मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक
२२ भदौ २०८१
•
२ मिनेट पाठ
मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक
मुस्ताङ भन्नेबित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन्।




प्रकृति, संस्कृति, उजाड भूगोल र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गुम्बा, नदी, तालतलैया, हिमाली जीवनशैली, तालतलैया र गुफा रहेको मुस्ताङमा पछिल्लो समय दुर्लभ वन्यजन्तुहरुको सहजै देखिन थालेपछि अर्को आकर्षण थपिएको छ।

लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका वडा सदस्यसमेत रहेका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले जोमसोम–कोरला सडक आसपासकै क्षेत्रमा दुर्लभ वन्यजन्तु देखिन थालेका बताए।

लोमान्थाङ–जोमसोम सडकमा यात्रा गर्न क्रममा गुरुङले बिहीबार गाडी र मानिसहरु छेउमै भए पनि नाउरहरु चरिरहेको देखेर पर्यटक दङ्ग परेका बताए। लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ घाराका पेमाछिरिङ गुरुङले दामोदरकुण्डदेखि घारा आउने क्रममा बिहीबार पाँच ठाउँमा नाउरको बथान देखेको जानकारी दिए।

‘दामोदरकुण्ड तीर्थयात्राका क्रममा देखिने नाउरका बथानले पाहुनालाई लोभ्याएका छन्,’ घोडाबाट तीर्थयात्रीलाई घारादेखि दामोदरकुण्ड लैजाने र ल्याउने गर्दै आएका पेमाले भने, ‘दामोदरकुण्ड पारिको पाखा, सन्ताउन्नको डाडा, खेता क्षेत्रमा नाउरका बथान जहिले पनि भेटिन्छन्।’

समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड नजिकैको पाखामा तिब्बती ज्याजल, फ्याउ मुसा, वनखरायो, हिउँ चितुवा, ब्याँसो, नाउर, रातोभालुलगायत वन्यजन्तु भेटिने पेमाकाे भनाइ छ।

दामोदरकुण्डसँगै कोरला नाका, छोसेरको झोङ गुफा, समर, भेनाको पहाड, साङ्ता जाने सडक र पदमार्गको छेउछाउमै वन्यजन्तु देखिन थालेका छन्। तनहुँका दुलेगौडाका सुरेश भट्टराईले यात्राकै क्रममा जङ्गली जनावरहरु देख्न पाएकामा दङ्ग परेको बताए।

समुदायमा वन्यजन्तुको चेतनास्तरको विकास, संरक्षण शिक्षा र चोरी–सिकारी नियन्त्रणसँगै वन्यजन्तु बढेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालय प्रमुख प्रमोदराज रेग्मीले बताए।

‘विशेष गरेर उपल्लो मुस्ताङका बासिन्दामा संरक्षण क्षेत्रमा आएको जागरण र सचेतनाका कारण बस्ती र सडक छेउछाउमै वन्यजन्तु देखिन थालेका हुन्,’ उनले भने, ’तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा नयाँ नयाँ प्रजातिका जनावर र पक्षीहरु देखिने भएकाले यस क्षेत्रको अध्यताहरुका लागि धेरै सम्भावना छ।’

मुस्ताङमा वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि एक्यापले सचेतनामूलक कार्यक्रम गर्दै आएको छ।

वन्यजन्तुले पर्यटकलाई आकर्षित गराए पनि किसानलाई भने दुःख दिने गरेको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका किसान लोप्साङ छोप्पेल गुरुङले बताए। ‘ब्वाँसो र हिउँ चितुवाले भेँडाच्याङग्रा मारेर किसानलाई दुःख दिएको छ,’ उनले भने ‘घुम्ती गोठमा पालिने भेँडाच्याङग्रा र चौँरीलाई ब्यासो र चितुवाबाट बचाउन चुनौती भएको छ।’

वन्यजन्तु पीडितलाई राज्यले उपलब्ध गराउने राहत वृद्धि र सहज बनाउनुपर्ने मुस्ताङका किसान बताउँछन्। रासस
अर्को समाचार
मुस्ताङमा हिउँ पर्ने याममा हिउँ नपर्दा ...
०१ जेष्ठ २०८२
•
४ मिनेट पाठ
मुस्ताङमा हिउँ पर्ने याममा हिउँ नपर्दा ...
मुस्ताङमा तीन वर्ष यता हिउँ पर्ने याममा हिउँ परेको छैन । हिउँ नपरेकै कारण यहाँको कृषि प्रणालीमा गम्भीर असर परिरहेको स्थानीयवासी शेरबहादुर गुरुङले बताए।




पछिल्ला वर्षमा स्याउमा विभिन्न किसिमका रोग लाग्न थालेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको प्रत्यक्ष असर मुस्ताङमा परिरहेको बताए। स्थानीयवासीका अनुसार पछिल्ला वर्ष तल्लो भेगमा हुने स्याउ क्रमशः माथिल्लो भेगतर्फ सर्दै गएको छ । विगत दुई दशककै अन्तरालमा यहाँको कृषि प्रणालीमा नै ठूलो परिवर्तन आइसकेको स्थानीयको अनुभव छ ।

दुई दशक अघिसम्म स्याउको राम्रो उत्पादन हुने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेते माथिको कोवाङसम्म पनि स्याउ खेती हुन छोडेको छ । विगतमा समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटर उचाइसम्म स्याउ फल्ने गरेकोमा अहिले भने तीन हजार पाँच सयदेखि चार हजार मिटरसम्म उचाइसम्म स्याउ फल्ने गरेको शीतोष्ण बागबानी विकास केन्द्र मार्फा मुस्ताङका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए। विगतमा स्याउ राम्रै फल्ने मुस्ताङको लेतेमा जलवायु परिवर्तनकै कारण स्याउ विस्थापन नै भैसकेको उनले जानकारी दिए। लेते समुन्द्री सतहबाट  दुई हजार २०० मिटर उचाइमा रहेको छ ।

बर्षेनी बढ्दो तापमानका कारण कृषि प्रणालीमा नै धेरै प्रभाव परिरहेको जनाउँदै उनले पछिल्ला वर्षमा शमशितोेष्ण हावापानीमा पाइने किवी शितोष्ण हावापानी भएका मुस्ताङका लेते तथा घाँसामा फल्न थालेको जानकारी दिए।

प्रमुख आत्रेयका अनुसार बढ्दो तापमान बृद्धिसँगै स्याउ लगायतको खेती माथिल्ला भागमा सर्दै गएको वास्तविकतालाई दृष्टिगत गर्दै शितोष्ण बागबानी केन्दले उपल्लो मुस्ताङ क्षेत्रका स्थानीयलाई  लक्षित गरी ल्होघेकर दामोदरकुण्ड गाउँपालिकाको घमीमा शाखा विस्तार गर्ने तयारी गरिएको छ । “हामी उक्त क्षेत्रमा आवश्यक पर्ने स्याउ लगायत फलफूलका बिरुवा त्यहीँबाट नै स्थानीयलाई उपलब्ध गराउने सोच राख्दै फार्म निर्माणका लागि जग्गा प्राप्ती प्रक्रियालाई अघि बढाइसकेका छौं”, उनले भने, “उक्त क्षेत्रमा फार्म निर्माणका लागि लगभग आठ सय रोपनी भन्दा बढी क्षेत्रफलको जग्गा नापी गरिसकिएको छ ।”

केन्द्रका तर्फबाट स्याउको विरुवाका साथै नासपाती, ओखर, खुर्पानी जस्ता फलफूका विरुवा उत्पादन गरि वितरण गर्ने गरिएको उनले जानकारी दिए। त्यस्तै स्याउबाली भित्र अन्य अन्तरवाली समेत गर्ने गरी विउविजन तयार गर्ने काम पनि केन्द्रबाट भैरहेको उनको भनाइ छ । पछिल्ला वर्षमा टुकुचेभन्दा माथि मुक्तिनाथ, छुसाङ लगायतका स्थानमा स्याउ खेती फस्टाउँदै गएको स्थानीयवासी बताउँछन् । माथिल्ला भेगमा स्याउ खेती फस्टाउँदै गएपछि कृषकहरू पनि यसतर्फ आकर्षित बन्दै गएका छन् ।

मुक्तिनाथभन्दा माथि उपल्लो मुस्ताङको लोमन्थाङसम्म स्याउ खेती बढ्दै गएको र पहिला उपल्लो भेगमा सानो आकारमा फल्ने गरेका स्याउ अहिले ठूलाठूला फल्न थालेको स्थानीयले बताए ।  नेपालकै कम पानी पर्ने ठाउँका रुपमा चिनिएको मुस्ताङमा अहिले भने भारी वर्षा हुँदा समस्या परेको अर्का स्थानीय सुकबहादुर विक बताउँछन्। विगत तीन वर्ष यता हिउँ पर्ने याममा हिउँ नपर्दा यहाँको स्याउ खेतीमा ठूलो असर परेको उनले बताए।

विगतमा पानी नपर्ने भएकै कारण परम्परागत रुपमा निर्माण गरिका माटाका संरचना ठूलो जोखिममा परेका छन् । हिउँ नपरेकै कारण पानीका मुहान सुकेर बस्ती नै सानुपर्ने जस्ता गम्भीर समस्याहरू निम्तन थालेको नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुनदेवी रसाइलीले बताइन्। स्याउ खेती सहित अन्य बालीनालीमा रोगको प्रकोप बढ्नुका साथै पुशपालन लगायतमा पनि समस्या बढ्न थालेको उनको भनाइ छ।

नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङ लगायतका गाउँमा बर्सेनि जलवायुु परिवर्तनको असर बढ्दै गएको छ । यी क्षेत्रमा प्राचीन कालदेखि नै परम्परागत माटोले छाइएका घरहरू रहेको र माटोका छत भएका घरमा पानी पर्न थालेसँगै माटो पग्लिन थाल्दा समस्या बढेको ठिनीका युवा निरज थकालीले बताए।

अत्याधिक चिसो हुने ठाउँ भएका कारण तापक्रम सन्तुलनका लागि माटाले छाइएका घरमा यहाँका स्थानीयवासी कहिलेकाहीँ पर्ने हिउँ बेल्चा लगायतको प्रयोगबाट फाल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा पानी नै पर्न थालेपछि माटो निर्मित संरचना पग्लन थालेको हो । पानी पर्न थालेपछि माटाले छाइएका घरहरू चुहिन थालेको बताउँदै उनले पछिल्ला समयमा माटाका संरचना निर्माण गर्ने क्रम घट्दै सिमेन्ट तथा फलामको प्रयोग बढीरहेको बताए।

जलवायु परिवर्तनको बढ्दो असरसँगै हिउँदमा सुक्खा पहिरो र वर्षामा भारी वर्षा गम्भीर चुनौतीका रुपमा देखिएको घरपझोङगाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए। जलवायु परिवर्तनकै कारण काली नदीको बहाव बढ्दै जाँदा वर्षेनी तटबन्ध भत्काउने क्रम बढीरहेको उनले बताए। स्याउ लगायतका अन्य कृषि बालीमा परिरहेको जलवायुपरिवर्तनको असरलाई न्युनीकरण गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । वासुदेव पौडेल/रासस
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ सेकेन्ड अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस