एउटै वडामा तीन करोडको सिमी, प्रतिकेजी २०० मा विक्रि हुँदा किसान हर्षित
०६ मंसिर २०८१
•
२ मिनेट पाठ
एउटै वडामा तीन करोडको सिमी, प्रतिकेजी २०० मा विक्रि हुँदा किसान हर्षित
File Photo
जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यसवर्ष तीन करोड रुपैयाँ बराबरको सिमी उत्पादन भएको छ। गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो।




यहाँका आठवट स्थानीय तहमध्ये सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा रारा गाउँ चिनिने गरेको वडा नं १ का वडाध्यक्ष जङगबहादुर बस्नेतले जानकारी दिए। विगतमा आठ क्विन्टलभन्दा बढी उत्पादन नहुने गरेकामा यस वर्ष बढी खेती गर्नेले १५ क्विन्टल र कम खेती गर्नेले चार क्विन्टलसम्म सिमी उत्पादन गरेका छन्। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब ८० प्रतिशतले उत्पादन वृद्धि भयो। 

वडाध्यक्ष बस्नेतले गाउँमा सिँचाइको सुविधा पुर्‍याउन चालु आर्थिक वर्षमा वडा कार्यालयले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। यसअघि सिँचाइको सुविधा नहुँदा किसान आकासे पानीको भर पर्नुपरेको थियो। गाउँमा पानी पुर्‍याउन स्थानीय सरकारले निरन्तर योजना बनाएर कार्यान्वयन गरिरहेको उनको भनाई छ।  

सिमी बढी उत्पादन हुने वडा नं १ मा दुई सय ९० परिवार छन्। अहिले गाउँमा पुगेर व्यापारीले प्रतिकेजी दुई सय रुपैयाँका दरले सिमी खरिद गर्ने गरेका राराका स्थानीय नर रावतले जानकारी दिए। वडालाई सिमी उत्पादनको पकेट क्षेत्रसमेत मानिएको छ। सिमी लगाउने र फल्ने मौसममा वर्षा हुनुका साथै सहज सिँचाइ सुविधा भएपछि उत्पादनमा वृद्धि भएको उनी बताउँछन्।  

गाउँका किसानलाई लक्षित गरेर ‘एक गाउँ एक उत्पादन’को रणनीति ल्याएर स्थानीय तहले काम गरिरहेको छ। गाउँबाट सबैभन्दा बढी सिमी उत्पादन गर्ने किसानलाई प्रोत्साहनसमेत गरिने तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताए। उक्त वडाको मुख्य आम्दानी सिमी र स्याउ हो। अब सिमी र स्याउ खेतीलाई थप प्रवर्द्धन गर्न गाउँपालिकाको तर्फबाट यहाँका किसानलाई अनुदान उपलब्ध गराइने उनले जानकारी दिए।  

सिमीको पकेट क्षेत्र भनेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाले तिला–१ रारालाई सिमी जोन कार्यक्रम लागु गरेको छ। उक्त पालिको वडा नं १ सहित २, ८ र ९ वडाको आठ सय क्षेत्रफल हेक्टरमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख खेमराज शाहीले जानकारी गराए। । रासस
अर्को समाचार
टोकन प्रणालीबाट सहज सरकारी सेवा पाएपछि नगरवासी हर्षित
०५ जेष्ठ २०८२
•
२ मिनेट पाठ
टोकन प्रणालीबाट सहज सरकारी सेवा पाएपछि नगरवासी हर्षित
जुम्लाको चन्दननाथ नगरपालिका–४, भारतीबाडाका प्रकाश उपाध्याय भेटघाटका लागि नगरपालिका कार्यालय पुगे। त्यहाँ उनले ठूलो अक्षरमा ‘एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र’ लेखिएको देखे। 




अचम्म मान्दै सहयोगी कर्मचारीसँग सोधे, ‘म हाकिमलाई भेट्न आएको छु, हुनुहुन्छ कि?’ कर्मचारीले जवाफ दिए, ‘हाकिम कार्यकक्षमा छन्, तर टोकन लिनुपर्छ।’ उपाध्यायले टोकन लिए, दर्ता गराए र हाकिमसँग भेटे। सामान्य भेटघाटपछि उनी घर फर्के।

प्रकाश मात्र होइन, चन्दननाथ नगरपालिकामा पुग्ने सबै सेवाग्राहीले यही तरिकाले सेवा लिन्छन्। पहिले जस्तो कोठा–कोठा धाउनुपर्ने बाध्यता अब छैन। टोकन लिएर एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्रमा पुगेपछि कर्मचारीले काम सकेर खबर गर्छन्। काम कति समय लाग्छ वा कति भयो भन्ने जानकारी प्रतीक्षा कक्षको स्क्रिनमा हेर्न सकिन्छ।  

नगरपालिका–३ की रमा उपाध्यायलाई मूल ढोकामा कर्मचारीले काम सोधेर टोकन लिई केन्द्रमा जान सुझाए। टोकन प्रणालीबाट बसेर सेवा लिएपछि उनी खुसी भइन्। उनले भनिन्, ‘काम सक्दा ढिलो हुन्छ होला सोचेको थिएँ। तर, एकैछिनमा भयो। कोठा–कोठा धाउनु परेन, एकै ठाउँमा सेवा पाइयो।’ 

सेवाग्राहीलाई सहज र कम समयमा सेवा दिन चन्दननाथ नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गरेको छ। सुरुमा सोधपुछ कक्षमा सहजीकरण गरिन्छ। त्यसपछि सेवाग्राहीले भेटघाट वा कामको टोकन लिन्छन्। जनप्रतिनिधि वा कर्मचारी भेट्न पुगेकाले १० मिनेटभन्दा बढी कुर्नु पर्दैन। अन्य कामका लागि पुगेकाहरू केन्द्रमा जान्छन्। त्यहाँ कार्यालय स्वचालन प्रणालीमार्फत सेवाको प्रकृतिअनुसार दर्ता हुन्छ। फाइल दर्तापछि कर्मचारीले वर्गीकरण गरी सम्बन्धित शाखालाई समय तोकेर काम पठाउँछन्।  

हरेक शाखाले सिस्टममार्फत कामको जानकारी पाउँछ र तोकिएको समयमा सक्छ। कागजात नपुगेमा सुरुमै सेवाग्राहीलाई प्रमाण जुटाउन भनिन्छ। गुनासोका लागि पेटिकाको व्यवस्था पनि छ।  

स्थानीय सूर्य थापाले सहज सेवा पाउँदा खुसी लागेको बताए। उनले भने, ‘पहिले कसैले के पुगेन, कसैले के भन्थे, सेवा लिनै मन लाग्दैनथ्यो। अहिले एकै ठाउँमा बसेर सेवा पाइन्छ।’ योजना सम्झौता, रकम भुक्तानी, प्रस्तावना पेस गर्न टोकन लिनुपर्छ, जसले सेवा सहज भएको छ।  

पहिले टोकन नहुँदा सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्थ्यो। हल्ला र विवादले पालो पाउन कठिन हुन्थ्यो। पहुँचवालाको काम छिटो र पहुँच नहुनेले हप्तौँ कुर्नुपर्थ्यो। तर, टोकन प्रणालीले सबैको आवाज सुनिन्छ। थापाले भने, ‘अहिले हरेक कोठामा फाइल पुर्‍याउनु पर्दैन। दर्ता भएको फाइल कर्मचारीले सम्बन्धित फाँटमा पुर्‍याउँछन्।’  

उपप्रमुख रामदेवी खड्काले एकीकृत सेवा प्रवाहले नागरिकलाई सेवा दिन सहज भएको बताइन्। नियमित र अत्यावश्यक सेवासँगै समावेशी योजना र बजेट निर्माणमा पनि सजिलो भएको उनको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने, ‘टोकनले कर्मचारी पनि नियमित छन्। सेवाग्राहीले दुख पाएका छैनन्।’ हालसम्म एक हजार २४८ जनाले टोकनमार्फत सेवा लिएको तथ्याङ्क छ। अन्य सात गाउँपालिकामा पनि यो अभ्यास आवश्यक रहेको बताइएको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस