सबैसँगको सहकार्यमा काम गरिएको बताए। काम सम्पन्न गरेर थप व्यवस्थित बनाउने काममा महानगर जुट्ने उनको भनाइ छ।

यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको, आर्थिक गतिविधि चलायमान भएको, जीवनस्तर उकास्न सहयोगी बनेको प्रमुख दाहालले बताइन्। महानगरपालिकाका इन्जिनियर साकार लामाले ठाउँठाउँमा गरेर चार दशमलव एक किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेकामा बोलपत्र आह्वान भइसकेको सुनाइन्।

सङ्घीय सरकारको १० करोडको लागतमा बोलपत्र आह्वान भएको हो। यो काम सम्पन्न भएपछि चक्रपथको सम्पूर्ण भाग कालोपत्र हुनेछ। महानगरपालिकाको वडा नं २७ र २८ क्षेत्रको नारायणी नदी वारिका तीन ठाउँमा बाँकी रहेका भागको सडक डिभिजन कार्यालयले ठेक्का लगाएको हो।

लामाले भने, ‘गाउँगाउँलाई भरतपुरको मुख्य सहरसँग जोड्न चक्रपथ उपयोगी भएको छ।’पश्चिम चितवनमा रहेका ठूला होटल हुँदै चक्रपथ बनेकाले पर्यटन क्षेत्रमा पनि यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।- रासस
अर्को समाचार
चितवनमा वन्यजन्तुको आक्रमण : पाँच वर्षमा ७३ को मृत्यु, गत वर्ष ११ जनाले ज्यान गुमाए
०७ साउन २०८२
•
३ मिनेट पाठ
चितवनमा वन्यजन्तुको आक्रमण : पाँच वर्षमा ७३ को मृत्यु, गत वर्ष ११ जनाले ज्यान गुमाए
चितवनको खैरहनी नगरपालिका–१३ का पदमबहादुर रानामगर नियमित घाँस काट्न कुमरोज सामुदायिक वन प्रवेश गर्थे। असार २७ गते रानामगर तीन जना साथीसँग वन प्रवेश गरे। अन्य साथी घर फर्के पनि उनी फर्कन पाएनन्। घाँस काटिरहेका ६८ वर्षीय रानामगरलाई बाघले एकाएक आक्रमण गर्यो। उनको घटनास्थलमै मृत्यु भयो।  




यस्तै माघ ३ गते भरतपुर महानगरपालिका–५ स्थित विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीलाई गैँडाले आक्रमण गर्यो। माडी नगरपालिका १ स्थित ध्रुवचोकमा गैँडाले आक्रमण गरेर गम्भीर घाइते भएका भण्डारीको उपचारको क्रममा माघ ९ गते मृत्यु भयो।  

त्यस्तै खैरहनी नगरपालिकाका सुरेश महतोले पनि हात्तीको आक्रमणबाट ज्यान गुमाए। फागुन २४ गते रत्ननगर–७ स्थित लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि ३५ वर्षीय महतोलाई गोविन्दे हात्तीले आक्रमण गरेको थियो।  

यसरी चितवनमा जंगली जनावरको आक्रमणबाट मृत्यु हुनेको संख्या रोकिन सकेको छैन। चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो पाँच वर्षको अवधिमा ७३ जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ। सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परेर १६९ जना घाइते भएका छन्।  

वन्यजन्तुबाट मृत्यु हुनेमा धेरैजसो घाँस काट्न र न्यूरो टिप्न गएका व्यक्ति छन्। बाघ, गैँडा, हात्ती, जंगली बँदेल, मगरगोही, गौरीगाई लगायत वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।  

पाँच वर्षको अवधिमा ३७ जनाको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। त्यस्तै गैँडाको आक्रमणबाट २१, हात्तीको आक्रमणबाट ११, मगरगोही र जंगली बँदेलको आक्रमणबाट २/२ र गौरीगाईको आक्रमणबाट १ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरले जानकारी दिए।  

उनका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाए। सो वर्ष बाघको आक्रमणबाट २१, गैँडाको आक्रमणबाट ५ र हात्तीको आक्रमणबाट ४ जनाको मृत्यु भएको थियो। सो वर्ष २४ जना घाइते भए।  

अन्य आर्थिक वर्षमा भने वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या औसतमा १० छ। गत आर्थिक वर्ष २०८१/०८२ मा वन्यजन्तुको आक्रमणमा परेर ११ जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्। यस वर्ष गैँडाको आक्रमणबाट ८, हात्तीको आक्रमणबाट २ र बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी थापाले जानकारी दिए। गत आर्थिक वर्ष हात्ती, गैँडा, बाघ, जंगली बँदेल, भालुको आक्रमणबाट मानिस घाइते भए। घाइतेमध्ये ३२ जना गम्भीर र ९ जना सामान्य छन्।  

आर्थिक वर्ष २०८०/०८१ मा हात्ती, गैँडा, बाघ र जंगली बँदेलको आक्रमणबाट ११, आर्थिक वर्ष २०७९/०८० मा ९ र आर्थिक वर्ष २०७७/०७८ मा १२ जनाको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ।  

मध्यवर्ती क्षेत्रका बासिन्दा निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँसदाउरा गर्न छिर्छन्। सोही क्रममा धेरैजसो मानिस वन्यजन्तुको आक्रमणमा परेका छन्। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुंगानाले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको बासस्थानलाई व्यवस्थित गर्नुपर्ने बताउँछन्। उनका अनुसार निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमसहित मेस जाली लगाउने काम गरिरहेको छ।  

निकुञ्जका अनुसार पछिल्लो तीन वर्षमा १०.९ किलोमिटर सिसीसहितको मेस जाली लगाइएको छ। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आर्थिक वर्ष २०७९/०८० मा ४.७, २०८०/०८१ मा २.७ र आर्थिक वर्ष २०८१/०८२ मा ३.५ किलोमिटर सिसीसहितको मेस जाली लगाइएको रानामगरले जानकारी दिए। निकुञ्जभित्र रहेका वन्यजन्तुलाई बाहिर निस्कन नदिन घाँसे मैदानसहित बासस्थानको राम्रो व्यवस्थापन गर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ।  

एक वर्षमा वन्यजन्तुको आक्रमणबाट १७९ घरपालुवा पशुको क्षति 
वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा १७९ वटा घरपालुवा पशुको क्षति भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी चितुवाको आक्रमणबाट १४० वटा पशुको क्षति भएको छ। त्यस्तै बाघको आक्रमणबाट ३७ र अजिंगरबाट २ वटा पशुको क्षति भएको सूचना अधिकारी रानामगरले जानकारी दिए।  

हात्तीबाट २३ घरमा क्षति  
चितवन राष्ट्रिय निकुञ्ज आसपासका २३ वटा घरमा हात्तीले क्षति पुर्याएको छ। निकुञ्जका अनुसार गत आर्थिक वर्षमा १३ वटा घरको अन्नभण्डारमा क्षति भएको छ।  
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस