निजीक्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ लगानी प्रवर्द्धन र नीतिगत सुधारमा केन्द्रित भएको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। ढकाल नेतृत्वमा आएको करिब डेढ वर्षमा ढकालले आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन्। ढकाल २०७९ चैतमा अध्यक्ष भएका थिए।
नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेदेखि नै निजीक्षेत्रको कानुनी तथा संरचनागत सुधारमा काम गरेका थिए। निजी क्षेत्रलाई दूरगामी असर पर्ने र लगानीलाई नै प्रभावित गर्न सक्ने व्यवस्थामा भएका कानुन सुधार गर्ने काममा ढकाल सक्रिय भएर लागे। ‘किन निजी क्षेत्रमा अख्तियारको प्रवेश हुनुहुँदैन भनेर सम्झाउने प्रयास गर्यौं,’ ढकालले भने, ‘राजनीतिक नेतृत्वलाई समेत विषयका गाम्भीर्यता बुझाउन सफल भयौं।’ २०८१ भदौ ४ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण ऐनमा निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी राखिएको व्यवस्था हटाउन निजीक्षेत्र सफल भएको छ।
महासंघको पहलमा एउटा लगानी कम्पनी स्थापना गरी देशैभरिको सानो लगानीलाई विभिन्न क्षेत्रमा प्रवाह गर्ने निर्णय गरेको छ। १० अर्ब रूपैयाँसम्म पुँजी रहने कम्पनी स्थापना गरेर निजीक्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्ने काम गरेको छ। महासंघले अन्तर्राष्ट्रिय समुदायमा बलियो उपस्थिति कायम गरेको छ।
महासंघको अन्तर्राष्ट्रिय लगानी सम्मेलनहरूमा निरन्तर संलग्नता पश्चात् सम्भावित लगानी गर्ने मुलुकसँग द्विपक्षीय लगानी सम्झौता आवश्यक रहेको विषय सम्बन्धित निकायमा निरन्तर माग गरे पछि द्विपक्षीय लगानी सम्झौताको खाका मन्त्रीपरिषदले पारित गरेको छ। ‘केही मुलुकसँग सम्झौता गर्ने गरी छलफल अगाडि बढेको छ,’ ढकालले भने, ‘महासंघले यसमा सहजीकरण गरिरहेको छ।’
करिब तीन वर्षदेखि खल्बलिएको लगानीको वातावरणलाई सुधार गर्नुपर्ने चुनौतीको सामाना गर्दै महासंघ अघि बढेको छ। संरचनात्मक सुधारका लागि नयाँ चरणको सुधार योजना अगाडि बढाउन महासंघले पहल गरेको छ। नयाँ चरणको आर्थिक सुधार गर्नुपर्ने र यसका लागि उच्चस्तरीय आयोग गठन गर्न महासंघको आग्रह अनुसार गठन भएको छ। पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठन भएको आयोगमा महासंघ अध्यक्ष ढकाल लगायत अन्य संस्थाका अध्यक्ष पनि रहेका छन्।
बजार प्रवर्द्धनमा सहयोग प्रदान गर्न मेला महोत्सव आयोजना गर्ने जिल्ला नगर उद्योग वाणिज्य संघलाई एक लाख रूपैयाँका दरले आर्थिक सहयोग पनि महासंघले दिन थालेको छ। महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि महत्व दिएको छ। जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पको राहतका लागि करिब २० लाख रूपैयाँ बराबरको सहयोग उपलब्ध गराएको थियो।
बाढीबाट प्रभावित जिल्लाहरूलाई एक लाख रूपैयाँका दरले सहयोग प्रदान गरेको थियो। महासंघका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न सचिवालय सुधारमा विशेष पहल भएको छ। प्रमाणमा आधारित सुझाव दिन अनुसन्धान र विकासका लागि बिजनेस इन्टेलिजेन्स सिस्टम सफ्टवेयर जडान गरेको जनाएको छ। महासंघको दैनिक कार्य सञ्चालनअन्तर्गत लेखा प्रशासनलाई अनलाइन बनाइएको छ।