भैरहवामा उडान हुँदै,पोखरामा तालिका नै छैन
१४ कार्तिक २०८१
•
४ मिनेट पाठ
भैरहवामा उडान हुँदै,पोखरामा तालिका नै छैन
पूर्वाधार विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि घटाउने तयारीसँगै सरकारले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चालु गर्ने योजना बनायो। त्यसका लागि सरकारले ती विमानस्थलमा उडान गर्न चाहने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विशेष किसिमको सहुलियतसहितको प्याकेज दिने निर्णयसमेत केही महिना अघि गर्‍यो।  




सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनलाई सहजीकरण गर्न ती विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको थियो। यस्तै हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट, ग्राउन्ड ह्यान्डलिङ, पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त अवधिभर छुट दिने निर्णय गरिसकेको छ। सरकारको सहुलियत २०८३ भदौसम्म लागु हुनेछ ।  

निर्णयसँगै विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न सरकारले प्रोत्साहन पनि ग¥यो। सरकारी प्याकेजसँगै कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्यान्डमा मुख्यालय रहेको थाई एयर एसियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारी पनि थालेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने अहिलेसम्म उडान गर्नका लागि कुनै पनि अन्तर्राष्ट्रिय हवाई कम्पनीले लिखित रूपमा निवेदन नदिएको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दिए।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय हवाई कम्पनीले लिखित निवेदन दिएका छैनन्,’ भुलले भने, ‘प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको उडान समय घटाएसँगै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई विकल्प दिएका हौं तर अहिलेसम्म कुनै कम्पनी पोखरा आउन मानेका छैनन् ।’ काठमाडौंको चाप घटाएर पोखरा र भैरहवामा सार्न खोजिएको भए पनि पोखरामा नआएको उनले बताए।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि चैत १८ गते (२०२४ नोभेम्बर ८ देखि २०२५ मार्च ३१) सम्म करिब पाँच महिना दिनमा १० घण्टा बन्द हुँदैछ। राती १० देखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान र अवतरण बन्द गरेर त्यो समयमा पूर्वाधार थप गरिँदैछ। जसले गर्दा रातीको त्यो समयमा उडान भर्ने वायुसेवा कम्पनीले निर्धारित उडानको समय परिमार्जन गर्नुपर्नेछ। 

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजे खुल्छ भने राती २ बजेसम्म चल्दै आएको छ। पोखरा र गौतमबुद्धमा उडान होस् भनेर ल्यान्डिङ र पार्किङसहितका शुल्कमा छुट दिएर वायुसेवा कम्पनीलाई आकर्षित गर्न खोजे पनि केन्द्रीकृत मानसिकताले गर्दा हवाई कम्पनी पोखरा जान नमानेको उनले बताए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका काम पनि भविष्यमा हुने उडान सञ्चालनमा थप सहजीकरणका लागि भएको बताए। ‘काठमाडौंमा साँघुरो भयो भनेर विकल्प दिइएको हो तर हवाई कम्पनी बाहिर जान मानेनन्,’ उनले भने।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्र निराश छ। सन् २०२३ को जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अहिलेसम्म विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। सञ्चालनमा आएको झन्डै दुई वर्ष पुग्न लाग्दा पनि अन्तर्राष्ट्रिय उडानको टुंगो लागेको छैन। आन्तरिक उडानमा भने पोखराले पहिले भन्दा आकार फराकिलो बनाइसकेको छ।  

पर्यटन क्षेत्र भने गण्डकी प्रदेशको पर्यटन अप्ठेरो अवस्थामा परिसक्दा पनि व्यवसायीले अन्तर्राष्ट्रिय पहुँचमा पोखरा सिधै जोडिन नसक्दा तेस्रो मुलुकबाट भित्रिने विदेशी पाहुनालाई सिधै पोखरा उतार्न नसकेको बताइरहेका छन्। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवधि घट्दा केही हवाई कम्पनी पोखरा आउनेमा आशावादी थियौं तर कुनै पनि हवाई कम्पनी पोखरा आउन मानेनन्। यसमा दबाब दिन पनि सकिएन। पहुँच नपुगेकै हो,’ उनले भने।  

पर्यटन बोर्डका पूर्व सदस्यसमेत रहेका व्यवसायी बासु त्रिपाठी नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई पोखरा ल्याउने पहल नै कम भएको बताउँछन्। ‘सरकारले गरेको एउटै निर्णयले भैरहवामा उडान हुने तर धेरै पर्यटक भित्रिने पोखरामा उडान नै नहुने भन्नै मिल्दैन। त्यसका लागि पहल कम भएको हो,’ उनले भने, ‘सम्बन्धित निकाय नै पोखराप्रति गम्भीर देखिएको छैन। पोखरामा उडान गर्न कुनै पनि अन्तर्राष्ट्रिय हवाई कम्पनी इच्छुक नभएको भन्ने देखाउने प्रयास मात्र भएको छ ।’ पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषयमा प्राधिकरणले समेत चासो कम दिएको आरोप त्रिपाठीले लगाए।  

‘पोखरा सबैखाले पर्यटकको गन्तव्य हो तर, भैरहवा विशेष पाहुनाको मात्र गन्तव्य हो। त्यसैले पोखरामा पर्यटक आउन नचाहने भन्ने होइन,’ उनले भने, ‘पाहुना पोखरा आउन चाहन्छन् तर, उडान कूटनीतिमा कमजोरी भएकै हो ।’ राजनीतिक पहुँचमा पहल पनि कमजोर भएको उनले बताए। ‘पोखराका लागि राजनीतिक पहुँच नपुगेको पनि हो। गण्डकी प्रदेश सरकारले पनि दबाब दिन सक्नुपर्छ। निजी क्षेत्रको पनि केन्द्रसँग दूरी टाढा देखियो’, उनले भने, ‘प्रदेश सरकार र पर्यटन क्षेत्रले पनि केन्द्रसँग ताकेता गर्न नसकेकै हो ।’  
अर्को समाचार
निर्माणको दुई वर्षमा पनि पोखराबाट नियमित उडान हुन सकेन
१२ पौष २०८१
•
४ मिनेट पाठ
निर्माणको दुई वर्षमा पनि पोखराबाट नियमित उडान हुन सकेन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्‌घाटन भएको दुई वर्ष पुग्न लागेको छ। सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन। 




पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रर्वद्धनमा उल्लेख्य टेवा पुग्ने भन्दै यहाँका सरोकार भएकाहरूले निरन्तर चासो दिँदै आएका छन्। विशेष गरी स्थानीय पर्यटन व्यवसायीहरू सरोकार भएका निकायसँगको छलफल तथा प्रवर्द्धनात्मक उडानमार्फत नियमित र व्यावसायिक रूपमा सञ्चालनका लागि ध्यानाकर्षण गराइरहेका छन्। 

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग छलफल गर्दै प्रवर्द्धनात्मक उडानमार्फत पहल गरिरहेको छ। यसैबीच, पोखरामा हुन लागेको ड्रागन बोट रेसका लागि चीनको छेन्दुबाट बिहीबार चार्टर उडान गरिएको छ। उडानमा एक सय २९ खेलाडीसहित सिचुवान विमान पोखरा उत्रेको थियो। नाट्टाको पहलमा पोखराबाट उत्तिकै सङ्ख्यामा यात्रु बोकेर प्रवर्द्धनात्मक कार्यक्रमका लागि सो विमान काठमाडौँ अवतरण गर्‍यो। यसमा पत्रकार, पर्यटन व्यवसायी र प्रदेशका पर्यटनमन्त्रीहरूको सहभागिता रहेको थियो। 

यस उडानले बढी भार बोकेर जहाज उडान र अवतरण हुन नसक्ने भन्ने भ्रमलाई तोड्न सफल भएको व्यवसायीको भनाइ छ। पूर्ण क्षमतामा उडान र अवतरण भएसँगै विमानस्थल पूर्ण सुरक्षित रहेको सन्देश पनि प्रवर्द्धनात्मक उडानले दिएको छ। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट उडान अवतरणमा कुनै समस्या नरहेको जानकारी दिएका छन्। उनले भने, “पोखरा विमानस्थलले एयरबसजस्ता ठूला जहाज सहजै सञ्चालन गर्न सक्छ भन्ने प्रवर्द्धनात्मक उडानले पुष्टि गरेको छ। अब यो पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ।”

अधिकारीले विमानस्थलको प्रभावकारी उपयोगका लागि सरकारबाट नीतिगत सहयोग र निजी क्षेत्रबाट ठूलो लगानीको सदुपयोग गर्न अग्रसरता आवश्यक रहेकामा जोड पनि दिएका छन्। 

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालका अनुसार पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र चलायमान बनाउन निकै समस्या हुन्छ। “पर्यटनमा ठूलो लगानी छ तर नियमित उडान नहुँदा पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार हुनसकेको छैन, जसले लगानी जोखिममा परेको छ। अन्तर्राष्ट्रियस्तरमै नकारात्मक सन्देश गएको छ”, उनले भने। यस विषयमा क्यानका पदाधिकारी र सम्बन्धित निकायहरूमा निरन्तर ध्यानाकर्षण गराउँदै प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गरिएको जानकारी समेत उनले दिएका छन्। 

पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले विमानस्थलमा नियमित उडानको गर्नु राज्यको दायित्व भएको तर्क गर्छन्। “नागरिकको लगानी रहेको यो विमानस्थलमा उडान सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो। यात्रु खोज्ने काममा निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्छ र यसका लागि नागरिक तहबाट निरन्तर दबाब आवश्यक छ”, उनले भने, “अब विमानस्थलबारे गलत र भ्रमपूर्ण कुरा छर्न कुनै पनि सभ्य नागरिकलाई छुट छैन।  सबैको सामूहिक सहकार्य र समन्वयको खाँचो छ।” 

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नियमित उडानका लागि पहल भइरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास गरेका छन्। “सञ्चालनको दुई वर्षसम्म चार्टर उडानमा सीमित विमानस्थललाई नियमित उडानमा लैजान पर्यटन सम्बद्ध सङ्घसंस्था, सञ्चारमाध्यम र नागरिक समाजले निरन्तर पहल गर्न आवश्यक छ। हामी आफ्नो तर्फबाट यसमा निरन्तर लागिरहेका छौँ। प्राविधिक र पूर्वाधारका चुनौतीहरू हट्दै गएकाले अब नियमित उडान हुने आशा छ”, उनले भने।   

चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो विमानस्थल नेपाल–चीन सहकार्यको उदाहरण मानिन्छ। करिब २२ अर्ब रुपैयाँ लागतमा निर्मित विमानस्थलको निर्माण कार्य चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले गरेको थियो। दुई दशमलव पाँच किलोमिटर लामो रनवे भएको यस विमानस्थलमा वाइडबडी जस्ता ठूला क्षमताका जहाजहरूलाई पनि सहज रूपमा अवतरण गर्न सकिन्छ। आधुनिक नेभिगेसन प्रणाली, अत्याधुनिक टर्मिनल भवन र दैनिक २० हजार यात्रुलाई सेवा दिने सक्ने यसका क्षमता रहेको प्राधिकरणले बताउने गरेको छ। 

गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा अवस्थित यस विमानस्थललाई अन्नपूर्ण सर्किट, मुक्तिनाथ र कैलाश मानसरोवरजस्ता विश्वप्रसिद्ध गन्तव्यमा जान सहज हुने अपेक्षा गरिएको छ। रासस
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस