वल्र्डलिंकले राजस्व तिर्नैपर्ने: सर्वोच्च
१५ कार्तिक २०८१
•
४ मिनेट पाठ
वल्र्डलिंकले राजस्व तिर्नैपर्ने: सर्वोच्च
इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसनले छलेको रोयल्टी तिर्नुपर्ने भएको छ। सर्वोच्च अदालतले कानुनबमोजिम रोयल्टी नतिरेकाले तिर्नुपर्ने फैसला गरेको हो। न्यायाधीश हरिप्रसाद फुयाँल र नहकुल सुवेदीको संयुक्त इजलासले गत वैशाख ३० मा वल्र्डलिंकको रिट निवेदन खारेजीसहित फैसलाको पूर्णपाठ हालै सार्वजनिक गरेको हो।  




वल्र्डलिंकलाई नेपाल दूरसञ्चार प्राधिकरणले २०६९/७० देखि २०७९/८० सम्मको रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) बापत नपुगेको रकम तिर्न पत्राचार गरेको थियो। त्यसपछि महालेखा परीक्षकको कार्यालयले पनि वल्र्डलिंकको बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो। साथै संसद्को सार्वजनिक लेखा समितिले पनि तिर्नुपर्ने उल्लेख गरेको थियो ।

१० वर्षसम्मको बाँकी रोयल्टी रकम भुक्तानी नगरेमा इन्टरनेट सेवा अनुमतिपत्र नवीकरण, अन्य सिफारिसका कामसमेत नगरिने पत्राचार गरेको थियो। आफूले रोयल्टी नतिर्ने दाबीसहित वल्र्डलिंक सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो। सर्वोच्चले कानुनअनुसार रोयल्टी रकम तिर्नुपर्ने ठहरसहित रिट निवेदन खारेज गरिदिएको हो।  

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ४० को उपदफा (२) मा असुल गर्नुपर्ने तथा तिर्नु बुझाउनुपर्ने भनी औंल्याएको बेरुजुको हकमा लेखा उत्तरदायी अधिकृतले कारोबारमा संलग्न पदाधिकारीसँग आवश्यक विवरण स्पष्टीकरण लिनसक्ने व्यवस्था छ। लेखा अधिकृतले नै त्यस्तो बेरुजु असुल गराई समयमै फस्र्योट गर्नु गराउनुपर्ने कानुनी व्यवस्था छ। त्यसकारण यस्तो प्रकृतिको बेरुजु असुलउपर भएपछि वा तिर्नु बुझाउनुपर्ने रकम बुझाएपछि मात्र लगत कट्टा हुने अदालतले फैसलामा उल्लेख गरेको छ। ‘बेरुजुलाई मिनाहा वा छुट गर्न मिल्ने कानुनी व्यवस्था देखिएन’ सर्वोच्चले भनेको छ ।

संघीय संसद्को सार्वजनिक लेखा समितिले दूरसञ्चार नियमावली, २०५४ को नियम २६ बमोजिम लाग्ने रोयल्टी र नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामीण दूरसञ्चार विकास कोष) विनियमावली, २०६८ को विनियम ५ बमोजिम लाग्ने आरटिडिएफका सम्बन्धमा महालेखा परीक्षकको ५५औं प्रतिवेदनमा उल्लिखित बेरुजुका हकमा असुलउपर गर्न निर्देशन दिएको थियो। महालेखा परीक्षकका विभिन्न प्रतिवेदनमा सोही प्रकृतिको बेरुजुका विषयमा उल्लेख थियो ।

एउटै विषयमा फरकफरक निर्देशन हुँदा द्विविधा भएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयले फेरि २०७९ भदौ १४ मा संघीय संसद्को सार्वजनिक लेखा समितिमा पत्र पठाएको थियो। २०८० असोज २६ को समितिको निर्णय ‘राज्यलाई तिर्नुपर्ने कर, राजस्व वा दायित्व समयमै नतिर्ने, कुनै कारण देखाई उन्मुक्ति लिन कोसिस गर्ने प्रवृत्तिप्रति कानुन कार्यान्वयन गर्नुपर्ने निकाय उदासीन भएको देखिन्छ।  

दूरसञ्चार सेवा प्रदायकहरूले राज्यलाई तिर्न बाँकी कुनै पनि प्रकारको राजस्व तीन महिनाभित्र अनिवार्य रूपमा कानुनबमोजिम उसुलउपर गर्नगराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण र सम्बन्धित निकायलाई निर्देश गर्दछ’ भनिएको थियो। 

दूरसञ्चार सेवाप्रदायकले तिर्न बुझाउन बाँकी राजस्व असुलउपर गराउन र नगरेमा त्यस्ता सेवाप्रदायकलाई नियमानुसार कारबाही गर्नसमेत निर्देशन दिएको थियो।  

महालेखा परीक्षकको ५५औं र त्यसपछिका अन्य प्रतिवेदनका सम्बन्धमा समितिले दिएको निर्देशन फरकफरक भई द्विविधा भएकाले स्पष्ट निर्देशन हुन भनी माग गरेको देखिएकामा समितिको निर्णयले दूरसञ्चार सेवा प्रदायकले राज्यलाई तिर्न बाँकी कुनै पनि प्रकारको राजस्व तीन महिनाभित्र असुल गर्ने भनी निर्णय गरेको थियो।  

निर्णयले महालेखा परीक्षकको ५६औं देखि ५८औं प्रतिवेदनका सम्बन्धमा समितिले गरेको निर्णय स्वतः खण्डित भएको देखियो। संघीय संसद्, सार्वजनिक लेखा समितिको पछिल्लो निर्णयले अघिका निर्णयलाई निष्क्रिय बनाइसकेको अदालतले व्याख्या गरेको छ।  

वल्र्डलिंकले सार्वजनिक लेखा समितिको पछिल्लो निर्णयलाई चुनौती दिएको दाबी गरेको थियो। तर, कुनै पनि चुनौती नदेखिएको अदालतको ठहर छ। प्राधिकरण निर्णयसमेतका आधारमा बेरुजु लगत असुलीका लागि निवेदक कम्पनीलाई पत्राचार गर्नु कुनै गलत नभएको उल्लेख छ।  

संघीय संसद्को सार्वजनिक लेखा समितिले महालेखा परीक्षकको ५६औं, ५७औं र ५८औं प्रतिवेदनमा उल्लिखित दूरसञ्चार नियमावली २०५४ को नियम २६ बमोजिम लाग्ने रोयल्टी तथा नेपाल दूरसञ्चार प्राधिकरण ९ग्रामीण दूरसञ्चार विकास कोष० विनियमावली २०६८ को विनियम ५ बमोजिम लाग्ने आरटिडिएफका सम्बन्धमा सपोर्ट चार्ज, मर्मत चार्जबाट प्राप्त आय गणना गर्न नहुने र त्यसलाई गणना गरी देखाइएको महालेखा परीक्षकको प्रतिवेदनको बेरुजुको लगत कट्टा गर्ने भनी पटकपटक विभिन्न मितिमा निर्णय भएका थिए। ‘सार्वभौम संसद्ले आवश्यक र उपयुक्त देखेमा सार्वजनिक लेखा समितिले निर्देश गरेअनुरूप नै कानुन बनाई व्यवस्थापन गर्नसक्ने हुँदा सो सम्बन्धमा थप केही बोलिरहनु परेन’ अदालतले भनेको छ।  

सरकारले दूरसञ्चार सेवालाई अतिआवश्यक सेवाभित्र सूचीकृत गरेको छ। ‘दूरसञ्चार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाई सेवाको प्रबद्र्धन तथा सहजीकरण गर्नेसमेतका सन्दर्भमा सार्वजनिक लेखा समितिले गरेका निर्देशन गरिएका विषय समेटी आवश्यक परे अन्य मुलुकका कानुनी व्यवस्था तथा अभ्याससमेत ग्रहण गरी उपयुक्त नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने आवश्यकता देखिएको’ सर्वोच्चले भनेको छ ।
अर्को समाचार
काठमाडौं गोर्खाज र वर्ल्डलिंकबीच शीर्ष प्रायोजन सम्झौता
३२ असार २०८२
•
१ मिनेट पाठ
काठमाडौं गोर्खाज र वर्ल्डलिंकबीच शीर्ष प्रायोजन सम्झौता
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) बन्ने घोषणा गरिएको छ ।  




सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाबीच हस्ताक्षर गरिएको हो ।  

सम्झौता कार्यक्रममा बोल्दै मनोज कुमार अग्रवालले भने, ‘हाल नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो र यसले सबै उमेर समूहका मानिसलाई जोडेको छ । हामी वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै आएका छौँ । अब काठमाडौं  गोर्खाजमार्फत त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएका छौँ।’  

काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले भने, ‘यस साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौँ र तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।’  

आगामी सिजनका लागि काठमाडौं गोरखाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ । साथै, टोलीले करण केसी (मार्की खेलाडी) सहित भिम सार्की, साहब आलम, रसिद खान, दिपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ सेकेन्ड अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस