उद्योगीहरूको गुनासो: सरकारले अवसर दिएन
०९ मंसिर २०८१
•
३ मिनेट पाठ
उद्योगीहरूको गुनासो: सरकारले अवसर दिएन
विराटनगरमा उच्च स्तरीय आर्थिक सुधार आयोगको कार्यक्रममा सहभागीहरू। तस्बिरः विनोद सुवेदी/नागरिक
मोरङका उद्योगीहरूले सरकारले अवसर नै नदिएको गुनासो गरेका छन्। उच्च स्तरीय आर्थिक सुधार आयोगले आइतबार विराटनगरमा आयोजना गरेको छलफल तथा अन्तर्क्रियामा उद्योगीहरूले सरकारले अवसर नै नदिएको गुनासो गरेका हुन्।




नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका उपाध्यक्ष प्रकाश मुण्दडाले सरकारको नीतिले  नै उद्योग व्यवसाय बिस्तारमा अवरोध गरिरहेको गुनासो गरे। मुण्दडाले सरकारको नीति निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने र उद्योग व्यवसायमा सहयोग पुग्ने हुनुपर्ने तर, नेपालमा उल्टो अवस्था रहेको बताए।

मुण्दडाले भने, ‘उद्योगीलाई अवसर दिनुहोस् अनि हेर्नुहोस् देशको आर्थिक अवस्था कहाँ पुग्दो रहेछ।’ मुण्दडाले सरकारको नीतिले देशको आर्थिक वृद्धिलाई अवरोध गरिरहेकाले उच्च स्तरीय आर्थिक सुधार आयोगले उद्योग व्यापारका अवरोधलाई हटाउने गरी  सरकारलाई सुझाव दिन आग्रह गरे। मुण्दडले अहिले नेपालमा अधिक उत्पादनको अवस्था रहेको बताए। युवाहरू विदेशीने क्रम बढेसँगै नेपालका उद्योगहरूको उत्पादनले बजार पाउन छाडेको उनले बताए। १२ कक्षा पास गरेपछि नेपाल नै नबस्ने प्रवृत्ति बढ्दै जाँदा युवा पलायनका कारण समग्र अर्थतन्त्र नै प्रभावित भइरहेको उनको भनाई छ।

एकातर्फ युवाहरूको पलायन र अर्कोतर्फ सीमावर्ती भारतीय बजारमा  नेपाली उपभोक्ताको आकर्षणले नेपाली उत्पादनले निरन्तर बजार गुमाइरहेको मुण्दडाले बताए। उनले सीमावर्ती भारतीय बजार मूल्यलाई आधार मानेर नेपालमा करका दरहरू निर्धारण गर्न र लचिलो कर नीति अवलम्बन गर्ने व्यवस्था गर्न सुझाव दिए।

विराटनगरका वरिष्ठ उद्योगी महेश जाजुले सरकारलाई सुझाव दिनु अँध्यारोमा ढुङ्गा हान्नु जस्तै भएको टिप्पणी गरे। जाजुले जतिसुकै सुझाव दिए पनि सरकारको व्यवहारमा परिवर्तन कहिल्यै नआएको गुनासो गरे। उनले भने,‘सरकारका मन्त्री, कर्मचारी, प्रधानमन्त्री सबैलाई बारम्बार सुझाव दिए पनि उद्योगीको सुझावलाई जहिलै बेवास्ता गरिएको छ।’ सरकारले विदेशी मुद्राको सञ्चिति बढेको अर्थतन्त्रमा सुधार आएको राम्रो तथ्याङ्क देखाउने गरेको भए पनि वास्तविकता सरकारले देखाएजस्तो नभएको जाजुले बताए। 

जाजुले अवैध आयात र सीमावर्ती क्षेत्रमा हुने तस्करी नरोकेसम्म नेपालको अर्थतन्त्रमा सुधार आउनै नसक्ने ठोकुवा गरे। उनले करका दरलाई चर्को बनाएर धेरै राजस्व उठाउने सरकारको ध्येय नै उचित नभएको बताए। जाजुले चर्को कर लिएर धेरै राजस्व उठ्ने नभई उपभोक्ता भारतीय बजारतर्फ पलायन भई उठ्नुपर्ने राजस्वसमेत नउठ्ने अवस्था रहेको बताए। जाजुले  नेपालको करको दर लचिलो बनाउन सुझाव दिए। उनले भारतको करको दरलाई आधार मानेर नेपालको पनि करको दरलाई परिमार्जन गर्न सुझाव दिए। जाजुले सरकारले नेपाली उत्पादन निर्यात गर्न सरकारले सहजीकरण नगरेको गुनासो गरे। उनले उद्योगीहरूले विदेशका ‘ट्रेड फेयर’मा आफ्ना उत्पादन प्रदर्शनी गर्न जाँदासमेत सरकारले स्टल राख्न पनि कुनै सहयोग नगरेको बताए। ‘आफ्नो पैसा लगानी गरेर विदेशी फेयरमा स्टल राख्नसमेत सरकारले सहयोग गर्दैन’ जाजुले भने‘निर्यातका लागि सरकारले अरु के सहयोग गर्ला?’

मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले सरकारले नेपालको उद्योग व्यापार क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्था नै नगरेको आरोप लगाए। उनले परम्परागत रुपमा भएका नीतिहरू समय सान्दर्भिक नबनाएसम्म नेपाली उद्योग व्यापार क्षेत्रले फड्को मार्न नसक्ने स्पष्ट पारे। सारडाले भारतको व्यापार नीति हेरेर नेपालले पनि आवश्यक नीति तय गर्न  सुझाव दिए। उनले भारतीय बजारसँगै धेरै मूल्य फरक नपर्ने गरी करका दरहरू परिमार्जन गर्ने र जुनसुकै वेला करको दरहरू परिमार्जन गर्न सकिने गरी कर नीतिलाई लचिलो बनाउनुपर्ने सारडाको धारणा छ। 
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४७ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस