पोखराका ८४ रुटमा १२८६ स्थानमा बस स्टप निर्माणको सुझाव
२३ मंसिर २०८१
•
३ मिनेट पाठ
पोखराका ८४ रुटमा १२८६  स्थानमा बस स्टप निर्माणको सुझाव
पोखराका ८४ वटा रुटमा एक हजार दुई सय ८६ वटा बस स्टप निर्माण गर्न एक अध्ययन प्रतिवेदनले सुझाएको छ। पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले पोखरा महानगरपालिकाभित्र थप तीन स्थानमा बस टर्मिनल पनि निर्माण गर्न सुझाएको हो।




पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयबीच भएको सम्झौताबमोजिम गठन गरिएको प्रतिवेदन अध्ययन टोलीले बिहीबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई सो अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ।

पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सहज, सरल र सर्वसुलभ बनाउने उद्देश्यले गठन भएको टोलीले बनाएको अध्ययन प्रतिवेदनले पोखराका कोरसिटीभित्र मुख्य तीन वटा रुट निर्माण गर्न भनेको छ। जसअनुसार पोखरा–६ लेकसाइडस्थित क्याम्पिङ्चोकदेखि पोखरा–१ बगरसम्म रुट बनाउन र तिनमा १९ वटा बस स्टप निर्माण गर्नुपर्ने औंल्याएको छ।

त्यस्तै, पोखराको निर निवासदेखि शान्तिनगर चोकसम्मलाई अर्को रुट बनाएर त्यहाँ ११ वटा बस स्टप निर्माण गर्न भनेको छ। यसैगरी, पोखराको नुवारचोकदेखि महिमा किरानासम्म अर्को रुट बनाइ त्यहाँ १८ वटा बस स्टप निर्माण गर्न प्रतिवेदनमा सुझाइएको छ।

प्रतिवेदनले कुनैपनि रुटमा पर्ने बस स्टपमा लामो समय यात्रु कुर्न नपाउने र अहिले जसरी जथाभावी यात्रु चढाउने र ओराल्न नपाउने नियम बनाउन पनि सुझाव दिएको छ। साथै पोखरामा चल्ने यातायातलाई डिजिटल प्रविधि अपनाएर प्रविधीमैत्री बनाउन पनि भनेको छ।

अध्ययन प्रतिवेदनअनुसार पोखराको यातायात प्रणाली व्यवस्थित गर्न कोरिया सरकारले परियोजनामार्फत १५ लाख अमेरिकी डलर पोखरा महानगरपालिकालाई उपलब्ध गराउनेछ। परियोजनाका लागि गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम कम्पनी लिमिटेडसहित विभिन्न दातृ निकायहरूले साझेदारी गरेर दिइने सो रकममध्ये करिब आधा रकम पहिलो चरणमा निर्माण हुने बस स्टप तथा बसहरूलाई डिजिटल बनाउन जडान गरिने मेसिनका लागि खर्च गरिने जनाइएको छ। बाँकी रकम पोखरा भित्रिने प्रमुख चोक पृथ्वीचोकलाई विस्तार गर्न खर्चिने पोखरा महानगरपालिकाले जनाएको छ।

परियोजना तीन चरणमा कार्यान्वयन गर्न प्रतिवेदनले नै सुझाएको छ। जस अनुसार पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम गर्न भनेको छ भने दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास र तेस्रो तथा अन्तिम चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्न भनेको छ।

कोरियन अध्ययन टोलीले प्रतिवेदन कार्यान्वयन भए विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरा बन्नेबारे पनि विश्वस्त पारेको छ। परियोजनाका दौरान हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गर्न सकिने पनि औंल्याइएको छ।

प्रतिवेदन बुझेपछि पोखरा महानगरपालिकाका प्रमुख आचार्यले यस परियोजनामार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूको संख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरूलाई सहजता पुग्ने बताए।

उनले भने, ‘पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्न पनि परियोजना प्रभावकारी बन्नेछ भन्नेमा म विश्वस्त छु।’

मेयर आचार्यले परियोजनाको पाइलोटिङ यही महिनाको अन्त्यबाट सुरु गरिने बताए। सो परियोजनाको स्थानीय व्यवस्थापन पोखरा महानगरपालिकाले गर्नेछ भने आवश्यक प्रविधि र उपकरणहरू कोरियालीले उपलब्ध गराउनेछ। पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटको ६ स्थानमा बस स्टप निर्माण गरी परीक्षण गरिने मेयर आचार्यले जानकारी दिए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
६ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
यो पनि पढौँ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस