महिला उद्यमी महासंघ नेपाल‌को २१औं वार्षिक साधारणसभा सम्पन्न
२९ भदौ २०८१
•
३ मिनेट पाठ
महिला उद्यमी महासंघ नेपाल‌को २१औं वार्षिक साधारणसभा सम्पन्न
महिला उद्यमी महासंघ नेपाल‌को २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटेलको सभा हलमा आयोजित कार्यक्रम महिला उद्यमी महासंघ नेपाल‌की अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।




प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री लामा तामाङले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा बोल्दै मुख्यमन्त्री तामाङले अहिले महिलाहरूको हरेक क्षेत्रमा समान सहभागिता रहेको उल्लेख गर्दै देश विकासको मुख्य लक्ष्य पूरा गर्न महिला सहभागिता अपरिहार्य रहेको बताए।

उनले भने, ‘राजनीतिक क्षेत्रको भ्रातृसंगठनबाट उद्योगी र व्यापारीहरूलाई दुःख दिने अवस्था अन्त्य गर्न जरुरी छ। महिला उद्यमी अहिलेको अवस्थामा देशको मेरुडण्ड हुन्। भर्खरै प्रदेश मन्त्रालय सम्हालेकाले बजेट के कस्तो अवस्थामा छ, बुझ्दै छु। तपाईंहरूको समस्या समाधान गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीहरूका हकहित तथा संरक्षणका लागि महिला उद्यमीहरूको विभिन्न सवालमा सरोकारवाला निकायहरूसँग पैरवी गरिरहेको बताइन्।  

उनले महिलाहरूको क्षमता अभिवृद्धिका लागि सीपमूलक तालिम प्रदान गर्दै महिला उद्यमीका उत्पादनहरूको दिगो बजारीकरणका सञ्जाल विस्तारमा सहयोग पुर्‍याउँदै आइरहेको बताइन्। मन्तव्यका क्रममा अध्यक्ष ज्ञवालीले बागमती प्रदेशका मुख्यमन्त्रीलाई  प्रदेशअन्तर्गत महिला उद्यमीहरूलाई सहयोगका लागि अपिल गरिन्।

यस्तै, महासंघकी अध्यक्ष ज्ञावलीले महिलालाई आफ्नो उद्योगबाट उत्पादित वस्तुहरूको अन्तरराष्ट्रिय बजार व्यवस्थापनका लागि प्रदर्शनीस्थलका लागि जग्गा उपलब्ध गराउने व्यवस्था मिलाइदिन मुख्यमन्त्रीसामु अनुरोधसमेत गरिन्।

त्यस्तै कोसेली घर, महिला सशक्तीकरणमा सहयोग गर्ने वातावरण निर्माण गरिदिन पनि मुख्यमन्त्रीलाई आग्रह गरिन्। महासंघमा ७० जिल्लाका हाल पाँच हजार पाँच सय महिला उद्यमीहरूको व्यवसाय सुनिश्चितताका लागि सरकारले पहल गरिदिनुपर्ने उनको भनाइ छ।

कार्यक्रममा महिला उद्यमी संघ तनहुँ प्रथमलाई १५ हजार रुपैयाँ तथा सम्मानपत्र, महिला उद्यमी संघ कास्की द्वितीयलाई १० हजार रुपैयाँ तथा सम्मानपत्र, महिला उद्यमी संघ बाँके तृतीयलाई सात हजार रुपैयाँ तथा सम्मानपत्र, उत्कृष्ट कर्मचारी पुरस्कार भूपेन्द्र वत्स लम्साललाई १० हजार रुपैयाँ तथा सम्मानपत्र, उत्कृष्ट महिला उद्यमी पुरस्कार सुनिता श्रेष्ठलाई सम्मानपत्र, आजीवन सस्थांपक सदस्य पुरस्कार  र श्यामवदन श्रेष्ठलाई सम्मान पत्रद्वारा सम्मान गरिएको छ।

कार्यक्रमको पहिलो चरणमा युएन वमेनका सन्तोष आचार्यले लघु, साना तथा माझौला महिला उद्यमीहरूसँग अल्पविकसित देशहरूको सहयोगमा LDC (Consultation with women MSME’s) का बारेमा परामर्श कार्यशाला प्रस्तुत गरेका थिए।

उक्त कार्यशालामा पाँच समूहमा विभिन्न शीर्षक राखी छलफल गरी सुझाव संकलन गरिएको र पहिलो समुह माइक्रो इकोनोमिक स्ट्याब्लेटी एन्ड फिस्कल सस्टेनेब्लेटी, दोस्रो ट्रेड एन्ड इन्भेस्ट्मेन्ट,तेस्रो इकोनोमिक ट्रान्स्फर्मेसन, चौंथो बिल्डिङ प्रोडेक्टिभ क्यापसिटी र पाँचौं जेन्टल सोसल इन्क्लुजन एन्ड इन्ट्रोग्रेसन रहेको थियो।

महासंंघले ७७ वटै जिल्लामा आफ्ना सघं स्थापना गर्ने योजनाअनुरूप हालसम्म ६९ जिल्लामा जिल्ला संघहरूको स्थापना गरी पाँच हजार पाँच सयभन्दा बढी सदस्यहरूलाई जिल्ला संघहरूमार्फत महांसघमा आबद्ध गरिसकेको छ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण एवं निर्णय प्रक्रियामा महिला उद्यमीहरूका हक अधिकारहरूको सुनिश्चितताका लागि महासंघले उनीहरूका विविध सवाल एवं सरोकारप्रति सशक्त ढंगबाट वकालत गर्दै आइरहेको छ। कार्यक्रममा ग्रान्डी अस्पताल र महासंघबीच महासंघसँग आबद्ध उद्यमीहरूलाई स्वास्थ्योपचारमा छुट दिनेबारे सम्झौता भएको बताइएको छ।
अर्को समाचार
महिला उद्यमशीलता कोष स्थापना
२९ पौष २०७७
•
२ मिनेट पाठ
महिला उद्यमशीलता कोष स्थापना
देशभरका महिला उद्यमी संघहरूको छाता संस्था महिला उद्यमी महासंघ नेपालको १७औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंको विशालनगरस्थित महासंघको सचिवालयमा सम्पन्न भएको छ।  




महासंघले उक्त साधारणसभाका अवसरमा महिला उद्यमशीलता कोष स्थापनाको घोषणा गरेको छ। उक्त कोषमा जम्मा भएको रकम महिलाहरूको उद्यमशीलता विकास, बजारीकरण, संकलन केन्द्र, व्यापार प्रवद्र्धन निर्यात तथा रोजगार सिर्जनामा खर्च गरिने महासंघले जनाएको छ।

कोभिड १९ महामारीको विषम परिस्थितिका कारण पदाधिकारीहरूको भौतिक उपस्थिति तथा अन्य सदस्यको भर्चुअल सहभागितामा सभा सम्पन्न गरिएको महासंघले जनाएको छ। सभामा महासचिव सुनिता वैद्य श्रेष्ठले महासंघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। उक्त प्रतिवेदनमा महासंघले अवलम्बन गरेको कोभिड १९ विरोधी प्रतिकार्यको महिला उद्यमीलक्षित कार्यक्रम तथा परियोजना अन्तर्गतका विभिन्न क्रियाकलाप समयसापेक्ष ढंगले सञ्चालन गरिएको विवरण प्रस्तुत गरिएको थियो।

चारजनाले दिए एक–एक लाख

महिला उद्यमी महासंघले १७औं साधारणसभाका अवसरमा शुभारम्भ गरेको महिला उद्यमशीलता कोषमा महासंघका चारजना सदस्यले १–१ लाख रूपैयाँ योगदान गर्ने घोषणा गरेका छन् । कोष सार्वजनिक भएकै दिन योगदान गर्ने महिला उद्यमीमा शोभा ज्ञवाली, रीता सिंह, सुनिता श्रेष्ठ बैद्य र सरोजनी शेरचन छन् । कोषमा अन्य ३४ जना महिला उद्यमीले समेत सहयोग गरेका छन् । सामाजिक उत्तरदायित्वको भावना अनुसार स्थापना गरिएको कोषमा ७ लाख ३५ हजार दुई सय रूपैयाँ जम्मा भएको छ ।   

सभाले कोषाध्यक्ष महालक्ष्मी श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। साधारणसभाका अवसरमा महासंघकी अध्यक्ष रीता सिंहले संस्थाले प्रकाशित गर्ने इन्टरप्राइज नामक पुस्तकको १०औं संस्करण विमोचन गरिन्। अध्यक्ष सिंहले महासंघले ‘मेरो सहयोग उद्यमशीलता विकास’ नाराका साथ स्थापना गरेको ‘कर्पोरेट सामाजिक उत्तरदायित्वमा आधारित महिला उद्यमशीलता कोष’को शुभारम्भ पनि गरिन्।

उनका अनुसार उक्त कोषमा जम्मा भएको रकम महिलाहरूको उद्यमशीलता विकास, बजारीकरण, संकलन केन्द्र, व्यापार प्रवद्र्धन निर्यात तथा रोजगार सिर्जनामा खर्च गरिने छ। महासंघका सदस्यहरूले उक्त कोषमा रकम योगदान गर्ने प्रतिबद्धता जनाएका छन्। साधारणसभामा यस वर्षको उत्कृष्ट जिल्ला संघ पुरस्कार झापा, चितवन, पाल्पा र इलामलाई प्रदान गरिएको महासंघले जनाएको छ। पुरस्कृत संघहरूले सम्मानपत्रका साथ नगद पाएका छन्। महासंघको उत्कृष्ट सदस्य पुरस्कारबाट सरोजनी शेरचन सम्मानित भएकी छिन्। यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार महासंघका कर्मचारी राजु राईले पाएको महासंघले जनाएको छ।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस