खेलाडी बोकेर पोखरा विमानस्थलमा उत्रियो चिनियाँ चार्टर विमान
२२ कार्तिक २०८१
•
३ मिनेट पाठ
खेलाडी बोकेर पोखरा विमानस्थलमा उत्रियो चिनियाँ चार्टर विमान
पोखरामा बिहीबार फेरी अन्तर्राष्ट्रिय चार्टर फ्लाइट भएको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको २ वर्ष बित्दासमेत अन्तर्राष्ट्रिय उडान नियमित नभइरहेको बेला सिचुआन एयरलाइन्सले दोश्रो पटक चार्टर फ्लाइट गरेको हो। चीनको कुनमिङ सहरबाट १३४ पर्यटक लिएर आएको सिचुआन एयरलाइन्सको एयर बस ३१९ चार्टर विमान बिहीबार अपराह्न २ः४० पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।




२०२३ जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि ७ वटा अन्तर्राष्ट्रिय चार्टर फ्लाइट भइसकेका छन्। सिचुआनको यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोश्रो अन्तर्राष्ट्रिय फ्लाइट हो। यसअघि सोही एयरलाइन्सले जनवरी २१, २०२३ मा पोखरामा पहिलो फ्लाइट गरेको थियो।

त्यसअघि हिमालय एयरलाइन्सले जनवरी १, २०२३ मा डेमो फ्लाइट, भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले सेप्टेम्बर ९, २०२३ मा र त्यसपछि नोभेम्बर ८ मा जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री बोकेर चीनका दुई वटा कार्गो जहाज, तथा हिमालयन एयरलाइन्सले थप तीन वटा उडान पोखराका लागि गरेको थियो। त्यसपछि भने पोखरामा अन्तर्राष्ट्रिय उडान भएको थिएन।

बिहीबार भने पोखरामा यही कात्तिक २४ गते हुने अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडमा सहभागी हुन आउने खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी लिएर सिचुआन एयरलाइन्स आएको हो। चीनबाट आएको सो जहाज करिब २ घण्टा पोखरा विमानस्थलमै रहेको थियो भने त्यसपछि ४ः१० बजे काठमाडौंको उडान भरेको थियो। यात्रु लिएर आएको सो विमान काठमाडौं फर्किदा भने रित्तै फर्कियो।

पोखरा आएका खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी फर्किदा भने काठमाडौं हुँदै फर्किने बताइएको छ। पोखराबाट काठमाडौंसम्मको यातायात व्यवस्था अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजक हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए। उनले भने,'काठमाडौंसम्म पुग्ने व्यवस्था हामीले गर्नेछौँ, त्यसपछि उहाँहरू आफूखुसी फर्किनुहुनेछ।’ पोखरा बसाइका क्रममा प्रतियोगिता सकिएको भोलिपल्ट अर्थात कात्तिक २५ गते आइतबार भने चिनिया पर्यटकहरूले पोखराको अवलोकन भ्रमण गर्ने कार्य तालिका रहेको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए।

पोखरामा पुनः चार्टर उडान भएपछि पोखरेलीहरू उत्साहित भएका छन्। तर नियमित अन्तर्राष्ट्रिय उडान नभएकोमा भने दुःख व्यक्त गर्छन्। पर्यटन सम्बद्ध संघ संस्थाहरूको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बिहीबारको चार्टर फ्लाइटले पोखरामा अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने पुष्टि गरेको बताए। उनले भने,।।।१३४ यात्रु लिएर आएको जहाज अवतरण भयो। यसले पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न सम्भव छ भन्ने प्रमाणित ग¥यो । तर नियमित उडान गर्न किन दिइरहेको छैन? प्रश्न उठेको छ।’ पोखरामा अन्तर्राष्ट्रिय उडान हुन नदिनु भनेको पोखरा र गण्डकी प्रदेशमाथिको उपेक्षा भएको बताए। 'बिहीबारको उडानले हामी उत्साहित छौँ तर नियमित नहुँदा उत्तिकै दुःखी पनि छौँ’–उनले थपे।

होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीलेपनि बिहीबारको चार्टर फ्लाइटले आफूहरू उत्साहित बनेको बताए। यसले नियमित फ्लाइट गराउन नैतिक दबाब सिर्जना गर्छ,उनले भने,।।।नियमित उडान गर्ने हो भने पोखरामा पर्यटक ह्वात्तै बढ्छ। जसले अर्थतन्त्र पनि चलायमान गराउँछ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
७ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस