कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय तथा मातहतका कार्यालयहरूको बेरुजू दुई अर्ब ३९ करोडभन्दा बढी देखिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७९/८० सम्मको मन्त्रालयको जम्मा बेरुजू दुई अर्ब उनान्चालिस करोड आठ लाख ८० हजार सात सय रुपैयाँ रहेको छ।
जसमध्ये नियमित गर्नुपर्ने बेरुजू एक अर्ब ७४ करोड ६० लाख १९ हजार १ सय ६६ रुपैयाँ, पेश्की कायम बेरुजू २८ करोड नौ लाख ७६ हजार १ सय ८६ रुपैयाँ रहेको छ। असुलउपर गर्नुपर्ने बेरुजु ३६ करोड ५१ लाख ७४ हजार ९सय ४० रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ।
भौतिक पूर्वाधार मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय मोरङको बेरुजू अन्य कार्यालयको भन्दा बढी देखिएको छ। पूर्वाधार विकास कार्यालय मोरङको मात्रै एक अर्ब नौ करोड ५८ लाख ८९ हजार ६सय २१ रुपैयाँ वेरुजु रहेको छ। जसमध्ये असुलउपर गर्नुपर्ने बेरुजू रकम १८ करोड ६२ लाख ९३ हजार २ सय ३५ रुपैयाँ छ।
तथ्याङ्क अनुसार मन्त्रालयको बेरुजू २ करोड ४३ लाख ८९ हजार ८४ रुपैयाँ, यातायात पूर्वाधार निर्देशनालयको ८ करोड ४४ लाख ५१ हजार ९ सय चार, पूर्वाधार विकास कार्यालयहरुमध्ये पाँचथरको २८ करोड एक लाख ६३ हजार ६४६, संखुवासभाको ६० लाख ७७ हजार २ सय ६१, भोजपुरको सात करोड ५३ लाख ८३ हजार ८ सय ३१, ओखलढुंगाको १६ करोड ८५ लाख २९ हजार ७ सय ६ , उदयपुरको तीन करोड ७५ लाख ६५ हजार ६ सय ६४, झापाको १३ करोड ४६ लाख नौ हजार २ सय १ रुपैयाँ रहेको छ।
यस्तै शहरी विकास तथा भवन कार्यालयहरुमध्ये इलामको १४ करोड ९८ लाख २६ हजार ४ सय ६, धनकुटाको नौ करोड ७४ लाख ५१ हजार ३ सय १५, ओखलढुंगाको तीन करोड ६४ लाख ५६ हजार ८ सय ५० र मोरङको दुई करोड ८६ हजार २ सय ३१ रुपैयाँ रहेको छ।
मन्त्रालय मातहत रहेको ग्रामीण सडक संजाल सुधार आयोजनामा भने कुनै बेरुजू नरहेको तथ्याङ्कमा उल्लेख छ कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बेरुजु घटाउन मातहतका कार्यालयलाई परिपत्र गरेर निर्देशन दिइसकेको बताएका छन्।
कोशी प्रदेश सरकार अन्तर्गतका सबै सरकारी निकाय, समिति तथा अन्य संस्थाको बेरुजू रकम ५ अर्ब ५८ करोड ४ लाख रुपैयाँ छ। आर्थिक वर्ष २०७४/७५ देखि २०७९/८० सम्मको अन्तिम लेखापरीक्षणको बेरुजूमध्ये फट्र्यौट तथा सम्परीक्षण गरी उक्त रकम बाँकी रहेको हो। त्यसमध्ये असुलउपर गर्नुपर्ने बेरुजू रकम मात्रै ७७ करोड ८ लाख ५० हजार रुपैयाँ छ।
मौसम पूर्वानुमान महाशाखाले आज देशका कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।
महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार आज बिहानैदेखि तराई मधेशका क्षेत्रमा हुस्सु लागेको छ।
यस्तै महाशाखाले आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
यस्तो रहनेछ आगामी दुई दिनको मौसमः
२०८१ कार्तिक ३० गते (शुक्रबार)
दिउँसोː कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
रातीː कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
२०८१ मंसिर ०१ गते (शनिबार)
दिउँसोː कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातीː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...