बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी
१७ असोज २०८१
•
२ मिनेट पाठ
बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी
सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो। विहिबार बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो ।




रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार बाढीले एक मान्छे गहिरो खाल्टो बनाएको थियो । उनले भने, “अब करिब पूर्ववतः अवस्थामा आयो, भोलिबाट रेष्टुरेन्ट सञ्चालनमा ल्याउन सकिन्छ ।”

हरेक वर्ष नदी तटीय क्षेत्रमा बाढी आउने भए पनि यस वर्ष अलि बढी क्षति भएको छ । “उहाँको सँगै १५ रेष्टुरेन्ट बाढीले असर पु¥याएको छ, रेष्टुरेन्ट सञ्चालकको छाता संस्था क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन ९रेवान० का अध्यक्ष ध्रुव गिरीका अनुसार अधिकांश क्षति पुगेका रेष्टुरेन्ट मर्मत र सरसफाइ गरेर सञ्चालनमा आउन थालेका छन्”, उनले भने, “बाढीपछि अब हामी पर्यटकको पर्खाईमा छौँ ।”

बालुवा र पाँगो माटोले कतै भरिएको तथा कतै बाढीले खोतलेका ठाउँ र संरचना मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार राप्ती किनारका केही होटलमा नदीको बाढी पसेको थियो । ठूलो क्षति नभए पनि आंशिक क्षति केही होटलमा पुगेको थियो ।

होली लज, सपना भिलेज, होटल रिभर साइड लगायतका होटलमा बाढी पसेको थियो । ती होटलको पनि सरसफाइ र मर्मत गरिसकिएको उनले जानकारी दिए ।

उनले भने, “बाढीका कारण अहिले सौराहाका कुनै होटल बन्द छैनन् ।” गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले धेरै राजमार्गमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा परेको छ । गिरीका अनुसार अहिले सौराहामा बढीमा ५०० पर्यटक छन् । गत वर्ष यही समयमा दैनिक चार हजार बढी पर्यटक हुने गर्दथे । तीमध्ये आधा तेस्रो मुलुकका, ३० प्रतिशत नेपाली र २० प्रतिशत चिनियाँ पर्यटक हुने गरेको उनले जानकारी दिए ।

लामो समय बस्ने पर्यटकलाई भिसा निःशुल्क गर्न र चितवन राष्ट्रिय निकुञ्ज प्रवेशको टिकट काटेपछि सात दिन हुने व्यवस्था गर्न सकेमा पर्यटकको सङ्ख्या बढ्ने उनी बताउछन । अहिले हरेक दिन निकुञ्जको टिकट काट्नुपर्ने हुन्छ । टिकटको अवधि बढाएमा सौराहासहित पश्चिम चितवन,  माडी र चेपाङ मार्गमा पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे यस वर्ष बाढी नआउँदा पनि उत्साह नदेखिएको भन्दै बाढी आएपछि थप प्रभावित भएको बताउनुहुन्छ । उनले भने, “विश्व बजारमा नेपालमा घुम्ने रुचि कम भएको पाइयो ।” विदेशी पर्यटकको सङ्ख्या घटेको र नेपाली आउने समयमा बाढीका कारण बाटो अवरुद्ध हुँदा समस्या भएको उनी बताउछ । उनले भने, “बाटो बन्द छन्, जहाजको टिकट महँगो छ, त्यो पनि  पाइदैन, पर्यटक कसरी आउन सक्नु ?”

सङ्घका महासचिव गुणराज थपलिया यस वर्षको मुख्य यामको सुरुवातीमा पर्यटकको आगमनमा निकै आएको बताउछ । त्यसका कारण पर्यटनसँग सम्बन्धित क्षेत्र प्रभावित बनेको उनको भनाइ छ । सौराहामा ४५ निजी हात्ती छन् । ठूलो सङ्ख्यामा जीप, डुङ्गा सबै प्रभावित बनेका छन् । यहाँका १३८ होटल, १०० हाराहारी रेष्टुरेन्टमा अर्बौको लगानी छ । थपलियाका अनुसार एकै रातमा छ हजार ६०० भन्दा बढी अट्न सक्ने क्षमता सौराहामा छ । यद्यपि पर्यटक नहुँदा समस्या भएको उनी बताउछन ।
अर्को समाचार
पर्यटक पर्खिएको डबली
२४ कार्तिक २०८१
•
३ मिनेट पाठ
पर्यटक पर्खिएको डबली
.
पाल्पामा पर्यटक भित्र्याउने लक्ष्य अनुरूप लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा जिल्लाको तिनाउ गाउँपालिका स्थित नुवाकोटमा सांस्कृतिक डबली निर्माण गर्‍यो।




ऐतिहासिक तथा धार्मिक पर्यटकीय थलोका रुपमा चिनिएको नुवाकोटमा सांस्कृतिक डबली सञ्चालन गरेर पर्यटकहरूको आवागमन बढाउने लक्ष्य अनुरूप ३ करोड ८५ लाख रुपैयाँमा निर्माण भएको डबली निर्माण त भयो तर सञ्चालनमा आउन सकेन। प्रदेश सरकारले डबली सञ्चालन गर्न सकेन।

स्थानीय तहलाई पनि प्रदेश सरकारले यो डबली हस्तान्तरण गरेन । फलतः निर्माण भएको चार वर्ष सम्म डबली बेवारिसे बन्न पुग्यो।अहिले डबली क्षेत्रमा घाँसै घाँस छ । सर सफाइको कमजोर अवस्थाका कारण डबली कुरूप देखिन्छ भने निर्माण भएका भौतिक संरचना समेत जीर्ण बन्दै गएका छन्।

अलपत्र अवस्थामा रहेको डबली सञ्चालनका लागि वर्तमान सरकारले भने प्रक्रिया अगाडी बढाएको छ। प्रदेश सरकारले यो डबली स्थानीय तहलाई जिम्मा दिने प्रक्रिया अन्तिम चरणमा पुराएको छ। 

स्थानीय तिनाउ गाउँपालिकाले यसअघिका सरकार समक्ष डबली सञ्चालनको अधिकार माग गर्दै आएको थियो। तर पालिकाले यो अधिकार पाउन सकेको थिएन। ‘हामीले डबली सञ्चालनको अधिकार हामीलाई दिनुस् भनेर भनेका थियौँ, हामीले पहिलेको सरकारबाट यो अधिकार पाएको भए अहिले डबलीको अवस्था यस्तो रहने थिएन,’ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भने ‘अहिलेका उद्योग, पर्यटन तथा यातायात मन्त्री ज्यूले यसको सञ्चालनका लागि धेरै चासो दिनु भयो र पालिकालाई सञ्चालनको अधिकार दिने प्रक्रिया धेरै अगाडी बढिसकेको छ, अब यो डबली सञ्चालनका लागि हामीले अधिकार पाउने सुनिश्चित भएको छ।’

उद्योग पर्यटन तथा यातायात मन्त्रालयले यो डबली  सञ्चालनको अधिकार स्थानीय तिनाउ गाउँपालिकालाई दिने मन्त्री स्तरीय निर्णय गरिसकेको छ । अब पालिकाले सञ्चालनको कार्यविधि बनाएर मन्त्रालयलाई बुझाउनु पर्ने छ।

‘पाल्पाको ऐतिहासिक र धार्मिक पर्यटकीय थलोमा निर्माण भएको सांस्कृतिक डबली अलपत्र परेको अवस्था रहेछ,’ लुम्बिनीका उद्योग ,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले भने ‘अलपत्र परेको डबली सञ्चालनका लागि स्थानीय तहलाई अधिकार दिनु पर्छ भनेर हामीले निर्णय लियौँ र स्थानीय तिनाउँ गाउँपालिका पनि डबली सञ्चालनका लागि सहमत भएपछि हामीले यसको हस्तान्तरणको प्रक्रिया अगाडी बढाएका हौँ।’

मन्त्री न्यौपानेका अनुसार पालिकाले सञ्चालन कार्यविधि बनाएर मन्त्रालयमा पठाएपछि डबली सञ्चालनको निर्णय मन्त्री परिषद् बैठकबाट हुनेछ।

‘तपाईंहरूले सञ्चालन कार्यविधि बनाएर पठाउनुस्, आगामी मन्त्री परिषद् बैठकबाट निर्णय गराउन म भूमिका खेल्ने छु,’ केही दिन अघि डबली अवलोकनका लागि पाल्पा पुगेका मन्त्री न्यौपानेले भने ‘मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर डबली तत्काल पालिकालाई हस्तान्तरण गर्न हामी आतुर छौँ।’

डबली सञ्चालनमा आयो भन पाल्पाको नुवाकोटमा पर्यटकहरूको आगमन बढ्ने अपेक्षा गरिएको छ। मन्त्री न्यौपानेका अनुसार बुटवलबाट नुवाकोट सम्म केबुल कार हालै देखि सञ्चालनमा आएकाले पर्यटकहरूको संख्या नुवाकोटमा बढिरहेको छ। त्यहाँ निजी क्षेत्रबाट हालै मात्रै केबुलकार सञ्चालनमा आएको छ।

‘हालै मात्रै केबुलकार सञ्चालनमा आएकाले अहिले नुवाकोटमा पर्यटकहरूको संख्या बढ्दो छ,’ मन्त्री न्यौपानेले भने ‘नुवाकोटमा डबली सञ्चालनमा आयो भने नुवाकोटमा आउने पर्यटकहरूका लागि अर्को रमणीय थलो बन्ने छ।’ तिनाउ गाउँपालिकाले भने केबुलकार लाई नुवाकोटमा पर्यटकहरू आगमनको बलियो स्रोत मानेको छ।

नुवाकोटमा अहिले पर्यटकहरूको आवागमन बढेकाले डबली सञ्चालन गरेर थप पर्यटक बढाउन सकिनेमा पालिका विश्वस्त देखिन्छ।

‘केबुलकार सञ्चालनमा आएसँगै नुवाकोटमा पर्यटकहरूको चहलपहल बढेको छ,’ पालिकाका अध्यक्ष श्रेष्ठले भने ‘यहाँ आउने पर्यटकहरूलाई एक दिन नुवाकोटमै रोक्नका लागि डबली सञ्चालन अति महत्त्वपूर्ण मानिएको छ, त्यसैले हामीले यसलाई जति सक्यो चाँडो हस्तान्तरण गर्ने गरि काम गरिरहेका छौँ।’
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २८ सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस