बढ्यो राजस्व सङ्कलन
०६ मंसिर २०८१
•
२ मिनेट पाठ
बढ्यो राजस्व सङ्कलन
.
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ। 




अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो। चालु आवको चार महिनामा तीन खर्ब २३ अर्ब २४ करोड राजस्व सङ्कलन भएको छ।

सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको भने देखिदैँन। पछिल्लो पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आव २०७६/७७ मा ११ खर्ब १२ अर्ब तीन करोड लक्ष्य रहेकोमा ७१ दशमलव ३८ प्रतिशत प्रगति भएको थियो।

आव २०७७/७८ मा १० खर्ब ११ अर्ब ७६ करोड लक्ष्य रहेकामा ९२.५० प्रतिशत, आव २०७८/७९ मा ११ खर्ब ८० अर्ब ६० करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा ९०.२४ प्रतिशत, आव २०७९/८० मा १४ खर्ब तीन अर्ब १५ करोड राजस्व सङ्कलनको लक्ष्य रहेकामा ६८.२३ प्रतिशत र गत आव २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व सङकलनको लक्ष्य रहेकामा ७४.५४ प्रगति भएको थियो। 

चालु आवको वार्षिक राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको मन्त्रालयले जनाउको छ। यो लक्ष्य भनेको गत आवको यथार्थ असुलीको तुलनामा करिब ३४ प्रतिशतको वृद्धि हो।

यसैमध्ये चालु आवको प्रथम चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा चार खर्ब ६ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा तीन खर्ब २३ अर्ब २४ करोड अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व सङ्कलन भएको छ। यो गत वर्षको यसै अवधिको राजस्व सङ्कलनको तुलनामा १६.८५ प्रतिशत वृद्धि बढी हो। 

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व स्कलनको लक्ष्य प्राप्त गर्न स्रोत र खर्च व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै करको दायरा विस्तार, बक्यौता असुली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचारण, अन्तरमन्त्रालय समन्वय, भन्सार विन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौतीलगायत पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक रहेको बताए।

उनले कर सङ्कलन प्रणाली तोड्न (सिस्टम ब्रेक) खोज्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्नसमेत निर्देशन दिए।

अर्थ सचिव डा. रामप्रसाद घिमिरेले राजस्वको लक्ष्य पूरा गर्ने गरी मन्त्रालय अघि बढ्ने बताउँदै राजस्व सङ्कलन रणनीति कार्यान्वयनमा जोड दिए। उनले राजस्वको लक्ष्य प्राप्त गर्न सरोकार भएका सबैले थप मेहनतका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

अर्थ मन्त्रालयमा प्रवक्ता महेश भट्टराईले विगतको तुलनामा राजस्व सङ्कलन वृद्धि भए पनि चालु आवको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबीच समन्वय तथा सहयोग जरुरी रहेको जनाउँदै त्यसलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको बताए।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व सङ्कलनका क्षेत्रमा देखा परेका अवसर र कमजोरीलाई ख्याल गर्दै राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आफूहरूले सक्दो पहल गरिरहेको बताएका थिए।
अर्को समाचार
वैदेशिक व्यापार बढ्यो, राजस्व लक्ष्य भने साढे ३५ अर्ब कम
०९ मंसिर २०८२
•
३ मिनेट पाठ
वैदेशिक व्यापार बढ्यो, राजस्व लक्ष्य भने साढे ३५ अर्ब कम
मुलुकको वैदेशिक व्यापारमा सुधार देखिए पनि सरकारले भन्सार विन्दुबाट अपेक्षित राजस्व सङ्कलन गर्न सकेको छैन।




चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा आयात–निर्यात बढे पनि भन्सार राजस्व भने लक्ष्यभन्दा ३५ अर्ब ५२ करोड रुपैयाँले कम सङ्कलन भएको हो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १ खर्ब ९४ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो।

तर, यस अवधिमा विभागले १ खर्ब ५८ अर्ब रुपैयाँ मात्र सङ्कलन गर्न सकेको छ। यद्यपि, गत आर्थिक वर्षको तुलनामा भने राजस्व सङ्कलनमा साढे ११ अर्ब रुपैयाँले वृद्धि भएको छ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १ खर्ब ४६ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

जाँचपासमा कडाइ गर्न ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको स्वीकार गर्दै यसमा सुधार ल्याउन नयाँ प्रणालीहरू लागू गरिएको जानकारी दिए।

भन्सार जाँचपासका क्रममा हुन सक्ने न्यून बीजकीकरण र मालवस्तुको वर्गीकरणमा हुने त्रुटि रोक्न विभागले ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रयोगमा ल्याएको छ।

‘हामीले विराटनगर र वीरगञ्ज भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन सफ्टवेयर जडान गरिसकेका छौँ, अबको केही दिनमा भैरहवा भन्सारमा पनि यो प्रणाली जडान गर्नेछौँ,’ सूचना अधिकारी बर्तौलाले भने।

यो प्रणालीले सामानको मूल्याङ्कन कम गराएर वा महँगो वस्तुलाई सस्तो वस्तुका रूपमा भित्र्याएर हुने राजस्व चुहावटलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग र भन्सार विभागबीचको समन्वयमा चोरी–निकासी नियन्त्रण गर्न सके आन्तरिक र भन्सार राजस्व दुवैमा वृद्धि हुने विभागको विश्वास छ।

आयात बढ्दा पनि किन बढेन राजस्व ?

आयातको परिमाण बढे पनि सोही अनुपातमा राजस्व नबढ्नुमा सहुलियत र कर छुटका व्यवस्थाहरू मुख्य कारण रहेको विभागले जनाएको छ।

सूचना अधिकारी बर्तौलाका अनुसार होटल निर्माण तथा हाइड्रोपावरका निर्माण सामग्रीमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था छ। यसका साथै वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूका सामग्री आयातमा पनि पूर्ण वा आंशिक भन्सार छुट दिइएको छ।

‘तथ्याङ्कमा आयात बढेको देखिए पनि कम भन्सार दर र छुट भएका सामग्रीको हिस्सा ठूलो हुँदा राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको हो,’ बर्तौलाले स्पष्ट पारे। विभिन्न निकायको सिफारिसमा हुने भन्सार छुटले पनि कुल राजस्वमा प्रभाव पारेको छ।

यद्यपि, विभागले चालु आर्थिक वर्षको वार्षिक लक्ष्य भेट्टाउने दाबी गरेको छ। नयाँ बजेट कार्यान्वयनसँगै करका दरहरू हेरफेर भएका वस्तुहरूको आयात बढ्ने र नयाँ प्रणालीको प्रभावकारिताले आगामी महिनाहरूमा राजस्व सङ्कलन ह्वात्तै बढ्ने विभागको आंकलन छ।

भन्सार विभागले चालु आर्थिक वर्षका लागि कुल ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ।

जसमध्ये पहिलो चौमासिकसम्म १ खर्ब ५८ अर्ब ७६ करोड रुपैयाँ सङ्कलन भएको छ। गत आर्थिक वर्ष ५ खर्ब ८२ अर्ब ६७ करोडको लक्ष्य रहेकोमा ४ खर्ब ८४ अर्ब ७० करोड (८३.१ प्रतिशत) राजस्व असुली भएको थियो।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस