शरद ऋतुमा २२४५ जनाले लिए हिमाल आरोहण अनुमति
२७ मंसिर २०८१
•
३ मिनेट पाठ
शरद ऋतुमा २२४५ जनाले लिए हिमाल आरोहण अनुमति
गत वर्षभन्दा यस वर्षको शरद ऋतु (अगष्ट – डिसेम्बर) मा हिमाल आरोहण अनुमति लिनेको संख्या घटेको छ। शरद ऋतुमा यस वर्ष दुई हजार दुई सय ४५ आरोहीले मात्र हिमाल आरोहण अनुमति लिएका छन्।




पर्यटन विभागका अनुसार गत वर्षको शरद ऋतुमा दुई हजार चार सय सात जनाले विभिन्न ५४ हिमालको आरोहण गर्ने अनुमति लिएकोमा यस ऋतुमा दुई हजार दुई सय ४५ आरोहीले मात्र आरोहण अनुमति लिएका छन्। यस सिजनमा विभिन्न ४७ हिमाल आरोहणका लागि विभिन्न मुलुकका एक हजार नौ सय ४३ पुरूष र तीन सय एक महिला आरोहीले विभागबाट अनुमति लिएका छन्। जसमध्ये पाँच सय ४३ पुरूष र ८२ महिलाले मात्र विभिन्न हिमालको सफल आरोहण गरेका छन्। यसै सिजनमा गत वर्ष एक हजार ७१ जना पुरूष र ८७ महिला आरोहीले विभिन्न हिमालको सफल आरोहण गरेका थिए।

हिमाल आरोहीको संख्या घटबढ भइरहने गरेको थियो तर यस सिजनमा केही कमी आएको पर्यटन विभागका निर्देशक तथा प्रवक्ता कालीबहादुर भुजेलले बताए। ‘हिमाल चढ्ने कुरा सामान्य होइन, दृढ संकल्प भएकाले मात्रै आरोहण गर्ने आँट गर्छन्’, भुजेलले भने, ‘विभागले गरेको प्रक्षेपण अनुसार नै यस सिजनमा आरोहीहरू आएका छन्, हामीले वसन्त ऋतुमा आरोहीको संख्या बढ्ने अनुमान गरेका छौं ।’

विभागले प्रत्येक सिजनमा कति आरोही हिमाल आरोहण गर्न आउँछन् भन्ने अगाडि नै अध्ययन गर्ने गरेकोमा यस सिजनमा जति संख्यामा विभागबाट आरोहण अनुमति लिएका छन् त्यो सन्तोषजनक नै मान्नुपर्ने उनले बताए।

कोभिड महामारीपछि खुला भएको हिमाल आरोहणका लागि मानिसहरू सुरुको वर्षमा ह्वात्तै आएका कारण पनि गत वर्ष अहिलेभन्दा बढी आरोहीले विभागबाट अनुमति लिएको बुझाइ जानकारीहरूको छ।

यस्तै पछिल्लो पटक मुलुकमा आएको अनिश्चत प्राकृतिक प्रकोप, विभिन्न हवाई तथा सडक दुर्घटनाले पनि पर्यटकलाई प्रभाव पारेको हुनसक्ने उनीहरूको आकलन छ। साथै रसिया–युक्रेन युद्ध, इजराइल र प्यालेस्टाइनबीचको द्वन्द्वको असरले पनि नेपालको हिमाल आरोहण गर्न आउने आरोहीलाई प्रभाव पारेको उनीहरूको धारणा छ।

यसका साथै चीन र पाकिस्तानले पनि हिमाल आरोहणको लागि अनुमति खुला गरेकोमा कतिपय आरोहीहरू त्यतातिर पनि मोडिएको उनीहरूको भनाइ छ। यस्तै राज्यले प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय स्तरमा जति प्रभावकारी तवरले हिमाली पर्यटनको प्रचार प्रसार गर्नुपर्ने हो त्यो गर्न नसक्दा, पर्यटन व्यवसायीले हिमाल आरोहणको प्याकेज बेच्न नसक्दा पनि आरोहीको संख्या घटेको हुन सक्ने अनुमान उनीहरूले गरेका छन्।

हिमाल आरोहण गर्नेहरूको संख्या ऋतु अनुसार घटबढ हुने गरेको छ। शरद ऋतुमा मनास्लु र अमादब्लम हिमाल चढ्ने आरोहीहरू धेरै हुन्छन् भने वसन्त ऋतुमा सगरमाथा हिमाल चढ्ने आरोही धेरै हुन्छन्। यसैक्रममा विभागले यस ऋतुमा एक सय ६३ समूहका दुई हजार दुई सय ४४ जनाबाट राजस्व दस्तुरबापत आठ करोड ५९ लाख ९७ हजार रूपैयाँ संकलन गरेको छ।

यस्तै यस ऋतुमा आरोहणको क्रममा आठ जना आरोहीको मृत्यु भएको छ। धैलागिरी हिमाल आरोहण गर्ने क्रममा पाँच जना, कुम्भकर्ण, पान्ध्रा र लाङटाङ लिरूङ आरोहणका क्रममा एकएक जना गरी जम्मा पाँच आरोहीले यस ऋतुमा ज्यान गुमाएका छन्।

विभागले दिएको जानकारी अनुसार हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीको शव काठमाडौं ल्याउन विभाग र एजेन्सीहरू पटक पटक छलफलमा बसेका थिए। सोहीक्रममा धौलागिरी हिमालमा मृत्यु भएका पाँच रसियन नागरिक र लाङटाङ लिरूङमा मृत्यु भएका एक जनाको सम्बन्धित दूतावासमार्फत उनीहरूको आफन्तलाई शब बुझाइसकिएको छ ।

धवलागिरि (८,१,६७ मिटर) हिमालमा यस वर्ष शरद ऋतुमा एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणका लागि अनुमति लिएकोमा दुई जनाले सफल आरोहण गरेका थिए भने सात जना पर्वतरोहीबीच बाटोबाटै आरोहण रद्द गरी फर्किएका थिए।

यस्तै आर्थिक वर्ष २०८१/८२ मा ६ राष्ट्रका आठ पर्यटकको उद्धार भएको छ। विभागका अनुसार भारतका दुई, मलेसियाको दुई, फ्रान्स, चीन, फिलिपिन्स, अमेरिकाका एक–एक जना गरी जम्मा आठ पर्यटकको विभिन्न हिमाली क्षेत्र जाने क्रममा समस्या आएपछि उद्धार गरिएको हो।

हिमाल आरोहण र उच्च हिमाली भेगमा पदयात्रा गर्ने पर्यटकले मुलुकको पर्यटनको विकास र विस्तारमा सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। तुलनात्मक रूपमा हिमाल आरोहण र उच्च हिमाली भेगमा पदयात्रा गर्ने पर्यटकले पर्यटनको अन्य क्षेत्रमाभन्दा धेरै आर्थिक गतिविध गर्ने भएकाले पनि हिमाल आरोहणको संख्याले समग्र पर्यटन क्षेत्र प्रभावित हुन्छ ।
अर्को समाचार
४४ हिमाल आरोहणका लागि एक हजार ४१० जनाले लिए अनुमति
११ कार्तिक २०८३
•
२ मिनेट पाठ
४४ हिमाल आरोहणका लागि एक हजार ४१० जनाले लिए अनुमति
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन्। शरद् ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन्।




पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि एक हजार ६९ पुरुष र ३४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिइन्।

आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु ३१ करोड ८० लाख ५० हजार ७७८ रोयल्टी सङ्कलन गरेको छ।

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) का रहेका छन्। मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन्।

जसमा ३७३ पुरुष र १२७ महिला रहेका छन्। उनीहरूबाट विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ।

धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन्। उनीहरुबाट विभागले रु ८४ लाख ७३ हजार ६५० रोयल्टी सङ्कलन गरेको छ।

यस्तै, मकालु हिमाल आरोहणका लागि एउटा टोलीका तीन जनाले अनुमति लिएका छन्। उनीहरुबाट विभागले रु छ लाख ८८ हजार ५० राजस्व सङ्कलन गरेको शाखा अधिकृत रेग्मीले बताइन्।

यसैगरी, हिम्लुङ हिमालका लागि १२ टोलीका १२१ आरोहीले अनुमति लिएका छन्। उनीहरुबाट विभागले रु ७४ लाख २७ हजार ७२० रोयल्टी सङ्कलन गरेको छ।

यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३८६ जनाले आरोहण अनुमति लिएका छन्। उनीहरुबाट विभागले रु पाँच करोड ७६ लाख ९९ हजार ६५० राजस्व सङ्कलन गरिएको छ।

शाखा अधिकृत रेग्मीका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको छ।

आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १४१ जना रहेका छन्। यसबाहेक रुसका १०८, फ्रान्सका १३०, अमेरिकाका ११९, बेलायतका ९६, पोल्याण्डका ४१, नेपालका ३३, स्विट्जरल्याण्डका ४७, स्पेनका ३१, भारतका ४०, इटलीका ४७ र जापानका ३५ जनाले आरोहण अनुमति लिएका शाखा अधिकृत रेग्मीले बताइन्।

विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट २० लाख ८९ हजार ५८४ अमेरिकी डलर अर्थात् रु ३१ करोड ८० लाख ५० हजार रोयल्टी सङ्कलन गरेको छ। रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस