‘समृद्ध मधेस’ निर्माणका लागि सरकारले आवश्यक योजना बनाएको छः मन्त्री दाहाल
१० असोज २०८१
•
२ मिनेट पाठ
‘समृद्ध मधेस’ निर्माणका लागि सरकारले आवश्यक योजना बनाएको छः मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘समृद्ध मधेस’ निर्माण गर्न सङ्घीय सरकारले आवश्यक योजना बनाएर कार्यान्वयनको चरणमा गएको बताएका छन्।




बिहीवार प्रेस चौतारी महोत्तरीले लालगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री दाहालले समृद्धि मधेस निर्माण गर्ने सरकारको अभियान जारी रहेको बताए।

महोत्तरी र धनुषामा रहेका मन्त्रालय मातहतका आयोजनाको निरीक्षण गर्न यहाँ आएका मन्त्री दाहालले समृद्ध मधेसले मुलुकको मुहार फेर्ने भएकाले सोहीअनुसार योजनाबद्ध रुपमा मधेशलाई समृद्ध बनाउन लागिएको उल्लेख गरे।

पूर्वपश्चिम राजमार्ग, उत्तर दक्षिणका व्यापारिक केन्द्र र सदरमुकाम जोड्ने अधिकांश सडक निर्माण भइसकेका र कतिपय निर्माणको अन्तिम चरणमा रहेका मन्त्री दाहालले बताए।

मधेसमा बर्दिबास–जयनगर रेलसेवा महत्वाकाङ्क्षी आयोजना भएको बताउँदै उनले यो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गरे।

‘जयनगर बर्दिबास रेल सेवाका तीनमध्ये दुई खण्डमा सेवा सञ्चालनमा भइरहेको छ’, मन्त्री दाहालले भन्नुभयो, ‘भङ्गाहा–बर्दिबास खण्डको काम पनि चाँडै सुरु गर्ने तयारी गरिरहेका छौँ।’ भङ्गाहा–बर्दिबास खण्डअन्तर्गत बर्दिबासमा रेलस्टेसन बन्ने ठाउँ नजिकको केही जग्गामा घर तथा संरचना हटाउन नसक्दा निर्माण ढिलाइ भएको उनले बताए।

सरकारले राष्ट्रिय महत्वका चाडपर्वअघि सबै सडकका खाल्डाखुल्डी पुर्ने काम थालेको बताउँदै मन्त्री दाहालले एक साताभित्र सडक मर्मत कार्य सम्पन्न भइसक्ने जानकारी दिए।

मधेसको मुख्य केन्द्र पूर्वपश्चिम राजमार्गको कमला पुलबाट पश्चिम बागमतीसम्म अत्याधुनिक चारलाइन (फोरलाइन) सडक निर्माणको ठेक्का स्वीकृत प्रक्रिया टुङ्गिएर यथाशीघ्र काम सुरु हुने उनले बताए।

कमला पुल निर्माण गर्दा प्राविधिक पक्षसँग छलफल गरी उहाँहरुको रायअनुसार अघि बढाइने मन्त्री दाहालले स्पष्ट पारे। सरकार सुदृढ इच्छाशक्तिका साथ योजनाबद्ध रुपमा विकास तथा पूर्वाधार निर्माणमा अघि बढिरहेको बताउँदै उनले यसका सकारात्मक परिणाम विस्तारै देखिने उल्लेख गरे।

मन्त्रालयका सचिव, हुलाकी सडक कार्यालय मुजेलियाका प्रमुख, रेल विभागका महानिर्देशक, उच्च अधिकारीलगायतले मधेसमा सञ्चालित विभिन्न आयोजनाको स्थलगत निरीक्षण गरेका थिए। रासस
अर्को समाचार
आर्थिक वर्ष सकिनै लाग्दा सडक विभागमा महानिर्देशक फेरिए
१२ जेष्ठ २०८२
•
२ मिनेट पाठ
आर्थिक वर्ष सकिनै लाग्दा सडक विभागमा महानिर्देशक फेरिए
चालु आर्थिक वर्ष २०८१-८२ सकिनै लाग्दा १ खर्ब ७ अर्ब वजेट भएको सडक विभागमा नेतृत्व फेरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालले सोमबार विभागका महानिर्देशक रामहरि पोखरेललाई मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा डा. विजय जैशीलाई ल्याएका छन । जैशीले सोमबार नै कार्यभार सम्हालेका छन् । जैशी यसअघि विभाग मातहत बैदेशिक महाशाखाको महाशाखा प्रमुख थिए ।  




