क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
२३ कार्तिक २०८१
•
४ मिनेट पाठ
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ।




कात्तिक दोस्रो साता दुई दिन र बिहीबार गरी दुई पटक अवलोकन–निरीक्षण भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

यसअघि कार्यालय पनि क्षतिग्रस्त सडक पुनःनिर्माणबारे जाइकाको निर्णयको पर्खाइमा थियो। जाइकाको प्राविधिक टोलीद्वारा दुईपटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदनसहित निर्णय आउने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार जाइकाको निरीक्षण–प्रतिवेदनसँगै नेपाल सरकारले पनि पुनःनिर्माणको तयारी गरिरहेको छ।

उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गरेका थिए।

“जाइकाको प्रतिक्रियाको पर्खाइमा पनि छौं, डिसेम्बर पहिलो हप्तासम्ममा जाइकाको निर्णय आएपछि निर्माण थालिनेछ”, इन्जिनियर योगेशले भने, “पुनःनिर्माणका ढिला गर्ने पक्षमा छैनौं, नेपाल सरकारद्वारा तत्कालै निर्माण थाल्नेगरी सरोकारवाला निकायसँग छलफलसँगै सर्वे र डिजाइनको तयारी पनि सुरु भइसकेको छ।”

जाइकाले निर्माण नगरे करिब दुई महिनाभित्र सडकको पुनःनिर्माण गर्न डिभिजन सडक कार्यालयनै सुरु गर्ने उनले जनाए। उक्त राजमार्गको सडक पुनःनिर्माण गर्न सात अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

विपी रानमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा रहेको छ।

बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइएपनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखिनै साँझ छ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ।

केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको छ।

योगेशका अनुसार प्रधानमन्त्री ओलीसँग राजमार्ग पुनःनिर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप छलफल भइरहेको छ। बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरु, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा गत असोज २५ गतेबाट सञ्चालन गरिएको हो।

पछिल्लोपटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी सञ्चालनमा ल्याइएको योगेशले सुनाए। उनका अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब दुई सय मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको छ।

बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमास्थल नेपालथोकसम्म क्षति पुर्‍याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। “राजमार्गको सडक, पुल र कल्भर्टहरु बगेको स्थानमा हाललाई सडक सञ्चालनका लागि अस्थायी संरचना निर्माण गरिएको हो”, योगेशले सुनाए। उनका अनुसार धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बाटो सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ।

पुनःनिर्माण सडक दुई लेनको हुने जनाइएको छ। भत्किएको ठाउँमा खोलाको बगरमै दुई लेनको पुल बनाउने वा भित्ता काटेर सडक बनाउने वा तलबाटै पर्खाल उठाएर सडक तयार गर्ने भन्ने तीन वटा अवधारणामा छलफल भइरहेको योगशले बताए। उनका अनुसार भत्किएका स्थानमा आवश्यकताअनुसार सयदेखि एक सय ५० मिटरसम्मका पुल ठाउँठाउँमा बन्नेछन्।

कार्यालयका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकखण्डको १४ स्थानमा करिब दश किलोमिटर सडक क्षतिग्रस्त गराएको थियो।

राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ।

जाइकाद्वारा निर्मित उक्त राजमार्ग सडक निर्माण गर्दा प्रति किमी ३५ करोड लागत थियो। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो।

खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १ दशमलव १ बिलियन (जापानी येन) लागतका उक्त राजमार्ग निर्माण भएको हो।
अर्को समाचार
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
६ मिनेट अघि
•
१ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ। 




भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्रका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ।

भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए। उनका अनुसार निर्माण प्रक्रिया अघि बढाउन गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ।

केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज सङ्कलनस्थल, वर्गीकरण तथा प्राथमिक प्रशोधनका सुविधाहरू रहनेछन्। विशेषगरी तरकारी, फलफूललगायत स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकताअनुसार बजारसम्म पुर्याउन केन्द्रले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ।

उचित बजार तथा भण्डारणको व्यवस्था नहुँदा कतिपय किसानले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको छ। उत्पादित बस्तु बजारसम्म पुर्‍याउ र लामो समयसम्म सुरक्षित राख्न नसक्दा कृषि उपज खेर जाने समस्या थियो।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भोजपुर र खोटाङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पाँचधारेमा दुवै जिल्लाका कृषि उपजलाई एकीकृत रूपमा सङ्कलन तथा भण्डारण गर्ने लक्ष्यसहित केन्द्र निर्माण गर्न लागिएको बताए। 

उनका अनुसार केन्द्र निर्माणपछि मुन्दुम पदमार्गमा पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ। किसानले उत्पादन गरेका वस्तु सङ्कलन गरी आवश्यकताअनुसार भण्डारण र बिक्री गर्न सकिने भएपछि उत्पादन बढाउन तथा नयाँ खेती प्रणाली अपनाउन किसानलाई प्रोत्साहन मिल्ने छ।

गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य पनि लिएको छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार केन्द्र निर्माणले कृषि उत्पादनको बजारीकरण सहज हुने तथा पाँचधारे आसपासका क्षेत्रमा व्यापारिक गतिविधि विस्तार गर्न पनि सहयोग पुग्नेछ। 

उक्त गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले केन्द्र निर्माणले स्थानीय उत्पादनको सङ्कलनदेखि बिक्री वितरणसम्मको व्यवस्था एउटै संरचनाबाट गर्न सकिने भएपछि टेम्केमैयुङसहित आसपासका क्षेत्रका किसान लाभान्वित हुने बताए।
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस