कोशी प्रदेशमा पदमार्गमा आधारित विकास विकास परियोजना सुरू भएको छ। परियोजनाको आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुभारम्भ गरेका हुन्।
कोशी प्रदेशका स्वीस सरकार, संघ प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा सुरू भएको परियोजनाको कुल लागत २ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ रहेको छ। ४ वर्षे परियोजनाको मुल लक्ष्य स्थानीय कला र संस्कृतिको संरक्षण गर्दै नवीन तथा दिगो पर्यटनका माध्ययमबाट कोशी प्रदेशका जनताको आर्थिक उपार्जनमा वृद्धि गर्ने रहेको जनाइएको छ। परियोजनाले चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग, लालीगुराँस पदमार्ग र मुन्दुम अन्तर्गत ४ सय किलोमिटर पदमार्गको निर्माण तथा पुनः निर्माण गर्ने लक्ष्य लिएको छ।
यस परियोजनाबाट १ लाख स्थानीयले प्रत्यक्ष लाभ प्राप्त गर्ने जनाइएको छ। परियोजनाको समाप्ति सम्ममा आन्तरिक र बाह्य गरी ७८ हजार पर्यटकले पदमार्ग भ्रमण गर्ने दाबी गरिएको छ। परियोजनाले कोशी प्रदेश अन्तर्गतका २९ वटा स्थानीय तहलाई समेटेको छ।
परियोजना कोशी प्रदेशका लागि मात्रै नभई नेपालकै लागि गेमचेन्जर हुने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए। उनले आर्थिक विकास अबको एजेण्डा भएकाले उक्त एजेण्डा पूरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण रहेको धारणा राखे। अब, कोशी प्रदेशमा विरोध, आलोचना, कालोझण्डा रोक्न सके ४–५ वर्षभित्रै ठूलो उपलब्धि हासिल हुने दाबी गरे। कार्कीले अब अलमल नभई आर्थिक समृद्धिको काममा ध्यान दिन स्थानीय तहका प्रतिनिधिलाई आग्रह गरे।
कार्यक्रममा स्वीस राजदूत डा.डानियेल म्युवलीले कोशी प्रदेशमा पदपर्यटनको सम्भावना भएको र पर्यटनको माध्ययमबाट यहाँका न्यून आय भएका जनताको आयबृद्धि गर्न सकिने विश्वास व्यक्त गरिन। स्वीस सरकारले पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा आर्थिक सहयो गरेको उनको भनाइ छ।
कार्यक्रममा कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डल, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, परियोजना सञ्चालन हुने २९ वटै स्थानिय तहका प्रमुख, उपप्रमुखलगायतको सहभागिता रहेको थियो।