दुध उत्पादन बढाउन लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुसहितका पाँच जिल्लामा निःशुल्क गर्भाधान अभियान चलाउने भएको छ। प्रदेश सरकारले नीति कार्यक्रममा समावेश गरी चालु आर्थिक वर्ष २०८१/८२ मा सो अभियान चलाउने भएको हो। प्रदेशले कार्यविधि बनाएर यो कार्यक्रम ल्याएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कपिलवस्तुद्वारा तौलिहवामा आयोजित इन्सिमिनेटर गोष्ठीमा विकास निर्देशक डा. परवेज आलमले सो कुराको जानकारी गराएका हुन्।
कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी र प्युठानमा पाइलट प्रोजेक्टको रूपमा यो कार्यक्रम अगाडि सारिएको हो। चालु आर्थिक वर्ष एक लाख गाई–भैंसीमा कृत्रिम गर्भाधान गराउने योजना छ।
गत वर्ष ८४ हजार पाँच सय ९७ गाई भैंसीमा कृत्रिम गर्भाधान गराइएको थियो। दुध उत्पादन बढाउन यो कार्यक्रम अघि सारिएको आलमले बताए। गाई–भैंसीमा कृत्रिम गर्भाधान गराइ उन्नत जातको विजमार्फत दुधको उत्पादकत्व वृद्धि गर्न किसानको गोठमै गएर सेवा दिने गरी यो कार्यक्रम सञ्चालन गरिएको निर्देशक आलमले बताए।
पहाडी जिल्लामा इसिन्समेनेटरलाई ६ सय पारिश्रमिक र तराईका जिल्लामा चार सय पारिश्रमिक दिने व्यवस्था मिलाइएको छ। किसानको लागि वंश सुधार र उत्पादन वृद्धि गर्न यो कार्यक्रम राम्रो रहेको जिल्ला समन्वय समितिका संयोजक बाबुराम आर्चायले बताए।
उनले यो कार्यक्रमलाई प्रभावकारी तवरले अघि बढाउनुपर्ने बताए। जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले स्थानीय तहमा रहेका पशु प्राविधिकले यसको सही कार्यान्वयन गर्नुपर्ने बताए।
पशु प्रजनन केन्द्र नेपालगन्जका पशु विकास अधिकृत डा. खिमानन्द खनालले कृत्रिम गर्भाधारणको लागि पशु प्राविधिक चनाखो हुनुपर्ने बताए। उनले आवश्यक साम्रगी, तापक्रम र सही समय यकिन गरी किसानलाई गुणस्तरीय सेवा दिनुपर्ने बताए।
खनालले प्रदेश सरकारको लगानीको सदुपयोग गरी किसानको उत्पादनमा सहयोग गर्नुपर्ने बताए। कपिलवस्तुको लागि यस वर्ष सात हजार गाई–भैंसीमा निःशुल्क कृत्रिम गर्भाधारण सेवा दिने र त्यसको लागि २८ लाख बजेट विनियोजन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख पशु विकास निर्देशक आलमले बताए।
कार्यक्रममा मत्स्य विकास अधिकृत महेन्द्र यादव, वाणगंगा नगरपालिकाका शाखा प्रमुख राजकुमार तिवारी, कपिलवस्तु नगरपालिकाका भोजराज खनाल, पाराभेट मोतीप्रसाद पोखे्रल लगायतले कृत्रिम गर्भाधान सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।