म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो
०९ कार्तिक २०८१
•
६ मिनेट पाठ
म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो
जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ।




कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले चारवटा सडकका निर्माण व्यवसायीले काम सुरु गरिसकेका जानकारी दिए। ‘दुईवटा सडक र दुई मोटरेबल पुलका निर्माण व्यवसायीले तिहारलगत्तै काम सुरु गर्ने तयारीमा छन्’, उनले भने, ‘एक सडक आयोजनामा ठेक्का प्रतिस्पर्धामा छनोट भएको निर्माण कम्पनीसँग सम्झौताको तयारीमा छौँ।’

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा बहुवर्षीय ठेक्का लगाउनका लागि छनोट गरेका ती आयोजनाका लागि आर्थिक मामिला मन्त्रालयले रु एक अर्ब २० करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो।

पूर्वमन्त्रीसमेत रहेका म्याग्दी (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले धेरै जनघनत्व भएका बस्तीमा रणनीतिक महत्वका सडक आयोजना भित्रिएको बताउनुभयो । ‘सडक पूर्वाधारको क्षेत्रमा म्याग्दीमा गत आर्थिक वर्षमा इतिहासमै धेरै बजेट र बहुवर्षीय योजना भित्रिएको थियो’, उनले भने, ‘ठेक्का लागिसकेका आयोजनाका लागि यसपालि न्यून बजेट विनियोजन भएकाले थप बजेट व्यवस्था गर्न सरकारलाई दबाब दिएका छौँ।’

छवटा स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जाबाहेकका बस्तीमा सडक यातायातको सुविधा पुगेको छ। गत वर्ष कालोपत्र भएको ३७ दशमलव पाँच किलोमिटरसहित म्याग्दी जिल्लाभर ८७ किलोमिटरमात्र पक्की सडक छ।

रघुगङ्गा करिडोरको रणनीतिक बेनी–पाखापानी सडक

म्याग्दीको मध्यभागमा अवस्थित रघुगङ्गा करिडोरमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–पाखापानी सडक स्तरोन्नतिका लागि ठेक्का लिएका निर्माण व्यवसायी कार्यक्षेत्रमा परिचालित भएका छन्।

विसं २०५६ मा मार्ग खुलेको बेनी–पाखापानी म्याग्दीको रणनीतिक महत्वको प्राथमिकताप्राप्त सडक आयोजना हो। बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हुँदै  तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा चार किलोमिटर कालोपत्र गर्ने आयोजना सुरु भएको म्याग्दी (१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए।

विसं २०८१ जेठ २० गते रु ११ करोड ७६ लाख १२ हजारमा ठेक्का सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले सडक फराकिलो बनाउने र पर्खाल निर्माण गर्ने कामलाई तीव्रता दिएको छ। हाल तीनदेखि तीन दशमलव पाँच मिटर चौडाइ रहेको सडक विस्तार गरेर कम्तीमा सात मिटर फराकिलो बनाएर कालोपत्र र ढलान गर्ने योजना रहेको छ। बेनी–पाखापानी सडक बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नम्बर वडाका बासिन्दा बेनी आवतजावत गर्न प्रयोग गर्छन्।

मध्यपहाडीको विकल्पक बेनी–ढोरपाटन सडक  

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ।

यो धवलागिरि गाउँपालिकाको पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो। चार किलोमिटर दूरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर–बिएस धवलागिरि जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो।

दुई वर्षको ठेक्का अवधि भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणलाई तीव्रता दिएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए। हाल चारदेखि पाँच मिटर फराकिलो आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ।

यो सडक आयोजनाअन्तर्गत झिनडाँडाबाट मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ–धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा रु एक अर्ब बजेटको आयोजनाको यसै आर्थिक वर्षमा ठेक्का आह्वानको तयारी भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा दरवाङबाट धारापानी जोड्ने करिब सात किलोमिटर सडक गत वर्ष ग्राभेल भएको थियो।

१६ वर्षपछि स्तरोन्नति हुँदै बेनी–भकिम्ली सडक  

बेनी नगरपालिकाको २, ३, ४ र मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–भकिम्ली सडक स्तरोन्नतिका लागि २०८१ साल जेठ २९ गते रु पाँच करोड ५९ लाख एक सय ४४ मा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभीले प्रारम्भिक चरणको काम थालेको छ।

आगामी १८ महिनाभित्र बगरफाँटबाट दूधेखोलासम्मको सडकलाई ग्रेड तथा घुम्ती सुधार, सात मिटर फराकिलो बनाउने, नाली निर्माण गरी तीन किलोमिटर ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ तीन सय ९० मिटर ढलान गर्ने लक्ष्य रहेको छ। विसं २०६५ मा मार्ग खुलेको सो सडक हाल चार मिटरको हाराहारीमा फराकिलो छ। मार्ग खुलेपछि हालसम्मकै धेरै बजेट विनियोजन भएर योजना सञ्चालन भएको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताए।

बागलुङ र म्याग्दी जोड्ने अदिभारा–डाडागाँउ सडक

म्याग्दी र बागलुुङ जोड्ने दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान– बुर्तिवाङ सडकअन्तर्गत पहिलो चरणमा मालिका गाउँपालिका–३ अदिभाराबाट औला हुँदै डाडागाउँ–किटिनी क्षेत्रमा स्तरोन्नतिको काम सुरु भएको छ। यो सडक स्तरोन्नतिका लागि गत असारमा एपिसी/आरआरसी/पिएनएस जेभीले रु पाँच करोड ८२ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको थियो।

पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अदिभारातर्फबाट डोजर र मजदुर परिचालन गरेर सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण थालेको मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुुढाले जानकारी दिए।

मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका बासिन्दाका साथै बागलुङको तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक रणनीतिक हिसाबले महत्त्वपूर्ण छ। विसं २०७५ मा मालिका गाउँपालिकाले अदिभाराबाट डाडागाउँ हुँदै तमानखोला जोड्ने सडकको मार्ग खोलेको थियो। सडकको प्रवेशबिन्दुमा पर्ने अदिभारास्थित दाजुङखोलामा कार्यालयमार्फत २५ मिटर लामो मोटरेबल पुल निर्माणाधीन रहेको छ। बागलुुङको बुर्तिवाङबाट तमानखोलातर्फ पनि यसै वर्षदेखि सडक स्तरोन्नतिको काम सुरु भएको छ।

थप तीन सडकमा निर्माण व्यवसायी परिचालन हुँदै

मालिका गाउँपालिकाको दरवाङ–बिम–दिच्याम र मङ्गला गाउँपालिकाको पखेर–बरङ्जा–३ र ४ हुँदै महेश–घापुङ–ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीले तिहारलगत्तै काम थाल्ने तयारी गरेका पूर्वाधार विकास कार्यालयका सडक इन्जिनियर सञ्जय सुवेदीले बताए।

दरवाङ–बिम–दिच्याम सडक आयोजनाको सर्वशक्ति महामाया प्रालिले गत असारमा रु ११ करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको थियो। पखेर–बरङ्जा–३ र ४ हुँदै महेश–घापुङ–ताराखोला गाउँपालिका जोड्ने सडक आयोजनाको रु पाँच करोड ८६ लाख तीन हजारमा एनके युनाइटेड जेभीले ठेक्का पाएको छ। अन्नपूर्ण गाउँपालिका–६ चित्रेबाट पर्यटकीयस्थल घोडेपानी जोड्ने तीन किलोमिटर सडक स्तरोन्नतिका लागि रु दुई करोड २३ लाख ९६ हजार कबोलेको विकास–जयदुप्चे जेभीसँग ठेक्का सम्झौताको चरणमा छ।

दुईवटा मोटरेबल पुलको ठेक्का 

बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत मालिका गाउँपालिका–७ शिवरात्रिखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि बिएन कन्ट्रक्सनले रु पाँच करोड ९६ लाख ६४ हजारमा ठेक्का सम्झौता गरेको छ।

यसैगरी धवलागिरि गाउँपालिकाको लुलाङ–गुर्जा सडकअन्तर्गत लमसुङस्थित दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि बिएमए निर्माण सेवाले रु चार करोड १३ लाख ४८ हजारमा ठेक्का पाएको छ। दुईवटै निर्माण कम्पनी तिहारलगत्तै परिचालन हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। रासस
अर्को समाचार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
१७ पौष २०८१
•
१ मिनेट पाठ
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
फाइल तस्विर
गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ। 




साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरूमा भन्दा वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले जानकारी दिए। 

एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानमा रोपिएको धानको गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको हो।

चालु आर्थिक वर्षमा तीन  हजार आठ सय छ हेक्टर जमिनमा धान रोपिएकोमा १३ हजार छ सय ६४ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ। गत वर्ष सोही क्षेत्रफलमा १२ हजार नौ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो। 

अनुकूल, मौसम रोगको कम प्रभाव,  रोपाइँका बेला पर्याप्त वर्षा र बालीलाई पानी आवश्यक परेका बेला पनि वर्षा भएकाले विगतको तुलनामा उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाको भनाई छ। 

दुई हजार दुई  सय ९७ वर्ग किलोमिटरमा फैलिएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ। हाल १९ हजार ४ सय ९८ हेक्टरमा मात्र खेती भएको छ। रासस
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस