छठविदापछि लगातार दुई कारोबार बढेर बन्द भएको नेप्से परिसूचक मंगलबार घटेर बन्द भएको छ।
आज नेप्से परिसूचक ११.२४ अंक घटेर २७४८.९६ विन्दुमा झरेको छ। त्यसैगरी सेन्सेटिभ इण्डेक्स १.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अंक घटेको छ।पछिल्ला दुई कारोबार दिनमा नेप्से परिसूचक ८४.६८ अंक बढेको थियो।
नेप्सेसँगै आज कारोबार पनि घटेको छ।अघिल्लो कारोबार दिन अर्थात सोमबार ११ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१२ स्टकको ८२ हजार ५७० पटकको कारोबारमा ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज नेप्से घटेपनि आज ४ वटा कम्पनी शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज गुराँस लघुवित्त वित्तीय संस्था, मेन्छियाम हाइड्रोपावर,बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
आज १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।
साताको चौथो कारोबार दिन बुधबार सेयर मापन परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।
बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा झारेको छ। दिनभरजसो सेयरबजार तीव्र उतारचढावपूर्ण हुँदै कारोबार बन्द हुने बेला घट्यो।
बुधबार १५३ कम्पनीको सेयर घट्यो भने ८० कम्पनीको सेयर बढ्यो। १४ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड १० लाख ५९ हजार ९ सय ४९ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८९ करोड ७० लाख २२ हजार ५ सय ९८ रुपैयाँको सेयर कारोबार भयो।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भयो। सेन्सेटिभ सूचक ०.७३ अंकले घट्यो भने फ्लोट सूचक पनि ०.७० अंकले घट्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि ०.२२ अंकले घट्यो।
नेप्सेका १३ उपसमूहमध्ये बुधबार ११ उपसमूहको सेयर घट्यो भने दुई उपसमूहको सेयर बढ्यो। बुधबार घट्ने उपसमूहमा विकास बैंकतर्फ रह्यो। सो उपसमूह ४०.६२ अंकले घट्यो। त्यसैगरी जीवनबीमातर्फ पनि ३८.०५ अंक र हाइड्रोपावरतर्फ पनि ३३.४३ अंकले घट्यो।
बुधबार बढ्ने उपसमूहमा बैंकिङतर्फ १.१३ अंक र म्युचुअल फण्डतर्फ पनि ०.०२ अंकले बढेको छ। बुधबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा चन्द्रगिरी हिल्स कम्पनी र मिडसोलु हाइड्रोपावर कम्पनी रह्यो। ती दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।
बुधबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा तेह्रथुम पावर कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। त्यसैगरी एनएमबी माइक्रोफाइनान्स कम्पनीको सेयर पनि ६.२० प्रतिशत र सिवाईसी लघुवित्त कम्पनीको सेयर ५.१४ प्रतिशतले घटेको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको थियो। आइतबार १७७ कम्पनीको सेयर घट्यो भने ६४ कम्पनीको सेयर बढ्यो। ६ कम्पनीको सेयर स्थिर रह्यो। आइतबार दुई करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको सेयर कारोबार भएकाे थियाे।
साताको दोस्रो कारोबार दिन सोमबार दिनभरजसो नेप्से उतारचढावपूर्ण हुँदै ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा झरेको थियो। सोमबार २०९ कम्पनीको सेयर घट्यो भने ३६ कम्पनीको सेयर बढ्यो। दुई कम्पनीको सेयर स्थिर रह्यो। सोमबार एक करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार तीन रुपैयाँको सेयर कारोबार भयो।
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ०.४० अंकले घटेर २०८८.२९ विन्दुमा झरेको थियो। सो दिन १३७ कम्पनीको सेयर घट्यो भने १०३ कम्पनीको सेयर बढ्यो। आठ कम्पनीको सेयर स्थिर रह्यो।
मंगलबार एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता सेयर किनबेच हुँदा चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ रुपैयाँको सेयर कारोबार भएकाे थियाे।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...