रौतहटको कटहरिया ९ स्थित बाबा बैजुनाथ चिनी उद्योग संचालनमा आएको एक हप्ता बित्दा नबिन्दै सर्लाहीका सबै चिनी उद्योगहरुले संचालनको तयारी गरेका छन् ।
सर्लाहीमा साना र ठुला गरी चारवटा चिनी उद्योग रहेकामा तिन ओटाले संचालनको तयारी गरिरहेको छ ।
सर्लाहीको सबैभन्दा ठुलो चिनी उद्योग इन्दु शंकर चिनी उद्योग हरिवन १९ गतेदेखि संचालनमा आउने भएको छ । उद्योगले १९ गते डोंगा पूजा गरी विधिवत रुपमा संचालनमा ल्याउने तयारी गरिरहेको उद्योग प्रशासनले जानकारी गराएको छ ।
यसै गरी धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग र बगदहस्थित महालक्ष्मी चिनी उद्योगले पनि संचालनको अन्तिम तयारी गरिरहेको बुझिएको छ । बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले डोंगा पूजा सम्पन्न गरिसकेको छ भने उखु किसानलाई चलान पुर्जी पनि जारी गरिसकेको छ । चलान पुर्जी जारी भएसँगै किसानहरुले उखु पुर्याउन थालेका छन् ।
सर्लाहीकै सिरपुरस्थित मोहिनी चिनी उद्योगले पनि केही हप्तामा उखु क्रसिंग सुरु गर्ने तयारी गरेको बुझिएको छ ।
रौतहटको गढीमाई नगरपालिका ४ का अगुवा उखु किसान नरेन्द्र ठाकुरले आफुले अहिलेसम्म दुई बिगाहा खेतको उखु बेचिसकेको बताउँदै खाली भएको खेतमा बाली पनि लगाइसकेको बताउँछन् । एक हप्ताभन्दा बढी समयदेखि बाबा बैजुनाथ चिनी उद्योग संचालनमा रहेकोले रबि बाली लगाउन आफुले उखु बेचिसकेको ठाकुरको भनाइ छ ।
गढीमाई नपा २ का रबीन्द्र सहनीले आइतवारसम्म आफूले सात ट्रयाक्टर उखु बेचिसकेको बताउँदै उखुको खेत खाली गर्दै बाली लगाउँदै गरेको बताउँछन् । सहनीले करिब डेढ बिगाहामा रबि बाली लगाइसकेको र अब सर्लाहीका चिनी मिल संचालनमा आएसँगै फेरि खेत खाली गर्ने बताएका छन् ।
रौतहट र सर्लाहीका चिनी उद्योगहरु संचालनमा आएको तथा आउने तयारी गरेको अवस्थामा किसानको असन्तुष्टिलाई सरकारले सम्बोधन नगरेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले आरोप लगाएका छन् । मैनालीले किसानको दुःख सरकारले नबुझेको आरोप लगाउँदै नेपाल सरकारले चिनी उद्योगीलाई चित्त दुखाउन नसक्ने व्यंग्य पनि गरेका छन् ।
गत वर्ष उखुको मूल्य ५६५ रुपैया प्रतिक्वीन्टल रहेकोमा यस वर्षको लागि नेपाल सरकारले उखुको मूल्य प्रति क्वीन्टल २० थप गरेर ५६५ रुपैया कायम गरेको छ । नेपाल सरकारले किसानलाई प्रति क्वीन्टल ७० रुपैया अनुदान दिने गरेको छ । सरकारले किसानलाई दिने अनुदानको रकमबारे कुनै निर्णय नहुँदा उखु किसान अन्यौलमा रहेको महासंघ अध्यक्ष मैनालीको भनाइ छ ।
चिनीको मूल्य बढेको अनुपातमा उखुको मूल्य पनि बढ्नुपर्ने अध्यक्ष मैनालीको दाबी रहेको छ ।
सरकारले चिनीको मूल्य निर्धारण गरेसँगै चिनी उद्योगहरुले संचालनको तयारी गर्दा किसानहरु मर्कामा परेको भए पनि उद्योगलाई उखु बेच्नुपर्ने बाध्यता रहेको अध्यक्ष मैनालीको भनाइ छ । उखु किसानहरुले पनि उखु बेच्नको लागि तयार देखिएका छन् ।
पुसको तेस्रो हप्तासम्म किसानले उखु बेचेर खेत खाली पार्न सक्दा त्यसका रबि बाली लगाएर फाइदा लिने गरेको किसानहरु बताउँछन् ।