मन्त्रालय स्रोतका अनुसार मन्त्री दाहालकै चाहनामा विभागमा महानिर्देशक फेरिएका हुन् । भौतिक सचिव केशव शर्मालगायत केही उच्च कर्मचारीहरूले आर्थिक वर्ष सकिने बेला विभागमा नेतृत्व फेर्दा गलत सन्देश जाने भन्दै आर्थिक वर्ष सकिए पछि मात्र डिजी फेर्न मन्त्रीलाई सुझाव दिएका थिए । ‘तर मन्त्रीज्यू डिजी फेर्ने अडानमा अलिकति पनि लचक हुनु भएन’ मन्त्रालयका एक उच्च कर्मचारीले भने ।  

मन्त्री दाहालको सचिवालयमा कार्यरत एक कर्मचारीले भने कामको गति देखाउन आर्थिक वर्ष सकिनै लाग्दा महानिर्देशक परिवर्तन गर्नु परेको बताए । ‘मन्त्रीज्यूलाई प्रगति बढाउन दबाब आएको छ। प्रगति देखाउनकैलागि डिजि फेर्नु भएको हा’ उनले भने ।

मन्त्री दाहालले निवर्तमान महानिर्देशक पोखरेललाई मन्त्रालयमा सरुवा गरेका छन् । हाल योजना महाशखाामा कार्यरत उपमहानिर्देशक उमेश विन्दु श्रेष्ठलाई मन्त्रालयमा लगिएको छ । जैशीभन्दा उमेशविन्दु वरिष्ठ भएकोले कनिष्ठको मातहतमा वरिष्ठ बस्न नमिल्ने कारण देखाउँदै उमेश विन्दुलाई मन्त्रालयमा सरुवा गरिएको छ ।  

डा. जैशीको ठाउँमा हाल सम्भार महाशाखामा कार्यरत अर्जुन अर्याललाई लगिएको छ भने उमेश विन्दुको ठाउँमा मन्त्रालयबाट प्रभात झालाई लगिएको छ ।  

भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत सपुरिटेडेण्ठ इञ्जिनियर (सहसचिव सरह)मध्ये पहिलो नम्बरमा भिमार्जुन अधिकारी, दोस्रोमा सुशील बाबु ढकाल, तेस्रोमा रामहरि पोखरेल, चौथौमा उमेश विन्दु श्रेष्ठ, पाँचौमा भुवन अधिकारी (मेकानिकल) तथा छैटौ नम्बरमा वनमा नियुक्त डिजी जैशी कार्यरत छन् । जैशी र प्रभात झा एउटै व्याचका कर्मचारी हुन् । छैटौ नम्बरमा जैशी महानिर्देशक भइसक्दा पनि पहिलो नम्बरका सहसचिव अधिकारीले भने अहिलेसम्म सडकको महानिर्देशक बन्ने अवसर पाएका छैनन् ।  

मन्त्री दाहालको सचिवलायले दिएको जानकारी अनुसार दाहाल सोमबार साँझ यातायता सम्बन्धी कार्यक्रममा भाग लिन कोरिया जाने कार्यक्रम तय छ । कोरिया जानु अघि दाहालले डिजी फेरेका छन् ।

विभागले अहिलेसम्म विनियोजित बजेटको ५० प्रतिशतपनि खर्च गर्न सकेको छैन । आर्थिक वर्षको बाँकी डेढ महिनामा एकै पटक ठुलोमात्रामा बजेट खर्च हुँदैछ ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस