हवाई भाडा वृद्धिले मारमा पर्यटन क्षेत्र
२५ कार्तिक २०८१
•
४ मिनेट पाठ
हवाई भाडा वृद्धिले  मारमा पर्यटन क्षेत्र
स्तरवृद्धि गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय घटाउँदा उडान कटौती भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा बढाइएको गुनासो पर्यटन व्यवसायीले गरेका छन्। आन्तरिकसँगै अन्तर्राष्ट्रिय हवाई उडानको भाडा वृद्धि हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको व्यवसायीले बताएका हुन्।  




त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबारबाट लागु हुनेगरी राति १० देखि बिहान ८ बजेसम्म व्यावसायिक उडान रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य थालेको छ। यो क्रम चैत १८ गतेसम्म चल्ने छ। यसबाट अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान संख्या कटौती हुँदा एयरलाइन्सले भाडा बढाएको पर्यटन व्यवसायीको गुनासो छ। पोखरा आएका पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेसँगको छलफलमा पर्यटन व्यवसायीले पर्यटक भित्रिने मौसममा विमानस्थल बन्द गरेर पूर्वाधार बनाउँदा मार परेको गुनासो गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा सरकारले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पमा राखेको भए पनि पोखरामा अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय हवाई कम्पनी उडान भर्न तयार भएका छैनन्। भैरहवामा चारवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान थालिसक्दा पोखरामा उडान हुन नसक्दा पर्यटन क्षेत्र थलिएको व्यवसायीको भनाइ छ।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले नेपालमा विदेशी पर्यटक भित्रिने समयमा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान समय कटौती गर्दा पर्यटन क्षेत्र प्रभावित भएको बताए। उनले भने, ‘विमानस्थल सञ्चालन अवधि घटेसँगै हवाई उडान कटौती भएका छन्। सीमित उडान हुँदा भाडा बढाइएको छ। यसले पर्यटकलाई आउजाउमा असर पर्ने पक्का छ।’ पर्यटक आवागमनमा अवरोध खडा गरेर पोखरासहितका पर्यटकीय सहरलाई ‘डेड सिटी’ बनाउन खोजिएको गुनासो उनले सुनाए। ‘मनलाग्दी हवाई भाडा बढाउँदा पनि कारबाही भएन। पर्यटन क्षेत्र अन्योलमा परिसकेको छ,’ उनले भने, ‘पर्यटक भित्रिने मुख्य सिजनमा दिनमा १० घण्टा विमानस्थल बन्द हुँदा त्यसको असर पर्यटन क्षेत्रले बढी बेहोर्नुपरेको छ।’ पर्यटन क्षेत्रसँग सल्लाह नगरी हचुवाका भरमा विमानस्थल सञ्चालन अवधि कटौती गरिएको उनले बताए। ‘पर्यटन क्षेत्र बाँच्नै मुस्किल छ। पर्यटक आउने बाटो नै छैन। हवाई भाडा महंगिएको छ,’ उनले भने।

अगुवा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रमा अहिले सबैतिरबाट अप्ठेरो आइपरेको बताए। उनका अनुसार हवाई र स्थल मार्गको असुविधाले पर्यटकीय गन्तव्यमा पाहुना आउजाउ गर्न सकेका छैनन्। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै दुई वर्ष हुनै लाग्दा पनि अन्तर्राष्ट्रिय उडानको कुनै टुंगो लागेको छैन,’ उनले भने, ‘स्थल मार्गको अवस्था पनि नाजुक छ। पोखरा–काठमाडौं स्थल मार्ग सहज नहुुँदा पर्यटक हिँडडुल नै ठप्प जस्तै भयो।’ अर्का पर्यटन व्यवसायी धर्मराज पन्थीले एक महिना ढिलागरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार थालेको भए अहिलेको सिजनका पाहुना भित्रिने बताउँछन्। ‘डिसेम्बरबाट काम थालेको भए पर्यटक प्रभावित हुँदैनथे। अहिले त बुकिङ गरेका पाहुना पनि आउन पाएनन्,’ उनले भने, ‘यो सिजन डामाडोल भयो। सिजनका बेला विमानस्थल बन्द गर्नु अव्यवहारिक कदम हो।’

व्यवसायीसँगको छलफलमा मन्त्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार थाल्ने योजनासँगै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नेगरी हवाई कम्पनीलाई उडान सार्न अनुरोध गरे पनि पोखराका लागि भने उनीहरू आकर्षित नभएको बताए। ‘सरकारले हवाई कम्पनीलाई पोखरा जानेगरी सहुलियतसहित आकर्षक कार्ययोजना दिए पनि यहाँका लागि उनीहरूको आकर्षण देखिएन,’ उनले भने, ‘पोखरामा आउँदा छुटसहितका प्याकेज सरकारले दिएको हो तर पनि हवाई कम्पनी तयार भएका छैनन्।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सक्दो पहल गरिरहेको पनि सुनाए। ‘म जहाँ जान्छु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरौं भन्छु’, उनले भने। ४० प्रतिशत भार कटौती गरेपछि मात्र न्यारोबडी जहाज पोखरामा आउन सक्ने भन्ने हल्ला चिर्न नेपाल एयरलाइन्सको जहाजमा पूर्ण क्षमतामा यात्रु राखेर परीक्षण उडानको तयारी भइरहेको जानकारी पनि उनले दिए। ‘प्राविधिक समस्याले साँच्चै नै भार कटौती गर्नैपर्ने हो भने भन्नुपर्छ नत्र भने अनावश्यक हल्ला गर्न मिल्दैन,’ उनले भने, ‘अहिलेसम्म पोखरामा जेजति अन्तर्राष्ट्रिय उडान भएका छन, ती कसैले भार कटौती गरेको होइन।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नोभेम्बर मसान्तसम्म दैनिक १० घण्टा बन्द नगरौं भनेर आफूले भने पनि सम्भव नभएको मन्त्री पाण्डेले बताए। विमानस्थलबारे ६ महिनाअघि नै सूचना जारी गरिसकेकाले तत्कालै समय परिवर्तन गर्न नमिल्ने भनेर आफूले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जवाफ पाएको उनले बताए। ‘अहिलेको सूचनालाई पुनरवलोकन गर्ने नै हो भने पनि सूचना जारी गरेको ४२ दिनपछि मात्र कार्यान्वयन गर्न मिल्ने रहेछ,’ उनले भने, ‘त्यसैले तत्कालै हुने अवस्था रहेन।’
अर्को समाचार
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’
०९ जेष्ठ २०८२
•
६ मिनेट पाठ
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’
तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौंबाट मात्र एक घण्टाको दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास मात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ। मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम देखिँदैनन्। हरियालीबीच यहाँको बस्ती अत्यन्तै सुन्दर छ। बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर टाढाबाट राताम्मे भएकाले यस गाउँलाई टाढैबाट देख्न सकिन्छ।




नेपालको ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्त्व बोकेको यो बस्तीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छ भने यतिबेला गाउँलेहरू पर्यटकको पर्खाइमा बसिरहेका छन्। थाहा नगरपालिकाका अनुसार ऐतिहासिक गोपालीहरूको बसोबास रहेको कुञ्छाल गाउँसहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भइसकेको छ। 

नगरपालिकाको तथ्याङ्कानुसार ३८औँ विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पर्यटकीय गाउँ घोषणा गरेको हो। भिटोफले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गर्ने र प्रवर्द्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको बताइएको छ।

‘कुञ्छाल’ गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरूका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरूका अनुसार सय होइन होइन, हजार वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन्। यस गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति नपुर्याएको स्थानीय बताउँछन्।

नेपालको पहिलो त्रिभुवन राजपथसँगै जोडिएको यो बस्ती राजधानी काठमाडौंबाट नौबिसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० किमी टाढा छ। त्यसैगरी, नयाँ खोलिएको थानकोट–चित्लाङ कच्ची बाटो हुँदै त मात्र ३० किलोमिटर पार गर्दा ‘कुञ्छाल’ पुग्न सकिन्छ। फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो ५५ किलोमिटर दूरीमा यो स्थान रहेको छ। 

लिच्छविकालीन राजा अंशु बर्माको समेत शिलालेख रहेको भनिएको यस बस्तीको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो देखिने स्थानीय बताउँछन्। यहाँका अन्य गाउँहरूमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइँ रहेको देखिएता पनि कुञ्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात् हालका गोपाली भन्न रूचाउने गोपालवंशीहरूको मात्र बसाइ रहेको छ।

नेपालकै पुरानो र मौलिक सभ्यता बोकेको गोपालीहरूको बस्ती कुञ्छाल गाउँमा धेरै अनौठा प्रचलन पनि रहेका छन्। यस बस्तीमा एक अनौठो चलन छ। यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ। कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो।

एक सय ७३ घरपरिवार भएको ‘कुञ्छाल’ यस गोपाली गाउँमा युवादेखि वृद्धवृद्धासम्म मिलेर सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको गाउँका अगुवा ७३ वर्षीय विष्णु गोपालीले बताए। उनका अनुसार गाउँमा पुर्खाले नै बनाएको संरचना यथावत भएका कारण यसलाई बिग्रन नदिनेमा गोपालवंशदेखि रहेको र तीन सय वर्ष पुराना हुन् भन्ने प्रशस्त प्रमाण भेटिने उनको दाबी छ। उनी भन्छन्, 'हामीले बोल्ने नेवारी भाषा काठमाडौंमा बोलिने भाषाभन्दा फरक छ। शब्द, लवजमा नै धेरै फरक छ, हाम्रो भाषालाई प्राचीन नेपालमण्डलभित्रका भाषाभन्दा हुन्छ।' उनका अनुसार नेपाल भाषाको इतिहास, मौलिकता आदि अध्ययन गर्न धरैजना आउने गर्छन्।

त्यसैगरी, यहाँका महिलाहरू पनि पहिलेदेखि नै पुरुषसरह काम गर्ने गरेको ७० वर्षीया माइजुमाया गोपालीले बताइन्। थाहा आन्दोलनमा प्रणेता रूपचन्द्र विष्टले गाउँको डबलीमा बसेर दैनिक दिने शिक्षाका कारण तत्कालीन समयमा पनि महिलाहरूले पढ्न र अधिकारका कुरा गर्न थालेको उनी सम्झिन्छिन्। तत्कालीन जनयुद्धमा छोरी गुमाएकी उनलाई अहिलेको परिवर्तनमा आफ्नो परिवारले रगत बगाएकामा पनि निकै गर्व महसुस हुने गरेको बताउँछिन्। उनका अनुसार तत्कालीन समयदेखि काम गर्ने, समय खेर नफाल्ने भन्ने सोच पलाएका कारण आफू यो उमेरमा पनि खेती गरेर खाइरहेको सुनाउँछिन्।

उनका अनुसार यहाँ पुरुषले पनि भान्साको काम गर्ने गर्छन् भने महिलाहरूले पनि पुरुषसरह खेतीपातीको काम गर्छन्। यहाँ आउने पाहुनालाई आफ्नै खेतीबाट उब्जेको अन्न तथा सागसब्जी खुवाउने उनको भनाइ छ।

थाहा नगरपालिका प्रमुख विष्णु विष्टले यहाँ हरेक १२ वर्षमा एकपटक देवीनाच लाग्ने गरेको र यो नाचको सम्बन्ध काठमाडौंको केन्द्र हनुमानढोका दरबारसँग रहेको जानकारी दिए। यस नाचलाई हनुमानढोका दरबारको डबलीमा देखाइने चलन पनि रहेको उनी बताउँछन्। उनी भन्छन्, 'कुञ्छाललाई एउटा जीवित सङ्ग्रहालयका रूपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरूपलाई नै निरन्तरता दिने र यहाँको मौलिक स्वरूप, परम्परागत पेसा नै यहाँका स्थानीयको समृद्धिको आधार बनाउन हामीले जोड दिइरहेका छौँ।'

मकवानपुरको पहाडी भेग अझ काठमाडौं उपत्यका नजिकका घर २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भए पनि यहाँ कुनै क्षति नभएको नगरप्रमुख विष्टले जानकारी दिए।

नगरप्रमुख विष्टका अनुसार पुरानो बस्ती कुञ्छालका बासिन्दा असाध्यै मेहेनती छन्। कृषि र पशुपालन उनीहरूको मुख्य पेसा र आम्दानीको स्रोत रहेको उनी बताउँछन्। पछिल्लो समय गोपाली समुदायले होमस्टे सञ्चालनका लागि आफैँले खर्च जुटाएर आवश्यक व्यवस्थापन गरेको छ। महिला–पुरुषमा कामका हिसाबले भेदभाव नहुनु यहाँको विशेषता हो। बस्ती छेवैको बजारमा मिल भए पनि स्थानीयलाई घरकै ओखलमा कुटेको चामल खाँदा स्वादिलो लाग्ने गर्छ। पर्यटकलाई उसिनेको चामलको भात खुवाउने यहाँको चलन रहेको छ।

पदयात्राको समेत सम्भावना

थाहा नगरपालिकाको वडा नं १ र ६ मा पर्ने टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्नका लागि राजधानी काठमाडौंबाट गणेशमानसिंह मार्ग चन्द्रागिरि–चित्लाङ हुँदै करिब एक घण्टामा पुग्न सकिन्छ। त्यस्तै बागमती प्रदेशको राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै करिब तीन घण्टामा पुग्न सकिन्छ। टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्न कुञ्छाल गाउँबाट वा नजिकैको सरस्वती बजारबाट सुरु गर्न सकिन्छ।

बज्रबाराहीको सरस्वती बजारबाट बाराहीचौर हुँदै नासपाती बगैँचा भ्रमण, कुञ्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ। उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न सकिन्छ।

वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन यही रूटमा गर्न सकिन्छ। ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हुँदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकनपश्चात थाहानगरकै प्रमुख शक्तिपीठका रूपमा रहेको वाराही मन्दिर र सँगैको चौरबाट पैदल जङ्गल सफारीसँगै पैदलमार्गमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ।

बाराही मन्दिरबाट उकालो हिँडेर पुगिने बानराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ। निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर रहेको छ। बाराही डाँडाबाट पुनः जङ्गल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ। स्थानीयहरूको आत्मीय व्यवहार र स्वागतसहितको पैदलयात्रासँगै केही दिनको भ्रमण र बस्नका लागि पनि थाहानगरको बज्रबाराहीमा होटलको राम्रो व्यवस्था भएको तथा कुञ्छालमै रहेका होमस्टेमा पनि बस्न सकिन्छ। रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस