नेपाल रिपब्लिक मिडिया लिमिटेडको चौथो वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। नेपालको पहिलो पब्लिक मिडिया कम्पनी नेपाल रिपब्लिक मिडियाले नागरिक दैनिक, रिपब्लिका दैनिक, नागरिकन्यूजडटकम, माइरिपब्लिकाडटकम लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको छ।
वार्षिक साधारण सभाका वक्ताहरूले रिपब्लिक मिडियाले जनउत्तरदायी भएर गुणस्तरीय पत्रकारिता गर्ने प्रतिवद्धता व्यक्त गरे। आधुनिक प्रविधिको प्रयोग गरेर विश्वसनीय र पारदर्शी पत्रकारितामा आफूहरू समर्पित भएको उनीहरूले बताए।
उक्त अवसरमा अध्यक्ष बिनोदराज ज्ञवालीले रिपब्लिक मिडियाले नागरिकप्रति उत्तरदायी भएर काम गर्दै आएको बताए। यसले सधैँ नवीनतम सोच र तीव्र रूपमा विकास भइरहेको प्रविधिलाई पछ्याउँदै व्यावसायिक पत्रकारिता गर्दै आएको धारणा राखे।
‘विश्वसनीयता र पारदर्शीताको मार्गदर्शन अनुरूप नै सञ्चार माध्यम सञ्चालन गर्दै आएका छौँ,’ ज्ञवालीले साधारण सभामा भने, ‘नेपाली पत्रकारिताको क्षेत्रमा सधैँ पाठकहरूको चाहना अनुरूपका प्रकाशन पाठक समक्ष पुर्याउनुपर्छ भन्ने मान्यता राख्दै आएका छौँ।’
कम्पनीको आर्थिक वर्ष २०८०/८१ को व्यावसायिक तथा आर्थिक गतिविधि सुधारोन्मुख रहेको अध्यक्ष ज्ञवालीले बताए। ‘विभिन्न चुनौतीका बाबजुद पनि व्यावसायिक तथा आर्थिक उपलब्धि हासिल गर्न सफल भएका छौँ,’ ज्ञवालीले भने, ‘सेयर धनीहरूको दृष्टिकोण र आवश्यकता अनुरूप सञ्चालक समितिलाई थप पारदर्शी बनाउन पूर्ण रुपमा प्रतिबद्ध छौँ।’
मिडियालाई माथि उठाउनका लागि सबै शेयर सदस्यको साथ र सुझाव आवश्यक रहेको बताए। विज्ञापनमा सघाउन पनि शेयर सदस्यलाई ज्ञवालीले आग्रह गरे। चार लाख शेयर सदस्यले आवश्यक सहयोग गर्न आह्वान गरे। ज्ञवालीले तीन वर्षमा शेयर सदस्यलाई मुनाफा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे।
कम्पनीको आ.ब.२०८०/०८१को वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष संचालन खर्च २७.३२ प्रतिशतले घटेको छ। यसैगरी वितरण खर्च ३४.७४ प्रतिशतले घटेको छ भने ब्याज तथा बित्तियखर्च ४०.५८ प्रतिशतले घटेको छ।
संस्थाको खुद नाफा गत आर्थिक वर्षको तुलनामा शतप्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ।
साधारण सभामा मिडियाकी सञ्चालक शोभा ज्ञवालीले जनताको सूचनाको अधिकारलाई अन्तर्राष्ट्रिय पहुँचसम्म पुर्याउने काम गरेको बताइन्। सत्य तथ्य सूचनामार्फत सुसूचित गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको उनले बताइन्।
‘सम्पूर्ण छापा तथा अनलाइन माध्यमहरूलाई अझै स्तरीय बनाउने उद्देश्यका साथ प्रविधिमैत्री बनाउँदै आएका छौँ,’ सञ्चालक ज्ञवालीले भनिन्, ‘आगामी दिनमा मिडियाले प्रगति गर्दै जाने कुरामा पूर्ण विश्वास दिलाउन चाहन्छौँ।’
लाखौँ नेपाली नागरिक सेयर बनेकाले थप जिम्मेवार बन्न प्रेरित गरेको सञ्चालक ज्ञवालीले बताइन्। नेपाल रिपब्लिक मिडियाकाले उठाएका विषयबाट नीति निर्माण तहमा परिवर्तन गर्न सफल भएको उनले धारणा राखिन्।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सम्बृद्धि ज्ञवालीले नेपाल रिपब्लिक मिडियाका प्रकाशनले गुणस्तरीय पत्रकारिता गरेको बताइन्। युवालाई लक्षित गरेर विषयवस्तु तयार गनुपर्नेमा जोड दिइन्।
नेपाली मिडियामा भएको डिजिटल रूपान्तरणले पहुँच सीमाविहीन बनेको अवस्थामा नेपाल रिपब्लिक मिडियाले सूचना तथा ज्ञान प्रवाह गरेर सर्वसाधारणलाई सशक्त र सुनिश्चित निर्णय लिन सक्ने बनाउन चाहेको प्रबन्ध निर्देशक ज्ञवालीले बताइन्।
रिपब्लिक मिडियाले अनलाइनमा सब्सक्रिप्सन सिस्टमको विकास गरी माइरिपब्लिकाको डिजिटल सब्सक्रिप्सन गर्दा सर्वसुलभ मूल्यमा द न्यूयोर्क टाइम्सको पुरा पहुँच उपलब्ध गराउने गरी विश्वभर डिजिटल पहुँच बढाउने बाटोमा अघि बढेको जानकारी दिइन्।
मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी ल्याउन, जलवायुको कोष परिचालन गर्न मिडियाको तर्फबाट आवश्यक वकालत गर्ने प्रबन्ध निर्देशक ज्ञवालीले बताइन्।
कार्यक्रममा सञ्चालक प्रदीप मिश्रले सम्पूर्ण शेयर धनी सदस्यले उठाएका विषयप्रति आफू सजग रहेको र यसमा घचघच्याइरहने बताए।
कार्यक्रममा शेयर धनीहरूले सुझाव दिएका थिए। साधारण सभाले अध्यक्ष ज्ञवालीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ। कार्यक्रमको सञ्चालन नेपाल रिपब्लिक मिडियाका सञ्चालक अन्जनकुमार दाहाल र कम्पनी सचिव मदन अर्यालले गरेका थिए।
नेपाल रिपब्लिक मिडिया लिमिटेडको सञ्चालक समिति अध्यक्षमा शोभा ज्ञवाली चयन भएकी छन् । रिपब्लिक मिडियाको बुधबार काठमाडौंमा सम्पन्न पाँचौं वार्षिक साधारणसभाले पाँच सदस्यीय सञ्चालक समिति चुनेको हो । सञ्चालकमध्येबाट ज्ञवाली अध्यक्ष भएकी हुन् ।
साधारणसभाले सञ्चालक समितिमा ज्ञवाली, बालकृष्ण अधिकारी, मदन अर्याल र श्रीधर पोखरेल चयन गरेको थियो । पाँच सदस्यीय समितिमा कार्यकाल बाँकी नै रहेका रोमनाथ घिमिरेले निरन्तरता पाएका छन् ।
साधारणसभा सम्पन्न भएलगत्तै बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई अध्यक्ष चयन गरेको हो । रिपब्लिक मिडियाका निवर्तमान अध्यक्ष विनोदराज ज्ञवालीले बदलिँदो परिस्थितिमा नेतृत्व हस्तान्तरण आवश्यक रहेको र नयाँ नेतृत्वले यो मिडियालाई अगाडि बढाउने दृढता व्यक्त गरे ।
मिडिया उद्योगमा चार दशकभन्दा लामो योगदान गरेका उनले पारदर्शिता, निष्पक्षता, प्रभावकारिता र विचारमार्फत नागरिकलाई सुसूचित गर्नुपर्ने बताए । यो उद्देश्यबाट मिडिया आजका दिनसम्म पनि कहीं कतै विचलित नभएको र अब पनि नहुने विश्वास उनले व्यक्त गरे ।
आमसर्वसाधारणका माध्यमबाट मिडियाको नेतृत्व गराउने आफ्नो चाहना रहेको प्रस्ट पार्दै उनले सबै कुरामा नैतिक, पारदर्शिता र गुणस्तरीय पत्रकारितालाई आधारशिला बनाएर अगाडि बढ्दै जाने वाचासमेत गरेको बताए ।
नयाँ नेतृत्वलाई मिडियाको जिम्मेवारी हस्तान्तरण गरेपछि उनलाई सञ्चालकहरूले दोसल्ला ओढाएर र माला लगाइदिएर आभार प्रकट गरेका थिए । उनले अध्यक्षता हस्तान्तरण गरेर नयाँ नेतृत्वलाई अगाडि बढ्न प्रेरित गरेको क्षणमा उपस्थित सेयरधनी र सञ्चालकहरूले उच्च सम्मान प्रकट गरेका थिए ।
निवर्तमान अध्यक्ष ज्ञवालीले पहिले आफू कार्यरत संस्था छाडेर नेपाल रिपब्लिक मिडिया स्थापनाका गौरवपूर्ण दिनको चर्चासमेत गरे । त्यो बेला कार्यालयसमेत नहुँदा पाँचतारे होटलमा बसेर त्यहींबाट काम थालनी गरेको तथा पहिलो दिनबाटै सहकर्मीहरूलाई पारिश्रमिक दिएर अगाडि बढेको स्मरण उनले गरे । पछिल्ला वर्षहरूमा भूकम्प, नाकाबन्दी, कोभिड–१९ हुँदै जेनजी आन्दोलनसम्मको कठिन परिस्थिति आउँदा पनि हिम्मत नहारी मुलुकको दायित्व सम्झेर आफू मिडियामा क्रियाशील भएको उनले बताए ।
नवनिर्वाचित अध्यक्ष ज्ञवालीले मिलेर अगाडि बढ्दा नै उपलब्धि हासिल हुने र आगामी दिन पनि उज्ज्वल हुने विश्वास व्यक्त गरिन् । उनले साधारणसभा र सञ्चालक समितिले आफूलाई दिएको विश्वास गुम्न नदिने बताइन् । नेपाल रिपब्लिक मिडिया एउटा संस्था मात्र नभई समाजप्रतिको उत्तरदायित्व बोकेको सार्वजनिक संस्था रहेको उनले बताइन् ।
समाजको अपेक्षा र राष्ट्रको हितलाई केन्द्रमा राखेर नेतृत्व अगाडि बढ्ने प्रतिबद्धता उनले गरिन् । प्राप्त जिम्मेवारीलाई नम्रता, दृढता र पूर्ण प्रतिबद्धताका साथ बहन गर्ने तथा संस्थाको विश्वसनीयतालाई अझै बजबुद मनाएर अगाघि बढ्ने उनले बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...